काठमाडौं । नेपाली युरोलोजिस्ट डा. सञ्जय खड्गीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’ प्राप्त गरेका छन्। उक्त सम्मान पाउने उनी पहिलो नेपाली युरोलोजिस्ट बनेका छन्।

इटालीको फ्लोरेन्समा नोभेम्बर ११ मा आयोजित सोसाइटी इन्टरनेसनल डी युरोलोजी (एसआईयू) को ४६औँ अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा डा. खड्गीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

युरोलोजी चिकित्सा क्षेत्रमा जीवनभर पुर्याएको योगदान, समर्पण तथा यस विधाको विकास र उन्नयनमा खेलेको भूमिकाको कदरस्वरूप उनलाई यो सम्मान दिइएको हो। ‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’ सोसाइटीले प्रदान गर्ने प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ।
Last Modified Date: २०८३ कार्तिक २८, शुक्रबार







