स्वास्थ्य डायरी

काठमाडौँ- बङ्गलादेशको ठाकुरगाँवमा जारी निःशुल्क आँखा शिविरमा स्थानीयवासीको उत्साहपूर्ण सहभागिता देखिएको छ। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले यही साउन १७ गतेदेखि सो स्थानमा पाँचदिने शिविर जारी राखेको छ । नेपाली अब्बल नेत्र विशेषज्ञद्वारा सञ्चालित सो आँखा शिविरको दोस्रो दिनसम्म एक हजार ३६५ जनाको निः शुल्क आँखा परीक्षण तथा १३६ जनाको मोयिाविन्दुको शल्यक्रिया सम्पन्न भएको सङ्घले आज यहाँ जनाएको छ । सङ्घका अनुसार सो शिविरमा १३ सदस्यीय चिकित्सकीय टोलीले सेवा प्रदान गरिरहेका छन् । टोलीमा विराटनगर आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ तथा अनुभवी नेत्र स्वास्थ्यकर्मी सहभागी छन् । टोलीमा डा प्रज्ञा लुइँटेल, डा गङ्गासागर साह, दीपेन्द्र चौधरी, विद्यानन्द चौधरी,…

विस्तृतमा...

काठमाडौँ- देशभर सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टी स्नेक भेनम’को अभाव देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले थप औषधि खरिद प्रक्रिया अघि बढाएको जनाएको छ। हाल मौज्दात रहेको औषधिले करिब ८५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने मन्त्रालयको अनुमान छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले देशभर हाल कुल १ हजार २६९ भाइल ‘एन्टी स्नेक भेनम’ मौज्दात रहेको जानकारी दिइन्। उनका अनुसार केन्द्रीय स्टोरमा १३८ भाइल, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४ भाइल तथा देशभरका २२२ सर्पदंश उपचार केन्द्र र स्वास्थ्य कार्यालयमा ४६५ भाइल उपलब्ध छन्। मन्त्री मेहताले अहिले मौज्दात रहेको औषधिले प्राविधिक रूपमा करिब ८५० जना…

विस्तृतमा...

काठमाडौं – पुरुषमा इरेक्टाइल डिस्फङ्सन (यौन दुर्बलता) को उपचारका लागि प्रयोग हुने चर्चित औषधि भायाग्रा (सिल्डेनाफिल) ले क्यान्सर फैलिनबाट रोक्न सक्ने नयाँ जैविक संयन्त्र पत्ता लागेको इजरायली वैज्ञानिकहरूले बताएका छन्। इजरायलको वाइजम्यान इन्स्टिच्युट अफ साइन्सका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार भायाग्राको सक्रिय तत्व सिल्डेनाफिल ले क्यान्सरका कोषिकालाई आवश्यक पर्ने कोलेस्ट्रोलको आपूर्ति अवरुद्ध गर्छ। कोलेस्ट्रोलको अभाव भएपछि क्यान्सरका कोषिकाले शरीरका अन्य अंगमा फैलिने (मेटास्टेसिस) क्षमता गुमाउने अनुसन्धानले देखाएको छ। यो अध्ययन प्रतिष्ठित वैज्ञानिक जर्नल क्यान्सर रिसर्चमा जुलाई महिनामा प्रकाशित भएको हो। अध्ययनमा मुसामा गरिएको परीक्षण, मानव क्यान्सर कोषिकामाथिको प्रयोग तथा इजरायलको राष्ट्रिय स्वास्थ्य सेवा प्रदायक क्लालिट हेल्थ सर्भिसका करिब ५० लाख सदस्यको २०…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिकल सेल र थालसेमियाको समयमै पहिचान तथा उपचार सुनिश्चित गर्न नवजात शिशु र गर्भवती महिलाका लागि निःशुल्क स्क्रिनिङ सेवा सुरु गरेको छ। साथै, यी रोगका विपन्न बिरामीलाई उपचारका लागि आर्थिक सहायता र स्वास्थ्य बिमामार्फत थप सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका स्वास्थ्यसम्बन्धी प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विशेषगरी पश्चिम तराईका थारु समुदायमा सिकल सेल एनिमिया गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको बताइन्। उनले रोगको रोकथाम, प्रारम्भिक पहिचान र उपचारका लागि सरकारले विभिन्न अस्पतालमार्फत निःशुल्क परीक्षण, उपचार तथा औषधि सेवा सञ्चालन गरिरहेको जानकारी दिइन्। मन्त्री मेहताका…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राखी विगत साउन १४ गतेदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच गएराति १९ बुँदे सहमति भएको छ। सहमतिसँगै रानाभाटने आफ्ना सम्पूर्ण अनसनका कार्यक्रमहरू अन्त्य गरेकी छिन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, ब. मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझा र कानुन अधिकृत जय प्रसाद सुबेदी तथा अभियन्ता रानाभाटबिच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गरी ६ महिनाभित्र काम सम्पन्न गरिनेछ। अस्पतालहरूमा ‘मिनिमम सर्भिस स्ट्यान्डर्डु र…

विस्तृतमा...

काठमाडौं – निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले ओपीडी सेवा थप व्यवस्थित र बिरामीमैत्री बनाउन टिकट वितरण प्रणालीमा परिवर्तन गरेको छ। अस्पतालले सोमबारदेखि लागू हुने गरी चिकित्सकको नाममै ओपीडी टिकट जारी गर्ने व्यवस्था पुनः लागू गरेको हो। यसअघि अस्पतालमा बिरामीले सम्बन्धित विभागको नाममा मात्रै टिकट काट्ने व्यवस्था थियो। मेडिसिन, हाडजोर्नी, छाला रोगलगायत विभागको टिकट लिए पनि कुन चिकित्सकसँग जाँच हुने भन्ने कुरा टिकटमै उल्लेख हुँदैनथ्यो। नयाँ व्यवस्थापछि भने बिरामीले आफूले परामर्श लिन चाहेको चिकित्सकको नाम चयन गरेर सोही नाममा ओपीडी टिकट लिन सक्नेछन्। यसले उपचार प्रक्रियालाई थप सहज, पारदर्शी र व्यवस्थित बनाउने अस्पताल प्रशासनको विश्वास छ। अस्पतालका अनुसार चिकित्सकको नाममै…

विस्तृतमा...

काठमाडौं – पाँच दिनदेखि आमरण अनसनमा बसेकी नर्सिङ अभियन्ता ज्योति रानाभाटले सरकारसँगको वार्तापछि तयार गरिएको सहमतिको मस्यौदा अस्वीकार गरेकी छन्। वार्ता टोलीले अधिकांश माग कार्यदल गठनमार्फत समाधान गर्ने प्रस्ताव राखेपछि उनले त्यसमा असहमति जनाएकी हुन्। सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा दिनभर भएको छलफलपछि तयार गरिएको मस्यौदामा मागहरू कार्यदलमार्फत अध्ययन र कार्यान्वयन प्रक्रिया अघि बढाउने उल्लेख थियो। तर, रानाभाटले माग कार्यदलमा सीमित गर्नेभन्दा सरकारले प्रत्यक्ष रूपमा कार्यान्वयनको प्रतिबद्धता जनाउनुपर्ने अडान राखेकी छन्। रानाभाटका तर्फबाट वार्तामा जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी थिए। मन्त्रालयका तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. सङ्गीता मिश्र, मन्त्रीका प्रमुख…

विस्तृतमा...

काठमाडौं – मनसुन सक्रिय भएसँगै नेपालमा डेंगु संक्रमणको जोखिम फेरि बढ्न थालेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०८२ पुसदेखि २०८३ साउन १५ गतेसम्म देशका ७२ जिल्लामा २ हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। महाशाखाले सार्वजनिक गरेको पछिल्लो पाक्षिक प्रतिवेदनअनुसार कोशी र गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएका छन्। कोशी प्रदेशमा ५६८ जना (२८ प्रतिशत) र गण्डकी प्रदेशमा ५३२ जना (२६.३ प्रतिशत) संक्रमित भेटिएका छन्। जिल्लागत रूपमा झापा सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ २०४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि बागलुङमा १८०, सुनसरीमा…

विस्तृतमा...

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सीटीस्क्यान मेसिन आजदेखि सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालले मेसिन सञ्चालनमा आएपछि सम्पूर्ण सेवाग्राहीले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सीटीस्क्यान सेवा सहज रुपमा अस्पतालबाट प्राप्त गर्न थालेका जानकारी दिए । उनले मेसिन सञ्चालन गर्न करिब एक महिनाको समयावधि लागेको जानकारी दिँदै अब भारतलगायत अन्यत्र क्षेत्रमा बिरामी जाने बाध्यता हट्ने बताए। उनले भने, “समयमा बिरामीको रोगको पहिचान हुने, उपचारमा सहजता आउने र बिरामीको आर्थिक भारसमेत कम हुने हाम्रो विश्वास छ ।” मेडिकल सुपरिटेण्डेण्ट डा. दर्नालले दुई वर्षदेखि सीटीस्क्यान मेसिनको टियुब बिग्रेको र त्यसलाई खरिद गर्न समय लागेको बताए। उनका…

विस्तृतमा...

धनगढी – सुदूरपश्चिम प्रदेशमा शिशु तथा बाल पोषणको अवस्था अझै सन्तोषजनक बन्न नसकेको एक सर्वेक्षणले देखाएको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले सार्वजनिक गरेको ‘स्मार्ट प्लस’ सर्भेअनुसार छ महिनाभन्दा कम उमेरका ६८.३ प्रतिशत शिशुले मात्रै पूर्ण स्तनपान गरिरहेका छन्। सर्वेक्षणका अनुसार करिब ३२ प्रतिशत शिशुले छ महिना नपुग्दै आमाको दूधबाहेक पानी, अन्य दूध वा थप खानेकुरा सेवन गर्ने गरेका छन्, जसले पूर्ण स्तनपानको अभ्यास अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ। यद्यपि प्रारम्भिक स्तनपानको अवस्था भने उत्साहजनक देखिएको छ। प्रदेशका ९८.२ प्रतिशत बालबालिकाले जीवनको कुनै न कुनै समयमा आमाको दूध पाएका छन् भने ८४.९ प्रतिशत शिशुले जन्मेको पहिलो एक घण्टाभित्रै स्तनपान सुरु…

विस्तृतमा...