काठमाडौं । नेत्ररोग विशेषज्ञहरूको २८औँ राष्ट्रिय सम्मेलन ‘नोस्कन’ काठमाडौंमा सुरु भएको छ। बिहीबारदेखि सुरु भएको सम्मेलनमा नवौँ एपीओटीएस र छैटौँ एनईएसओएस कंग्रेससमेत समेटिएका छन्। सम्मेलनले आँखाको आकस्मिक उपचारदेखि सौन्दर्यसम्बन्धी सेवासम्म दृष्टि र आत्मविश्वास पुनर्स्थापनाका लागि विभिन्न उपविशेषज्ञबीचको सहकार्यलाई प्राथमिकता दिएको छ।

सम्मेलनका क्रममा पाल अफ्थाल्मिक सोसाइटीका अध्यक्ष डा. पुरुषोत्तम जोशीले आफ्नो दुईवर्षे कार्यकालमा भएका काम तथा प्रगतिको विवरण प्रस्तुत गरेका छन्। कार्यक्रममा देश तथा विदेशका नेत्ररोग विशेषज्ञ, चिकित्सक र स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ। सम्मेलन भोलि(शनिबार)सम्म सञ्चालन हुने छ ।


सम्मेलनमा आँखाको उपचारमा भएका नयाँ प्रविधि, उपचार पद्धति, विशेषज्ञताबीचको सहकार्य र नेत्र स्वास्थ्य सेवाको विकासका विषयमा छलफल तथा अनुभव आदानप्रदान भइरहेको छ। सम्मेलनले नेत्ररोग उपचारको गुणस्तर सुधार र बिरामीलाई सहज तथा प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।











![काठमाडौंमा नेत्ररोग विशेषज्ञहरूको २८औँ सम्मेलन ‘नोस्कन’ [तस्बिरहरू]](https://swasthyadiary.com/wp-content/uploads/2026/11/WhatsApp-Image-2026-11-13-at-13.44.38-8-1024x576.jpeg)



