स्वास्थ्य डायरी

काठमाडौं- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाई राखिएको मन्त्रालयले जनाएको छ। उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ।

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य बीमा बीमा बोर्डले आवश्यकता भन्दा बढी परीक्षणको माग नगर्न बिमितहरूलाई आग्रह गरेको छ। बोर्डले सूचना जारी गरी स्वास्थ्य बीमामा आबद्ध भएका बिमितहरूलाई अस्पतालहरूमा अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले ध्यानाकर्षण गराएको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न नागरिकको तर्फबाट पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिन बोर्डले अनुरोध गरेको हो। बीमाले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पूर्ण बिमित सेवाग्राहीहरूलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकभन्दा बढी परीक्षण वा उपचारका लागि…

विस्तृतमा...

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरिएको छ। सरकार गठन भएको करिब सय दिनको अवधिमा सार्वजनिक स्वास्थ्य संस्थाको सेवा प्रवाह, सरसफाइ, व्यवस्थापन, डिजिटल प्रणाली र सुशासनका क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन देखिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विगतमा देखिँदै आएका ढिलासुस्ती, अव्यवस्था र सेवा प्रवाहका कमजोरी हटाउँदै स्वास्थ्य प्रणालीलाई थप परिणाममुखी, पारदर्शी र नागरिकमैत्री बनाउन विभिन्न सुधारका कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। कार्यसंस्कृतिमा सुधार र बढ्दो जवाफदेहिता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मन्त्रालयदेखि सङ्घीय अस्पताल र मातहतका निकायसम्म कार्यसंस्कृतिमा उल्लेखनीय परिवर्तन आएको…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तीपाइले रोग लगाउने परजीविको अध्ययन सुरु गरेको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवी मानिसमा भए÷नभएको बारेमा विद्यालय पढ्ने बालबालिकामा अध्ययन सुरु गरेको हो । केन्द्रका निर्देशक डा भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका २४० विद्यालयका कक्षा १ र २ मा पढ्ने छ र सात वर्ष उमेर समूहका बालबालिकामा अध्ययन सुरु गरिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मीले ती विद्यालयमा पुगी बालबालिकाको रगतको नमूना सङ्कलन गरिरहेका छन् । इलाम र पाँचथरमा एक हजार ५७० जना विद्यार्थी र तेह्रथुममा एक हजार ४१० जना विद्यार्थीको रगत निकालेर परीक्षण सुरु…

विस्तृतमा...

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै पूर्णता पाउन सकेको छैन । जिल्ला सदरमुकाम तम्घासमा निर्माणाधीन ५० शय्याको अस्पताल बनाउन चार पटकसम्म म्याद थप गरिए पनि हालसम्म काम सम्पन्न नहुँदा अस्पतालमा आउने बिरामी समस्यामा परेका छन् । लामो समयसम्म भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको सेवा विस्तार प्रभावित हुनुका साथै दैनिक सेवा प्रवाहमा समस्या परेको अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । विसं २०७८ असार १८ गते स्वच्छन्द-बानियाँ जेभी, मकवानपुरले उक्त अस्पतालको नयाँ भवन निर्माणको जिम्मा लिएको थियो । रु २५ करोड ९४ लाख लागतमा निर्माण हुन लागेको भवन तोकिएको समयमा सम्पन्न नभएपछि पटकपटक म्याद थप गर्नुपरेको…

विस्तृतमा...

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफमा पुगेको एक पानीजहाजसँग सम्बन्धित हान्टाभाइरस प्रकोप समाप्त भएको बिहीबार घोषणा गरेको छ। भाइरस सङ्क्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट निस्केपछि यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमवी जहाजमा सङ्क्रमणको हल्लापछि जहाजका सङ्क्रमणको आशङ्का लागेका र अन्य यात्रुलाई क्वारेन्टाइनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो । परीक्षणबाट १२ पुष्टि भएका र एक सम्भावित सङ्क्रमण् देखिएको थियो, जसमध्ये तीन जनाको मृत्यु भएको थियो। प्रकोप समाप्त भए पनि वैज्ञानिक र विज्ञहरूका लागि काम भने अझै सुरु मात्र भएको छ। उनीहरूले विश्वव्यापी स्वास्थ्य चेतावनी निम्त्याएको यो घटनाबाट पाठ सिक्न प्रयास गरिरहेका छन्। “आज एमवी…

विस्तृतमा...

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ६० वर्ष पूरा गरेका तर ७० वर्ष नपुगेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउने भएको छ। गाउँसभाको अधिवेशनबाट पारित वार्षिक नीति तथा कार्यक्रमसँगै उक्त कार्यक्रमका लागि आवश्यक बजेटसमेत सुनिश्चित गरिएको गाउँपालिकाले जनाएको छ। पालिकाले ६० देखि ७० वर्ष उमेर समूहका नागरिकसँगै दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति लिएको छ। यसबाट स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै आर्थिक रूपमा कमजोर वर्गलाई उपचार खर्चको भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल संघीय सरकारले ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको पेसागत अनुशासन, सेवाग्राहीप्रतिको व्यवहार, उत्तरदायित्व तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने उद्देश्यले ‘आचारसंहिता, २०८३’ लागू गरेको छ। मन्त्रालयका अनुसार नयाँ आचारसंहिताले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउने लक्ष्य राखेको छ। यसमा स्वास्थ्यकर्मी तथा कर्मचारीले आफ्नो जिम्मेवारी निष्पक्ष, इमानदार र उत्तरदायी ढंगले निर्वाह गर्नुपर्ने तथा कुनै पनि राजनीतिक प्रभाव वा दबाबबाट मुक्त रही राजनीतिक तटस्थता कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। आचारसंहिताले सेवाग्राहीको अधिकारको सम्मान गर्न, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहप्रति सम्मानजनक र सहयोगी व्यवहार गर्न विशेष जोड दिएको छ। साथै बिरामी,…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत औषधि व्यवस्था विभागले नेपाली बजारमा देखिएका नक्कली तथा मिथ्या औषधिको बिक्री–वितरण नियन्त्रण गर्न औषधि आपूर्ति श्रृङ्खलालाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको छ। असार १८ गते प्रकाशित सूचनाअनुसार सबै स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक तथा खुद्रा बिक्रेतालाई तत्काल प्रभावबाट लागू हुने गरी विभिन्न निर्देशन जारी गरिएको हो। विभागले उत्पादक तथा पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेतासँग अनिवार्य रूपमा लिखित सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ। सम्झौतामा जिम्मेवारी, गुणस्तर नियन्त्रण, भण्डारण मापदण्ड, आपूर्ति सर्त तथा कानुनी दायित्व स्पष्ट उल्लेख हुनुपर्नेछ। लिखित सम्झौताबिना औषधि आपूर्ति वा वितरण गर्न नपाइने विभागले जनाएको छ। यस्तै, उत्पादक तथा…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कार्यसम्पादनलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित संगठनात्मक पुनर्संरचनाको तयारी थालेको छ। प्रशासनिक संरचनालाई समयानुकूल बनाउँदै निर्णय प्रक्रिया छिटो र सेवा प्रवाह प्रभावकारी बनाउने लक्ष्यका साथ मन्त्रालयले पुनर्संरचनाको गृहकार्य अघि बढाएको हो। मन्त्रालयको प्रारम्भिक योजनाअनुसार हाल रहेका पाँच वटा महाशाखालाई पुनर्गठन गरी कार्यप्रकृतिका आधारमा तीन वटामा सीमित गर्ने तयारी गरिएको छ। साथै समान प्रकृतिका काम गर्ने विभागहरूलाई एकीकृत गरी दोहोरो कार्यभार हटाउने रणनीति बनाइएको छ। स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले मन्त्रालयले छुट्टै सूचना प्रविधि (आईटी) विभाग स्थापना गर्ने तयारी पनि गरेको छ। प्रस्तावित विभागले देशभरको स्वास्थ्य सूचना प्रणाली, तथ्याङ्क व्यवस्थापन तथा…

विस्तृतमा...