भरतपुर- चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान ६ः०० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए…
स्वास्थ्य डायरी
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ । काउन्सिलले दुई चरणमा गरी ती चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको भए पनि व्यापक विरोधपछि उक्त निर्णय रोकिएको हो । काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हाललाई उनीहरूको नाम दर्ता किताबमै कायम राख्ने निर्णय गरेको जनाएको छ । यसअघि नेपाल मेडिकल काउन्सिल ऐन–२०२०, नियमावली–२०२४ तथा नेपाल नागरिकता ऐन–२०६३ अनुसार नेपाली नागरिकता त्याग गरी विदेशी राहदानी लिएका १९ जना चिकित्सकको नाम दर्ता किताबबाट खारेज गर्ने निर्णय गरिएको थियो । त्यसपछि थप चिकित्सकसमेत गरी कुल ३६ जनाको लाइसेन्स खारेजी प्रक्रिया अघि बढाइएको…
अबुजा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ । डब्लुएचओका अनुसार यो प्रकोप हाल कोरोना महामारीजस्तो विश्वव्यापी स्तरमा नपुगेको भए पनि अन्तर्राष्ट्रिय रूपमा फैलिने जोखिम भने बढ्दै गएको छ । सङ्गठनले देशहरूलाई सीमा बन्द नगर्न पनि आग्रह गरेको छ । कङ्गोको राजधानी किन्शासामा समेत प्रयोगशालाबाट पुष्टि भएको इबोला सङ्क्रमण फेला परेको छ । किन्शासा प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट करिब एक हजार किलोमिटर टाढा पर्छ ।…
काठमाडौँ- नेपाल फार्मेसी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी उषा तण्डुकारले पाएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि तण्डुकारलाई परिषद्को रजिष्ट्रारको जिम्मेवारी तोकेकी हुन् । तण्डुकार वरिष्ठ औषधी व्यवस्थापक (१० औँ तह) हुन् । उनी हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा कार्यरत थिइन् । यसअघि परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले २२ वैशाखमा पदबाट राजीनामा दिएका थिए । सरकारले हालै ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ बाट जोगिएका पाण्डेयले नयाँ परिस्थिति सिर्जना भएको भन्दै राजीनामा दिएका थिए । मन्त्रालयले हाल चारवटै काउन्सिलमा निमित्त रजिष्ट्रार तोकेर…
काठमाडौँ- बागलुङको एउटा सामान्य गाउँका जन्मिएका युवक अहिले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीका रूपमा चिनिएका छन्। केही वर्षअघि अस्पतालको शय्यामा जीवन र मृत्युबीच सङ्घर्ष गरिरहेका उनीभित्रको दृढ विश्वास र आत्मबलकै कारण विदेशका थुप्रै प्रतिस्पर्धी पछाडि पार्दै पदक जित्न सफल भएका हुन्। जैमिनी नगरपालिका–१, कुश्मीसेराका हरिनारायण शर्माको जीवन यात्रा त्यही सङ्घर्ष, साहस, कृतज्ञता, आशा र पुनर्जन्मको प्रेरणादायी कथा हो। कहिलेकाहीँ जीवनमा यस्ता कठिन क्षण आउँछन्, जहाँ सबै सपना टुटेको जस्तो लाग्छ, भविष्य अन्धकार देखिन्छ र बाँच्ने आशा समेत हराउन थाल्छ तर त्यही अन्धकारबीच आशाको एउटा सानो किरणले जीवनलाई फेरि उज्यालो बनाउन सक्छ। पाँच दिदीबहिनीका बीचमा बाबाआमाका एक्लो छोरा हुन् उनी…
जेनेभा- नेपाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को उपाध्यक्षमा निर्वाचित भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आजदेखि सुरु भएको ७९औँ विश्व स्वास्थ्य महासभाले नेपालसहित पाँच देशलाई उपाध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो । जेनेभास्थित पाले डे नेसन्समा आयोजित उद्घाटन सत्रमा भएको निर्वाचनबाट नेपाल उपाध्यक्ष पदमा निर्वाचित भएको हो । उपाध्यक्षमा निर्वाचित अन्य देशहरूमा लिबिया, माली, पोल्याण्ड र पपुवा न्युगिनी रहेका छन् । नेपालको यो उपलब्धिलाई अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा देशको बढ्दो सक्रियता, नेतृत्वदायी भूमिका तथा विश्व स्वास्थ्यसम्बन्धी मुद्दामा पुर्याएको योगदानको मान्यता रूपमा हेरिएको छ ।
नेपालगन्ज– बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। पालिकाभित्र खोप लगाउने उमेर पुगेका तर छुटेका सबै बालबालिकालाई खोजी गरी आवश्यक खोप लगाएपछि उक्त घोषणा गरिएको हो। डुडुवा गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे। कार्यक्रममा बोल्दै उनले समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेको उल्लेख गर्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सामूहिक पहल आवश्यक रहेको बताए। उनले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन पालिका प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउँदै बालबालिकाको स्वास्थ्य…
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन् । वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । उपचारका लागि आउनेमध्ये करिब ९८ प्रतिशत महिला थिए । आधारभूत स्वास्थ्यचौकी वन समितिका प्रमुख हरिनाथका अनुसार शिविरमा ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकामा सात जना शङ्कास्पद बिरामी फेलापरेका छन् । १०२ जनाको उच्च रक्तचाप परीक्षण तथा ११० जनाको मधुमेह परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३५ जनामा उच्च रक्तचापको समस्या देखिएको छ । तल्लो पेट दुख्ने समस्या लिएर शिविरमा…
काठमाडौं– अफ्रिकी देश कंगो र युगान्डामा इबोला भाइरस तीव्र रूपमा फैलिन थालेपछि नेपालमा पनि सतर्कता बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले नेपालमा हाल इबोलाको जोखिम न्यून रहे पनि भविष्यमा आयातित सङ्क्रमणको सम्भावना नकार्न नसकिने बताएका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हाल फैलिरहेको इबोला प्रकोपलाई “अन्तर्राष्ट्रिय महत्त्वको जनस्वास्थ्य आपत्काल” घोषणा गरिसकेको छ। मे १७ सम्मको विवरणअनुसार प्रकोपका कारण ८० जनाको मृत्यु भइसकेको छ भने २४६ जना शङ्कास्पद सङ्क्रमित भेटिएका छन्। डा. पुनका अनुसार अहिले फैलिरहेको इबोला ‘बुन्दिबुग्यो भाइरस’ का कारण भएको हो। यो भाइरस पहिलोपटक सन् २००७ मा युगान्डाको…
डडेल्धुरा– सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि नयाँ बिरामी पहिचान गर्ने कार्य अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा क्षयरोग भएर पनि उपचारको पहुँच बाहिर रहेका धेरै बिरामी हुन सक्ने अनुमान गरिएको छ। स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन मनोज प्रसाद ओझाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभर ६ हजार ३८४ नयाँ क्षयरोगी पत्ता लगाउने लक्ष्य राखिएको थियो। तर हालसम्म ३ हजार ६५१ जना मात्रै नयाँ बिरामी फेला परेका छन्, जुन लक्ष्यको ५७ प्रतिशत मात्र हो। प्रदेशका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुर क्षयरोगको मुख्य केन्द्रका रूपमा देखिएका छन्। प्रदेशभर फेला परेका कुल बिरामीमध्ये ६८ प्रतिशत यी दुई…

