स्वास्थ्य डायरी

काठमाडौं- सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको छ। शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मण्डललाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डा. किरण नकर्मीका अनुसार उनको सोमबार बिहान २ः०५ बजे उपचारकै क्रममा मृत्यु भएको हो। अस्पतालका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। उनलाई शुक्रबार साँझ साढे ७ बजे अस्पताल पुर्‍याएर आईसीयूमा राखी उपचार गरिएको थियो। प्रहरीका अनुसार मण्डलले घरबाट करिब २०० मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। यसअघि बिहीबार मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा…

विस्तृतमा...

मकवानपुर – नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ । सङ्घको ३७ औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण र पदस्थापन समारोहमा उक्त निर्णय गरी घोषणा गरिएको हो । यहाँस्थित सङ्घको मुख्य कार्यालयमा आयोजित समारोहमा प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनाललाई पद तथा गोपनीयताको शपथ गराए । अध्यक्ष खनालले अन्य पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए । सङ्घका निवर्तमान अध्यक्ष हीरालाल श्रेष्ठले यातायात क्षेत्रलाई व्यवस्थित र व्यवसायीमैत्री बनाउन सबै पक्षबिच सहकार्य आवश्यक रहेको बताए । नवनिर्वाचित अध्यक्ष खनालले यातायात व्यवसायीले भोग्नु…

विस्तृतमा...

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा आधुनिक र सुविधासम्पन्न जलन (बर्न) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई थप सुदृढ बनाउन आवश्यक योजना कार्यान्वयन गर्न पनि जोड दिए। प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने वातावरण सुनिश्चित गर्न सङ्घ, प्रदेश सरकार र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले नागरिकमैत्री र गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको व्यापक प्रयोग तथा सुशासनको प्रभावकारी…

विस्तृतमा...

नवलपरासी- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असारसम्म जिल्लामा मात्रै ६७० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्। तीमध्ये २५ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ। तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा एक हजार २९ जना सर्पदंशका घटना दर्ता भएका थिए भने ५२ जनामा विषालु सर्पदंश भएको थियो। यस जिल्लाको भौगोलिक अवस्था, तराई क्षेत्र, घना वन, खेतीपाती र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले अन्य जिल्लाको तुलनामा यहाँ सर्पदंशका घटना बढी हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए।…

विस्तृतमा...

चितवन- यहाँस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्ष नियुक्त भएपछि कर्मचारीको तीन महिनादेखि रोकिएको तलबसहित अन्य भुक्तानी प्रक्रिया सुरु गरिएको छ। गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा असार १९ गते डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भई कार्यभार सम्हालेसँगै रोकिएको भुक्तानी सुरु भएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब, भत्ता तथा नियमित रूपमा गर्नुपर्ने भुक्तानी रोकिएको थियो। कार्यकारी निर्देशकको पदसमेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो। अध्यक्ष नहुँदा औषधिलगायत अत्यावश्यक सामग्री खरिदमा समेत समस्या भएको थियो। अस्पतालको नियमावलीअनुसार मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्न अध्यक्ष र कार्यकारी निर्देशक दुवैको…

विस्तृतमा...

काठमाडौं – राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मानसिक रूपमा अत्यधिक निराशा, तनाव वा आत्महत्यासम्बन्धी सोच आएमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गरी मनोपरामर्श सेवा लिन सबैमा आग्रह गरेको छ। केन्द्रले सार्वजनिक गरेको जनचेतनामूलक सूचनामा जुनसुकै समयमा ११६६ नम्बरमा फोन गरेर गोप्य तथा निःशुल्क रूपमा प्रशिक्षित मनोपरामर्शकर्तासँग परामर्श लिन सकिने उल्लेख गरिएको छ। केन्द्रका अनुसार मानसिक तनाव वा कठिन परिस्थितिमा एक्लै संघर्ष गर्नुको सट्टा समयमै विशेषज्ञसँग परामर्श लिनु प्रभावकारी उपाय हो। साथै, समस्या समाधानका लागि परिवार, साथीभाइ तथा सम्बन्धित निकायको सहयोग लिन पनि आग्रह गरिएको छ। जनचेतनामूलक सन्देशमार्फत ‘अँध्यारा दिन सधैंका हुँदैनन्’ भन्दै धैर्य कायम राख्न, समस्याको समाधान खोज्न…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशभर प्रभावकारी रूपमा विस्तार गर्न संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा बसेको अनलाइन बैठकले मानसिक स्वास्थ्यलाई समुदायस्तरसम्म पुर्‍याउने कार्ययोजना अघि बढाउने निर्णय गरेको हो। बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख, सातै प्रदेशका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिको सहभागिता रहेको थियो। बैठकले विद्यमान स्वास्थ्य संरचनामार्फत समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्ने तथा उपचारमा…

विस्तृतमा...

विराटनगर – मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) मा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। ‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ नारासहित आयोजित सम्मेलनमा नेपाल, भारत र बंगलादेशका विशेषज्ञ चिकित्सकहरूले न्यूक्लियर मेडिसिन र मोलिक्युलर इमेजिङका नवीनतम प्रविधिबारे अनुभव आदानप्रदान गरेका छन्। असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले आयोजना गरेको हो। सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स, रेडियोआइसोटोप थेरापीलगायत विषयमा विशेष प्रस्तुति दिइएको थियो। कार्यक्रममा बंगलादेशका प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा.…

विस्तृतमा...

काठमाडौं – बोसोयुक्त कलेजो रोगको गम्भीर अवस्था ‘मेटाबोलिक डिसफङ्सनसँग सम्बन्धित स्टिएटोहेपाटाइटिस (म्यास)’ को उपचारमा नयाँ आशा जगाउने अनुसन्धान सार्वजनिक भएको छ। अमेरिकाको मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताले विकास गरेको डीटी–१०९ नामक प्रयोगात्मक औषधिले जनावरमा गरिएको परीक्षणमा गम्भीर बोसोयुक्त कलेजो रोगलाई उल्लेखनीय रूपमा घटाएको पाइएको छ। यो अध्ययन जर्नल अफ क्लिनिकल इन्भेस्टिगेसन मा प्रकाशित भएको हो। अनुसन्धानका अनुसार यो औषधिले कलेजोलाई मात्र लक्षित नगरी आन्द्राको स्वास्थ्य सुधारेर रोग नियन्त्रण गर्ने नयाँ उपाय प्रस्तुत गरेको छ। विश्वभर करिब सात प्रतिशत मानिसमा देखिने ‘म्यास’ बोसोयुक्त कलेजो रोगको गम्भीर रूप हो। समयमै उपचार नभए यसले कलेजो कडा हुने (सिरोसिस), कलेजोको क्यान्सर र कलेजोले काम गर्न छोड्ने…

विस्तृतमा...

काठमाडौं – मनसुन सक्रिय भएसँगै डेङ्गी, हैजा, झाडापखला, औलोलगायतका रोग फैलिने जोखिम बढेपछि सरकारले रोकथाम तथा नियन्त्रणका लागि विशेष ‘प्रतिकार्य अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा मनसुनजन्य रोगको जोखिम मूल्याङ्कन गरी त्यसअनुसार प्रतिकार्य गर्ने प्रणाली लागू गर्ने तयारी गरेको जनाएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार डेङ्गी, औलो, हैजा, झाडापखला, जापानीज इन्सेफ्लाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता रोगको प्रकोप नियन्त्रण गर्न तीनै तहका सरकारबीच समन्वयात्मक अभियान सञ्चालन गरिनेछ। उनले रोग नियन्त्रणमा अघिल्ला वर्षको तुलनामा सुधार देखिएको उल्लेख गर्दै यस वर्ष मनसुनजन्य रोगबाट हुने क्षति…

विस्तृतमा...