

काठमाडौं – प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक बिहीबार सिंहदरबारमा सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले ‘चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको हो।
आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृतसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पनि सहभागिता रहेको थियो।


