

काठमाडौं – सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा प्रणालीलाई सुधार गरी प्रभावकारी बनाइने बताएका हुन्।
सरकारको स्वास्थ्य बीमा कार्यक्रम लामो समयदेखि विभिन्न संरचनागत र कार्यान्वयनगत समस्याका कारण प्रभावकारी बन्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। सेवा प्रवाह, दाबी भुक्तानी ढिलाइ तथा व्यवस्थापनका कमजोरीका कारण कार्यक्रम अपेक्षित रूपमा सफल हुन नसकेको बताइन्छ।


