
काठमाडौं- सरकारले नेपाल औषधि लिमिटेडलाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउँदै थप सुदृढ गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका हुन्।
सरकारले देशभित्रै औषधि उत्पादन क्षमता विस्तार गर्दै बाह्य निर्भरता घटाउने र आवश्यक औषधिको आपूर्ति सुनिश्चित गर्ने लक्ष्य लिएको छ। यसका लागि संस्थागत क्षमता अभिवृद्धि, उत्पादन प्रविधि सुधार र उत्पादन विविधीकरणमा जोड दिइने जनाइएको छ।


