

धनगढी – धनगढीमा अनसनरत डाक्टर गाेविन्द केसीले अनसन ताेडेका छन् । बाजुराकाे गाैमुल गाउँपालिका-२ घर भएका ४२ वर्षीय चक्र बहादुर धामीकाे हातबाट जुस पिएर अनसन ताेडेका हुन् ।
सहिद दशरथचन्द स्वास विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दकाे राजीनामाकाे मागबाट पछि हटेपछि सम्झाैता भएकाे हाे ।
डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो । उक्त टोलीसँगको सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् ।





