काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उनलाई अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।

नयाँ कार्यकारी निर्देशक नियुक्त भएसँगै करिब डेढ महिनादेखि नेतृत्वविहीन रहेको भक्तपुर क्यान्सर अस्पतालले नेतृत्व पाएको छ।

वीर अस्पतालमा कार्यरत डा. सुवेदी ११औँ तहका प्रमुख कन्सल्टेन्ट सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजिस्ट अधिकृत हुन्। उनीसँग भेरी अस्पतालको निर्देशकका रूपमा काम गरेको अनुभवसमेत छ।
Last Modified Date: २०८३ कार्तिक २८, शुक्रबार







