स्वास्थ्य डायरी

काठमाडौं – नेपालमा डेंगु संक्रमितको संख्या एक हजार नाघेको छ। पछिल्लो अद्यावधिक विवरणअनुसार गत पुस १७ गतेदेखि हालसम्म देशभर एक हजार ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार हालसम्म ७१ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। झापा, सुनसरी, काठमाडौं, कास्की, चितवन, ओखलढुंगा, मकवानपुर, पाल्पालगायतका जिल्लामा संक्रमित भेटिएका छन्। प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी कोशी प्रदेशमा २९२ जना संक्रमित छन्। बागमती प्रदेशमा २६४, लुम्बिनीमा १६७, गण्डकीमा १६१, सुदूरपश्चिममा ६९, मधेसमा ५२ र कर्णाली प्रदेशमा ३७ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लागत रूपमा झापामा सबैभन्दा धेरै १३८ संक्रमित…

विस्तृतमा...

अछाम – अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले पहिलो पटक भ्याजाइनल हिस्टेरेक्टोमी तथा पेल्भिक फ्लोर रिपेयर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्दै स्त्रीरोग उपचारमा नयाँ उपलब्धि हासिल गरेको छ। अस्पतालका अनुसार मंगलसेन नगरपालिका–१४ निवासी ६० वर्षीया एक महिलाको उक्त जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। अस्पतालका लागि यो स्त्री तथा प्रसूति सेवातर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जयनाथ चौधरीको नेतृत्वमा एनेस्थेसिया विशेषज्ञ महेन्द्र कुँवरसहितको चिकित्सक टोलीले शल्यक्रिया सम्पन्न गरेको हो। डा. चौधरीका अनुसार लामो समयसम्म पाठेघर (गर्भाशय) तल झरेर योनीबाहिर निस्किने समस्या भएका महिलाका लागि यस्तो शल्यक्रिया आवश्यक पर्ने गर्दछ। यस्तो…

विस्तृतमा...

काठमाडौं- लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ। गृह मन्त्रालयद्वारा जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुटरसहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुटरसहुलियत नदिने अस्पताललाई कानून बमोजिम कारवाही गर्न भनिएको छ। विपन्न, असहाय र वेवारिसे नागरिकका लागि अस्पतालले छुट्ट्याउनुपर्ने कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन सो कार्यविधि जारी गरिएको थियो। कार्यविधिअनुसार सरकारी, गैरसरकारी, नीजी, सहकारी वा गैर नाफामुलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएर पनि नवीकरण नगर्ने नागरिकको सङ्ख्या बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म करिब एक करोड ८ लाख नागरिक बीमामा आबद्ध भए पनि झन्डै ७० लाख मात्र सक्रिय छन्। अर्थात् करिब ३८ लाख (४० प्रतिशत) ले आफ्नो स्वास्थ्य बीमा नवीकरण गरेका छैनन्। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार पछिल्लो समय बीमा नवीकरण गर्ने दर घट्दो क्रममा छ। उनका अनुसार सरकारी अस्पतालमा अत्यधिक भिड, औषधिको अभाव, सेवा प्राप्त गर्नुपर्ने झन्झटिलो प्रक्रिया तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य बीमा सेवा स्थगित गरिएकाले पनि नवीकरणमा असर परेको हुन सक्छ। बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले धेरै नागरिकले…

विस्तृतमा...

काठमाडौं – योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले डा. चेतना पौडेल पक्राउ प्रकरणलाई लिएर सम्पूर्ण योग तथा प्राकृतिक चिकित्सकलाई ‘नक्कली’, ‘ठग’ वा गैरकानुनी चिकित्सकको रूपमा चित्रण नगर्न आग्रह गरेको छ। संघले यस घटनाको बहानामा मिडिया ट्रायल, चरित्रहत्या र आधारहीन आरोप लगाउने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएको छ। संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा डा. चेतना पौडेलको घटनालाई जोडेर सम्पूर्ण प्राकृतिक चिकित्सक समुदायमाथि अपमानजनक टिप्पणी नगर्न सबै पक्षलाई अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भइरहेको मिडिया ट्रायल, व्यक्तिगत आक्रमण र चरित्रहत्याले विधिको शासन, निष्पक्ष न्यायिक प्रक्रिया तथा संवैधानिक मर्यादामाथि नै प्रश्न उठाउने भएकाले संयमता अपनाउन…

विस्तृतमा...

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले आफ्नो कानुनी अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेको आरोप लागेपछि पछिल्ला दिनमा काउन्सिलको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। प्राकृतिक चिकित्सक पक्राउ गराउन प्रहरीलाई पत्राचार गरेकोदेखि कानुनअनुसार दर्ता भएर सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिएको घटनाले काउन्सिलको कार्यशैली विवादमा तानिएको हो। नेपाल मेडिकल काउन्सिलको पत्रका आधारमा पक्राउ परेकी प्राकृतिक चिकित्सक डा. चेतना पौडेललाई जिल्ला अदालत काठमाडौंले सोमबार साधारण तारेखमा रिहा गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असार ९ गते पक्राउ गरी अदालतमा मुद्दा दायर गरे पनि अदालतले उनलाई थुनामा नराखी साधारण तारेखमा छाड्न आदेश दिएको हो। डा. पौडेललाई ‘नक्कली डाक्टर’ को आरोप…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं. ८५ (घ) अन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने सुधार कार्यक्रमअनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले सरकारी अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई बिरामीको उपचार खर्च घटाउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखेको जनाएको छ । मन्त्री मेहताले सरकारी अस्पतालमा आउने बिरामीले आवश्यक औषधि सहज र सस्तो मूल्यमा अस्पतालबाटै प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएकी…

विस्तृतमा...

ललितपुर – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते पुष्टि भएको बर्डफ्लु सङ्क्रमण हाल नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ। सङ्क्रमण देखिएलगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लु भाइरस नियन्त्रणका लागि निरन्तर औषधि छर्किने, जीवजन्तु राखिएका स्थानको सरसफाइ गर्ने तथा बिरामी जनावरको उपचार गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । उनले पछिल्लो परीक्षणका आधारमा असार १२ गतेयता चिडियाखानाभित्र बर्डफ्लुको नयाँ सङ्क्रमण नदेखिएको जानकारी दिए। सङ्क्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिडियाखानामा बर्डफ्लु नियन्त्रण अध्ययन समितिसमेत गठन…

विस्तृतमा...

काठमाडौँ- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ । सङ्क्रमणका कारण हालसम्म ३७७ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । सरकारका अनुसार आइतबारसम्म १८० जना उपचारपछि निको भएका छन् भने ६१५ जना उपचार तथा स्वास्थ्य निगरानीमा रहेका छन् । हाल इबोलाको मृत्युदर २८ दशमलव ८० प्रतिशत रहेको र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान तथा अनुगमन (कन्ट्याक्ट ट्रेसिङ) दर ८१ दशमलव ३० प्रतिशत पुगेको छ । सङ्क्रमण नियन्त्रणका लागि सरकारले राजधानी किन्शासासहित त्सोपो, हाउत–उले र बास–उले प्रान्तमा सामूहिक जमघटमा प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गृह मन्त्रालयले जारी गरेको परिपत्रमार्फत उक्त निर्णय कार्यान्वयनमा…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’मार्फत करिब ९७ प्रतिशत बालबालिकालाई खोप प्रदान गरेकाे जनाएकाे छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा देखिएका सात जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’अन्तर्गत ९७.७ प्रतिशत बालबालिकालाई खोप लगाइएको जानकारी दिए । उनका अनुसार ती सात जिल्लाका एक लाख २८ हजार ३५९ बालबालिका तथा मानिसलाई खोप लगाइएको छ। अछाम र दैलेखमा पनि दादुराको जोखिम रहे पनि न्यून सङ्ख्यामा बिरामी भेटिएकाले अभियान सञ्चालन नगरेको उनले बताए। सरकारले यस वर्ष दादुरको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत,…

विस्तृतमा...