स्वास्थ्य डायरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक दुर्घटनालाई राष्ट्रिय संकटको रूपमा चित्रण गर्दै राष्ट्रिय ट्रमा नीति आवश्यक रहेको बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै गम्भीर भए पनि राज्यको प्राथमिकतामा नपरेको टिप्पणी गरिन् । उनका अनुसार नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । ‘बिहान घरबाट निस्किएका धेरै नेपाली बेलुका घर फर्किन सक्दैनन्। कसैको बुबा फर्किंदैनन्, कसैको छोरा–छोरी र कसैकी आमाको काख रित्तो हुन्छ,’ उनले भनिन् । सांसद कार्कीले प्रहरी मुख्यालयको तथ्यांक उद्धृत गर्दै वर्षेनी करिब तीन हजार नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाउने…

विस्तृतमा...

-डा प्रकाश बुढाथोकी  नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन अप्रिल १ मा अर्जेन्टिनाबाट बेलायत, अमेरिका, स्पेनलगायतका २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए। उक्त क्रुजशिपमा हान्टा भाइरसको एन्डिस स्ट्रेन फैलिएपछि दुई डच नागरिकसहित तीन जनाको मृत्यु, पाँच जना प्रयोगशाला प्रमाणित संक्रमित र जहाजमै भएका करिब १५० जतिको सुरक्षित अवतरणको चर्चा फैलियो। जहाजबाट बीचमा झरेका विश्वका विभिन्न कुनामा पुगिसकेका यात्रुको र उनीहरुको सम्पर्कमा आएकालाई कन्टयाक्ट ट्रेसिङ खोजी कार्य आज पनि जारी छ। यात्रुलाई स्वास्थ्य संस्थामा सम्पर्कमा आउन र क्वारेन्टिनमा बस्न विभिन्न सरकारले आह्वान गरिसकेका छन्। विश्व स्वास्थ्य संगठनले समेत जोखिमलाई कम तर सचेतनालाई गम्भीर रुपमा स्टेज…

विस्तृतमा...

काठमाडौं- पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसम्मका भिआइपीहरूले वर्षौंदेखि उपचार खर्चको नाममा राज्यकोषबाट करोडौँ रुपैयाँ लिएको विषय फेरि चर्चामा आएको छ । सर्वोच्च अदालतले विदेश उपचार खर्चसम्बन्धी कानुनी व्यवस्था खारेज गरेपछि अब ती खर्चको वैधानिकता र नैतिकतामाथि गम्भीर प्रश्न उठेको हो । सार्वजनिक विवरणअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा गरी झन्डै अढाई करोड रुपैयाँ उपचार खर्च राज्यकोषबाट लिएका थिए । पूर्वराष्ट्रपति डा. रामवरण यादवले करिब डेढ करोड रुपैयाँ उपचार सुविधाका रूपमा बुझेका थिए । त्यस्तै, अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख हुँदा करिब ५० लाख रुपैयाँ उपचार खर्च लिएको विवरण सार्वजनिक भएको थियाे । पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेश उपचारका लागि करिब ५० लाख…

विस्तृतमा...

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । यी पदमा नाम सिफारिस गर्न गठित सिफारिस समितिले सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकलाई दरखास्त दिन आग्रह गरेको हो । समितिले गत जेठ ५ गते स्वीकृत गरिएको ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम आवेदन खुला गरिएको जनाएको छ । सूचनाअनुसार कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचाअनुसार आजदेखि १० दिनभित्र आवेदन पेश गर्न सकिनेछ । यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था…

विस्तृतमा...

कञ्चनपुर- कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको पाइएको छ । व्यस्त कार्यतालिका, छोटो मातृत्व बिदा, ‘फर्मुला’ दूधको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको आक्रामक विज्ञापन, सहरीकरण, बदलिँदो जीवनशैली तथा शल्यक्रियामार्फत हुने प्रसूति बढ्दै जानु यसका प्रमुख कारणका रूपमा देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य नर्सिङ निरीक्षक आरती पाण्डेयका अनुसार जिल्लामा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको सङ्ख्या ८४ दशमलव ९ प्रतिशत रहेको छ । तर, छ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको दर भने ५५ दशमलव ११ प्रतिशत मात्रै रहेको उनले जानकारी दिइन् । जिल्लाका नौवटै स्थानीय तहमध्ये पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या सबैभन्दा…

विस्तृतमा...

काठमाडौँ – डाबर नेपाल प्रालिको उत्पादन डाबर हनी न्यून गुणस्तरको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना परीक्षण गर्दा सो खाद्यपदार्थ न्यून गुणस्तरको भेटिएको जनाएको हो । न्यून गुणस्तरको भेटिएपछि सो खाद्यपदार्थ बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगर्न समेत उत्पादक कम्पनीलाई आदेश दिइएको विभागले जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै हनी बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको विभागले जनाएको छ । त्यस्तै, विभागले म्याग्नेसियम ग्लाइसिनेट रहेका कुनै पनि खाद्य पदार्थको उत्पादन बिक्री वितरण नगर्न आग्रह गरेको छ । त्यस्तो खाद्य पदार्थ बिक्री…

विस्तृतमा...

काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘म्याग्नेसियम ग्लाइसिनेट’ नामक अणु समावेश भएका कुनै पनि आहारपूरक खाद्य पदार्थ नेपालमा दर्ता नभएको स्पष्ट गर्दै त्यस्ता उत्पादन बिक्री–वितरण नगर्न चेतावनी दिएको छ । विभागले बुधबार सूचना जारी गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ अनुसार फुड, हेल्थ, न्यूट्रिसनल वा डाइटरी सप्लीमेन्ट, न्युट्रास्यूटिकल तथा प्रोबायोटिकजन्य उत्पादन विभागमा दर्ता भएपछि मात्रै बिक्री–वितरण गर्न पाइने जनाएको हो । विभागका अनुसार हालसम्म म्याग्नेसियम ग्लाइसिनेट अणु भएका कुनै पनि आहारपूरक खाद्य पदार्थलाई दर्ता तथा बिक्री–वितरणको अनुमति दिइएको छैन । हाल सामाजिक सञ्जालमा म्याग्नेसियम ग्लाइसिनेटसम्बन्धी विभिन्न प्रचार सामग्री तथा समाचार सार्वजनिक…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई परिपत्र जारी गरेको छ । मन्त्रिपरिषद्को निर्णय तथा नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ बमोजिम मन्त्रालयको नाम परिवर्तन गरिएको हो । मन्त्रालयको आन्तरिक प्रशासन शाखाका अनुसार नाम परिवर्तनसम्बन्धी सूचना २०८३ वैशाख ३० गते राजपत्रमा समेत प्रकाशित भइसकेको छ । नयाँ व्यवस्था अनुसार मन्त्रालयको नेपाली नाम ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’ कायम गरिएको छ भने अङ्ग्रेजी नाम ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ निर्धारण गरिएको छ । मन्त्रालयका शाखा अधिकृत नन्दकिशोर यादवद्वारा जारी परिपत्रमार्फत सम्पूर्ण मातहतका निकायलाई नयाँ नाम तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ । त्यसैगरी, नाम परिवर्तनअनुसार मन्त्रालयको आधिकारिक वेबसाइट…

विस्तृतमा...

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालको औषधि उद्योग गम्भीर संकटमा पुगेको बताएका छन् । अत्यधिक औषधि आयात र कमजोर सरकारी नीतिका कारण स्वदेशी उद्योग धराशायी बन्दै गएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले करिब ५० वटा स्वदेशी औषधि उद्योग ‘सिक युनिट’को अवस्थामा पुगेको तथा १० हजारभन्दा बढी नेपाली कामदार बेरोजगार बन्न बाध्य भएको उल्लेख गरेका छन् । उनका अनुसार नेपालमै उत्पादन गर्न सकिने करिब ५० प्रतिशत औषधिसमेत विदेशबाट आयात भइरहेका छन् । यसले स्वदेशी उद्योग, रोजगारी र देशको आत्मनिर्भरतामाथि गम्भीर असर पारेको उनले बताएका छन् । शाहीले समयमै…

विस्तृतमा...

दाङ- राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ । अतिक्रमित जग्गा छुट्याउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदनअनुसार करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको छ । जिल्ला प्रशासन कार्यालयको प्राविधिकको टोलीले आज नापजाँच गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार ५० बढी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिर ‘रिपोर्ट’ आएको छ । सबैभन्दा बढी उत्तरतिर अतिक्रमणमा परेको छ भने पश्चिम रानीजरुवा र पूर्वतिर पक्की घरहरू बनेका पाइएको उनको भनाइ छ । अस्पतालको करिब डेढ बिघा जग्गा अतिक्रमणमा पर्दा अस्पतालका संरचना विस्तारमा समस्या हुने गरेको अध्यक्ष लामिछानेले बताए । प्राविधिकसहितको टोलीले नापजाँच गरेकाले विस्तृत प्रतिवेदन आएपछि…

विस्तृतमा...