काठमाडौं – वर्तमान सरकारले कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको दाबी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार २६२ जना विपन्न तथा असहाय नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। मन्त्रालयका अनुसार सर्वसाधारणलाई सहज र पारदर्शी रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको freehealth.mohp.gov.np पोर्टलमा हाल देशभरका १९६ वटा अस्पताल आबद्ध भएका छन्। ती अस्पतालहरूमा तीन हजार ४५ वटा निःशुल्क शय्या छुट्याइएको छ। नागरिकहरूले घरमै बसेर अनलाइनमार्फत कुन अस्पतालमा निःशुल्क शय्या उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।…
स्वास्थ्य डायरी
काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले यस अवधिमा गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन्। शनिबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवालाई नागरिकमैत्री, सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयले अघि बढाएका नीतिगत तथा सेवामुखी सुधारहरूको विस्तृत विवरण प्रस्तुत गरेकी हुन्। मन्त्री मेहताका अनुसार १०० दिनको अवधिमा स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार, सेवा प्रवाह, पूर्वाधार विकास, स्वास्थ्य बिमा, जनशक्ति व्यवस्थापन, मानसिक स्वास्थ्य तथा औषधि व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। मन्त्रालयले नागरिकलाई अस्पतालमा उपलब्ध शय्याबारे सहज जानकारी उपलब्ध गराउने उद्देश्यले ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको छ। हालसम्म २१७ वटा अस्पताल…
कास्की – गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पवर्त, म्याग्दी, मुस्ताङ र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बाँकी पाँच जिल्ला घोषणाको तयारीमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ । बिहीबार कास्कीलाई घोषणा गरिएसँगै यस वर्ष पूर्ण खोप सुनिश्चित भएका जिल्लाको सङ्ख्या छ पुगेको हो । आगामी शनिबार बागलुङ, आइतबार लमजुङ, सोमबार गोरखा र तनहुँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गनिने केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले बताए । नवलपुरलाई यही असार मसान्तभित्र घोषणा गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं…
काठमाडौं- रोटरी इन्टरनेशनल जिल्ला ३२९२ (नेपाल–भुटान) ले बालबालिकाको मुख स्वास्थ्य सुधारका लागि ‘५० हजार मुस्कान नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ। रोटरीको रोग रोकथाम तथा उपचार समितिले कान्तिपुर दन्त महाविद्यालय शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र र बीएम फाउन्डेसनसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गर्न लागेको हो। अभियान आगामी २०८३ असार १७ गते (१ जुलाई २०२६) देखि २०८४ असार १६ गते (३० जुन २०२७) सम्म सञ्चालन हुनेछ। यस अवधिमा देशभरका २५० भन्दा बढी विद्यालयमा पुगेर ५० हजार बालबालिकाको मुख तथा दाँतको स्वास्थ्य परीक्षण, मुख स्वास्थ्यसम्बन्धी शिक्षा तथा आवश्यक परामर्श प्रदान गरिनेछ। ‘विद्यालयको मुख स्वास्थ्यमार्फत दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना’ भन्ने नारासहित सञ्चालन हुने…
बाँके – बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना अयोग्य व्यक्तिबाट बिरामी जाँच हुँदै आएको पाइएको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाका सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका गाउँमा विरामीलाई सरकारी स्वास्थ्य चौकी लैजानुको साटो स्वास्थ्यसम्बन्धी कुनै शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसलमा पुर्याई अयोग्य व्यक्तिबाट बिरामी जाँच र औषधि सिफारिश हुने गरेको छ । नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयले गरेको अनुगमन क्रममा जानकी गाउँपालिकामा डेढ दशकदेखि स्वास्थ्यसम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसल फेला परेको छ । Laxmi sunrise bankऔषधि…
काठमाडौं- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाई राखिएको मन्त्रालयले जनाएको छ। उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ।
काठमाडौँ – स्वास्थ्य बीमा बीमा बोर्डले आवश्यकता भन्दा बढी परीक्षणको माग नगर्न बिमितहरूलाई आग्रह गरेको छ। बोर्डले सूचना जारी गरी स्वास्थ्य बीमामा आबद्ध भएका बिमितहरूलाई अस्पतालहरूमा अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले ध्यानाकर्षण गराएको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न नागरिकको तर्फबाट पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिन बोर्डले अनुरोध गरेको हो। बीमाले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पूर्ण बिमित सेवाग्राहीहरूलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकभन्दा बढी परीक्षण वा उपचारका लागि…
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरिएको छ। सरकार गठन भएको करिब सय दिनको अवधिमा सार्वजनिक स्वास्थ्य संस्थाको सेवा प्रवाह, सरसफाइ, व्यवस्थापन, डिजिटल प्रणाली र सुशासनका क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन देखिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विगतमा देखिँदै आएका ढिलासुस्ती, अव्यवस्था र सेवा प्रवाहका कमजोरी हटाउँदै स्वास्थ्य प्रणालीलाई थप परिणाममुखी, पारदर्शी र नागरिकमैत्री बनाउन विभिन्न सुधारका कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। कार्यसंस्कृतिमा सुधार र बढ्दो जवाफदेहिता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मन्त्रालयदेखि सङ्घीय अस्पताल र मातहतका निकायसम्म कार्यसंस्कृतिमा उल्लेखनीय परिवर्तन आएको…
काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तीपाइले रोग लगाउने परजीविको अध्ययन सुरु गरेको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवी मानिसमा भए÷नभएको बारेमा विद्यालय पढ्ने बालबालिकामा अध्ययन सुरु गरेको हो । केन्द्रका निर्देशक डा भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका २४० विद्यालयका कक्षा १ र २ मा पढ्ने छ र सात वर्ष उमेर समूहका बालबालिकामा अध्ययन सुरु गरिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मीले ती विद्यालयमा पुगी बालबालिकाको रगतको नमूना सङ्कलन गरिरहेका छन् । इलाम र पाँचथरमा एक हजार ५७० जना विद्यार्थी र तेह्रथुममा एक हजार ४१० जना विद्यार्थीको रगत निकालेर परीक्षण सुरु…
गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै पूर्णता पाउन सकेको छैन । जिल्ला सदरमुकाम तम्घासमा निर्माणाधीन ५० शय्याको अस्पताल बनाउन चार पटकसम्म म्याद थप गरिए पनि हालसम्म काम सम्पन्न नहुँदा अस्पतालमा आउने बिरामी समस्यामा परेका छन् । लामो समयसम्म भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको सेवा विस्तार प्रभावित हुनुका साथै दैनिक सेवा प्रवाहमा समस्या परेको अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । विसं २०७८ असार १८ गते स्वच्छन्द-बानियाँ जेभी, मकवानपुरले उक्त अस्पतालको नयाँ भवन निर्माणको जिम्मा लिएको थियो । रु २५ करोड ९४ लाख लागतमा निर्माण हुन लागेको भवन तोकिएको समयमा सम्पन्न नभएपछि पटकपटक म्याद थप गर्नुपरेको…

