काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’मार्फत करिब ९७ प्रतिशत बालबालिकालाई खोप प्रदान गरेकाे जनाएकाे छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा देखिएका सात जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’अन्तर्गत ९७.७ प्रतिशत बालबालिकालाई खोप लगाइएको जानकारी दिए । उनका अनुसार ती सात जिल्लाका एक लाख २८ हजार ३५९ बालबालिका तथा मानिसलाई खोप लगाइएको छ। अछाम र दैलेखमा पनि दादुराको जोखिम रहे पनि न्यून सङ्ख्यामा बिरामी भेटिएकाले अभियान सञ्चालन नगरेको उनले बताए। सरकारले यस वर्ष दादुरको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत,…
स्वास्थ्य डायरी
म्याग्दी – म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मङ्गलबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो । म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका तीन हजार ९७४ जना बालबालिकाले पूर्णखोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए । बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेइलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनले बताए । म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक…
चितवन – भरतपुर अस्पतालले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउन अनलाइन टिकट तथा रिपोर्ट प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ। नयाँ प्रणाली लागू भएपछि बिरामीले ओपीडी टिकट काट्न वा स्वास्थ्य परीक्षणको रिपोर्ट लिन अस्पतालमा लामो लाइनमा बस्नुपर्ने बाध्यता हट्नेछ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार बिरामीले टिकट र रिपोर्ट टिकट–रिपोर्ट भेन्डिङ मेसिन (किओस्क) मार्फत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। प्रारम्भिक चरणमा अस्पतालले यस्ता दुईवटा मेसिन जडान गरिसकेको छ। उनका अनुसार बिरामीले मोबाइल वा कम्प्युटरबाटै अनलाइन टिकट काट्न, आवश्यक विवरण भर्न, शुल्क तिर्न तथा रिपोर्टसम्बन्धी सेवा लिन सक्नेछन्। अस्पतालका आईटी इन्जिनियर चन्द्रमणि बस्यालका अनुसार अस्पतालको वेबसाइटमा गएर…
कैलाली – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए । उनका अनुसार दुई महिनाअघि नै रेडियोलोजिस्ट डा होम पन्तको कोशीमा सरुवा फिर्ता भएसँगै उक्त सेवा बन्द भएको हो । दैनिक २० जनासम्मको भिडियो एक्सरे हुने गरेको गेटा अस्पतालमा हाल सेवा बन्द भएपछि सेवा लिन आउने बिरामी बाहिर जान बाध्य छन् । सूचना अधिकारी कार्कीले गर्भवती जाँचका लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डाक्टरले नै भिडियो एक्सरे सेवा जारी राखेका…
काठमाडौं – गर्मी र मनसुन सुरु भएसँगै देशभर झाडापखाला, डेंगु, स्क्रब टाइफस, श्वासप्रश्वास संक्रमणलगायत सरुवा रोगको जोखिम बढ्दै गएको छ। मौसममा आएको असामान्य परिवर्तन, तापक्रमको उतारचढाव तथा वर्षाका कारण संक्रमण बढ्न थालेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हाल देशभर विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्याका १ हजार ६ सय ५५ बिरामी फेला परेका छन्। तीमध्ये सबैभन्दा धेरै ७२० जना झाडापखालाका, ४८८ जना इन्फ्लुएन्जाजस्ता लक्षण भएका, ३३९ जना गम्भीर श्वासप्रश्वास संक्रमणका, ५३ जना डेंगु र १९ जना स्क्रब टाइफसका संक्रमित रहेका छन्। प्रदेशगत रूपमा झाडापखालाका बिरामी बागमतीमा सबैभन्दा बढी देखिएका छन्…
काठमाडौं – स्वास्थ्य बीमा बोर्डले गत जेठ १६ गतेदेखि लागू गरेको परिमार्जित सुविधा थैलीअन्तर्गत औषधि तथा प्रयोगशाला परीक्षणको दररेट पुनः संशोधन गर्ने तयारी गरेको छ। सेवा प्रदायक स्वास्थ्य संस्थाहरूबाट तोकिएको मूल्य अत्यन्त न्यून भएको भन्दै व्यापक गुनासो आएपछि बोर्डले नयाँ प्राविधिक समिति गठन गरी पुनरावलोकन प्रक्रिया अघि बढाएको हो। बोर्ड स्रोतका अनुसार समितिले ५०० भन्दा बढी औषधि र ३० भन्दा बढी प्रयोगशाला परीक्षणको दररेट पुनः अध्ययन गरी नयाँ प्रस्ताव तयार गरेको छ। प्रस्तावित मूल्य गत जेठ १६ गते लागू गरिएको दररेटभन्दा उल्लेख्य रूपमा बढी भए पनि आर्थिक वर्ष २०८१ मा लागू रहेको दररेटभन्दा केही कम रहेको बताइएको छ। बोर्डका एक…
काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा यही हप्तादेखि शुलभ फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आइतबार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को स्थलगत अनुगमन गरिएको हो। मन्त्रालयका अनुसार अस्पताल सुधार कार्यक्रमअन्तर्गत गरिएको अनुगमनमा स्वास्थ्य सेवा प्रवाह, सेवाग्राही सहजीकरण, भिड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय अवस्थाको मूल्याङ्कन गरिएको थियो। निरीक्षणका क्रममा अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा, सेवाको प्रभावकारिता तथा व्यवस्थापन पक्षमा देखिएका कमजोरी सुधार गर्न आवश्यक निर्देशन पनि…
काठमाडौं – आमाको दुध पाउन नसक्ने नवजात शिशुलाई सुरक्षित रूपमा मानव दुग्ध उपलब्ध गराउने उद्देश्यले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सञ्चालनमा रहेको ‘अमृत कोष’ (ह्युमन मिल्क बैंक) मा पछिल्लो समय दुधको माग उल्लेखनीय रूपमा बढेको छ। विभिन्न अस्पताल र मेडिकल कलेजहरूले पत्राचार गरेर समेत दुध माग गर्न थालेका छन्। अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार दैनिक करिब डेढदेखि दुई लिटरसम्म आमाको दुध संकलन हुने गरे पनि बढ्दो माग धान्न पर्याप्त छैन। उनले अन्य अस्पतालले आफ्नै ठाउँमा दुध संकलन गरी प्रसूति गृहमा प्रशोधनका लागि पठाउने र पुनः फिर्ता लैजाने केन्द्रीकृत मोडल प्रस्ताव गरिएको जानकारी दिए। २०७९ भदौ ३ गते स्थापना…
काठमाडौं – नेपाल चिकित्सक संघले सामाजिक सञ्जालमार्फत गैरचिकित्सकहरूले उपचार गर्ने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी भ्रामक सूचना फैलाउने प्रवृत्ति बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्ता गतिविधिले आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने भन्दै संघले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्रै उपचार तथा औषधि सिफारिस लिन सर्वसाधारणलाई आग्रह गरेको छ। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा संघले पछिल्लो समय सामाजिक सञ्जालमा संघलाई लक्षित गर्दै प्रसारित भइरहेका विभिन्न समाचार तथा सामग्रीप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अपुष्ट र भ्रामक सूचनाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्रै विश्वास गर्न संघले आग्रह गरेको छ। संघले नेपाल मेडिकल…
खोटाङ- ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ। ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच वि.सं. २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७९ असार २८ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्ताणतरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ। कूल रु २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए। तोकिएको समयमा काम सम्पन्न नभएपछि पाँच पटकसम्म म्याद थप गरिएको थियो। हालसम्म कम्पनीले रु छ करोड ४९ लाख छ हजार रकम भुक्तानी बुझिसकेको…

