बागलुङ- धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ । निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो । विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११ बजे धौलागिरी अस्पताल ल्याएका थिए । विषालु सर्पले टोकेर बेहोस भएका विकको सर्पदंशको उपचारका लागि तालिम प्राप्त चिकित्सकको टोलीले अस्पतालमै सफल उपचार गरेको हो । “यसअघि पनि सर्पले टोकेका बिरामी अस्पताल आउँथे, उनीहरूको अवस्था हेरेर सामान्य उपचारपछि रेफर गरिन्थ्यो, तर, धौलागिरी प्रादेशिक अस्पताल बागलुङ सर्पदंश उपचार केन्द्रको रूपमा विकास भएपछि विषालु सर्पले टोकेका बिरामीको उपचार गरिएको यो पहिलो पटक हो”, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा…
स्वास्थ्य डायरी
कैलाली- कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम ‘पेन डी’लाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने भएका छन् । रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएपछि ती पालिकाले उपचार सेवा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा विश्वभर ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको थियो भने सन् २०४० सम्म यो संख्या ७९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । बाढी र नदी कटानको उच्च जोखिममा रहेका भजनी र लालझाडी क्षेत्रमा ‘रिजिलियन्स एनसिडी’ परियोजना सञ्चालन भइरहेको छ ।…
कैलाली- टीकापुर नगरपालिकाले सिकलसेल रोगका बिरामीलाई लक्षित गर्दै सहरी स्वास्थ्य प्रवर्धन तथा सिकलसेल केन्द्र स्थापना गरेको छ । नगरपालिकाले वडा नम्बर १ का नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको हो । सरकारको प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार नगरपालिकाका नौवटै वडामा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । तर ठूलो जनसंख्या रहेको वडा नम्बर १ मा एउटै स्वास्थ्य संस्थाबाट सेवा दिन कठिन भएपछि टीकापुर नगरपालिका–१ ब्लक नम्बर २० मा नयाँ केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ । करिब ४७ हजार जनसंख्या रहेको उक्त वडामा अब सामान्य स्वास्थ्य सेवा मात्रै होइन, सिकलसेल रोगको परामर्श, परीक्षण…
काठमाडौं- औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा औषधि बिक्री वितरण नगर्न सबै थोक विक्रेतालाई निर्देशन दिएको छ । विभागले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै विभागमा दर्ता भएका बिक्री केन्द्र, औषधि पसल, फार्मेसी तथा कानुनबमोजिम दर्ता भएका संस्थालाई मात्रै औषधि बिक्री वितरण गर्नुपर्ने जनाएको हो । विभागका अनुसार औषधि दर्ता नियमावली, २०३८ को नियम ११ बमोजिम औषधिको बिक्री वितरण तथा भण्डारण प्रक्रियालाई व्यवस्थित, गुणस्तरीय, सुरक्षित र प्रभावकारी बनाउन ‘औषधि बिक्री वितरण संहिता, २०८०’ लागू गरिएको छ । उक्त संहिताको दफा ९ को उपदफा (२) मा थोक बिक्रेताले विभागमा दर्ता भएका बिक्री केन्द्र वा फार्मेसीलाई मात्रै औषधि बिक्री…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको अनियमितता र दुरुपयोग नियन्त्रण गर्न मन्त्रालयले विशेष तयारी थालेको बताएका छन् । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले स्वास्थ्य बीमाको दुरुपयोगका कारण राज्यकोषमा ठूलो भार परेको भन्दै अब यसमा कडाइ गरिने स्पष्ट पारे । उनका अनुसार अस्पतालहरूमा आवश्यक नभएका व्यक्तिहरूले समेत ‘होल बडी चेकअप’ जस्ता महँगा परीक्षणका लागि बीमा रकम प्रयोग गरिरहेका छन् । बीमा सुविधा अप्ठ्यारो र संवेदनशील अवस्थामा उपचारका लागि प्रयोग हुनुपर्ने भए पनि अनावश्यक परीक्षणमा खर्च हुँदा प्रणाली नै दबाबमा परेको उनले बताए । सचिव देवकोटाले निजी र सरकारी अस्पतालको दर…
काठमाडौं- प्रतिनिधि सभा सांसद प्रभा ढकालले मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशको स्वास्थ्य क्षेत्रमा बेथिति बढ्दै गएको भन्दै तत्काल नियमन र कारबाहीको आवश्यकता रहेको बताइन् । सांसद ढकालले अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता समेत औँल्याइन् । संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकलाई व्यवहारमा पूर्ण रूपमा लागू गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । उनले भनिन्, “स्वास्थ्य सेवा खस्किँदै गएको छ । बिरामी र आफन्तहरू गुनासो गर्न बाध्य छन् । संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा किन…
काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) मा फैलिएको इबोला भाइरस संक्रमणका कारण कम्तीमा १३१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार हालसम्म ५१३ भन्दा बढी शंकास्पद संक्रमित फेला परेका छन् । कंगो सरकारका प्रवक्ताले संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेको बताएका छन् । इटुरी प्रान्तको न्याकुन्डे, उत्तर किभुको बुटेम्बो तथा गोमा शहरमा समेत संक्रमण देखिन थालेपछि चिन्ता बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार युगान्डामा पनि दुई जनामा इबोला संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हाल फैलिएको बन्डिबुग्यो भाइरसबाट उत्पन्न इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य…
कैलाली- टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समितिमार्फत समुदायमा सचेतना जगाउन थालिएको छ। यहाँस्थित धनसिंहपुर स्वास्थ्य चौकीले मौसम अनुसारका विभिन्न सर्ने तथा नसर्ने रोगबारे समुदायलाई सचेत गराउन समुदायमा स्वास्थ्य सरोकार समिति गठन गरेर जानकारी दिन थालेको हो । ८ नं वडामा रहेका १७ वटा टोल विकास संस्थामा १७ वटा स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतना सञ्चालन गरिएका छन्। साथै हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडाअध्यक्षको नेतृत्वमा वडास्तरीय स्वास्थ्य सरोकार समिति गठन गरिएको हो । सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बच्ने उपायबारे जानकारी दिने…
कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दाको आयआर्जन बढाउने उद्देश्यले दातृ निकायको सहयोगमा जडान गरिएका लाखौँ रुपैयाँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट बजार अभावका कारण अलपत्र परेका छन् । मध्यवर्ती क्षेत्रका किसानले जडीबुटी खेती गर्न छाडेपछि लाखौँ मूल्य पर्ने प्लान्ट अलपत्र अवस्थामा रहेका हुन् । शुक्लाफाँटा नगरपालिका–६ को कसरौल, वडा नं. ७ जुडा र वडा नं ८ बेलडाँडीमा स्थापना गरिएका जडीबुटी प्रशोधन प्लान्ट सञ्चालनविहीन अवस्थामा रहेका छन् । मानव–वन्यजन्तु द्वन्द्व कम गर्दै निकुञ्ज आसपासका बासिन्दालाई वैकल्पिक आयआर्जनमा जोड्ने उद्देश्यले जडीबुटी खेती प्रवर्द्धन गरी प्लान्ट जडान गरिएको थियो । प्लान्ट राख्ने टहरासँगै दातृ निकायले जडीबुटी सुकाउने सेड हाउससमेत निर्माण गरेका थिए…
झापा- चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरूले नेपालमा आयोडिनको कमीबाट उत्पन्न हुने जनस्वास्थ्य समस्याको जोखिम फेरि बढ्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले तत्काल आयोडिनविहीन नुनको बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल–भारत खुला सीमाका कारण भारतीय आयोडिनविहीन नुन नेपालका सुपरमार्केट तथा खाद्यान्न पसलमा खुला रूपमा बिक्री भइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । यस्ता नुनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने भएकाले बजार अनुगमन गरी जफत गर्न तीनै तहका सरकारसँग माग गरिएको छ । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा सोमबार झापामा आयोजित ‘बजारमा उपलब्ध नुनको गुणस्तर र यसको उपभोगबाट हुनसक्ने स्वास्थ्यसम्बन्धी असर’ विषयक कार्यक्रममा सहभागी चिकित्सकहरूले निजी क्षेत्रलाई नुन बिक्रीवितरणमा प्रवेश…

