

काठमाडौं – बजारमा अभाव देखिएको प्लेटिनम–आधारित औषधि कार्बोप्लाटिन अब काठमाडौं, भक्तपुर र चितवनका तोकिएका वितरण केन्द्रमार्फत सहज रूपमा उपलब्ध हुने भएको छ।
यति फार्माकेम डिष्ट्रिब्युटर्स प्रालिले औषधि व्यवस्था विभागलाई पत्राचार गर्दै उक्त औषधि विभिन्न स्थानका सम्पर्क व्यक्तिहरूको समन्वयमा उपलब्ध गराइने जानकारी दिएको हो।
कम्पनीका अनुसार चितवनस्थित ए प्लस मेडिको, भक्तपुरस्थित वाशा मेडिकेयर प्रा.लि. तथा काठमाडौंस्थित यतिकेम डिष्ट्रिब्युटर्समार्फत कार्बोप्लाटिन उपलब्ध गराइनेछ। सम्बन्धित सम्पर्क व्यक्तिहरूसँग समन्वय गरी औषधि सहज रूपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको पत्रमा उल्लेख छ।
औषधि अभावको अवस्था देखिएपछि वितरण प्रणालीलाई सहज बनाउन तथा आवश्यक औषधि उपलब्ध गराउने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यति फार्माकेम डिष्ट्रिब्युटर्स प्रा.लि.ले औषधि व्यवस्था विभागलाई पठाएको पत्रमा उक्त जानकारी दिइएको हो।



