स्वास्थ्य डायरी

काठमाडौँ- मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार वीरगन्जका विभिन्न निजी अस्पतालहरूको छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा इजाजत बिना सञ्चालनमा रहेको एक अस्पताललाई बन्द गर्न निर्देशन दिइएको छ । मुख्यमन्त्री सिंहले वीरगन्ज महानगरपालिकामा रहेका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, सर्वोत्तम हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल, गण्डक हस्पिटल प्रालि र शाह हस्पिटल प्रालि गरी सात अस्पतालको निरीक्षण गरेका थिए । अनुगमनका क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर को सञ्चालनका लागि आवश्यक कानूनी कागजात नपाइएपछि मुख्यमन्त्री सिंहले उक्त अस्पताल बन्द गर्न पत्र काटेका छन् । अनुगमन टोलीमा सहभागी प्रदेश…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् । गत शुक्रबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा. डा. पलेस्वाँ जोशी लाखे र प्रा. डा. आनन्द शर्मालाई नियुक्त गरेका हुन् । यसैगरी डिनमध्येबाट काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन मनोज हुमागाईलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको छ । निजी क्षेत्रको तर्फबाट डा. सन्तोष राजभण्डारी र उपभोक्ताको तर्फबाट रामेश्वर अधिकारी सदस्य नियुक्त भएका छन् ।

विस्तृतमा...

काठमाडाैं- जनवरी २०२४ मा जब अयोध्यामा राम मन्दिरको उद्घाटनको प्रतीक्षा गरिएको थियो, त्यतिबेला धेरै गर्भवती महिलाहरू आफ्ना बच्चाहरू जन्माउन अस्पतालको लाइनमा उभिएका थिए । उनीहरूको इच्छा थियो कि उनका बच्चाको जन्म अयोध्यामा राम मन्दिरको प्राण-प्रतिष्ठा मितिमा होस्। यसका लागि उनीहरूले चिकित्सकसँग पहिले नै अनुरोध गरेका थिए कि उनीहरूको बच्चा ‘शुभ मुहूर्त’ अर्थात् ‘शुभ साइत’ मा जन्मिन सकोस् । त्यसरी नै भारतमा ‘मुहूर्त डिलीवरी’ अर्थात् ‘शुभ साइत’ हेरेर बच्चा जन्माउने प्रवृत्ति बढिरहेकाे छ । हालका वर्षहरूमा धेरै परिवारहरूले आफ्नो बच्चाको जन्मको समय र मिति ज्योतिषको आधारमा तय गर्न थालेका छन् । यो त्यही प्रक्रिया हाे जसलाई ‘मुहूर्त डिलीवरी’ अर्थात् ‘शुभ साइत’ हेरेर बच्चा जन्माउनु भनिन्छ । …

विस्तृतमा...

मकवानपुर– मकवानपुरको हेटौँडामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नौ हजार ४८ जनालाई सेवा दिइएको चिकित्सालयकी प्रमुख ललिता पाण्डेले जानकारी दिइन् । सेवा लिनेमध्ये चार हजार २७३ जना पुरुष रहेका छन् भने चार हजार ७७५ जना महिला रहेका छन् । चिकित्सालयमा गत आर्थिक वर्ष २०८०–८१ मा १७ हजार ६८० जनाले सेवा लिएको पाण्डेले बताए । उनका अनुसार औषधालयमार्फत २३ थरीका औषधि निःशुल्क वितरण गरर्नुका साथै सशुल्क फार्मेसी, पूर्वकर्म, पञ्चकर्म, योग परामर्श, पत्थ्य आहार सेवा प्रदान भइरहेको छ । यस्तै, प्रयोगशाला सेवा, निःशुल्क फिजियोथेरापी, ज्येष्ठ नागरिक…

विस्तृतमा...

सुनसरी- सुनसरीको कोशी गाउँपालिकाको सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको छ । उक्त फार्ममा बर्डफ्लु देखिनु भएपछि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर फार्मलाई चार किल्ला तोकेर नियन्त्रण गर्ने निर्देशन दिएको छ । मन्त्रालयले फार्मको चार किल्लाभित्र बर्डफ्लु नियन्त्रण कार्य सञ्चालन गर्न र रोग फैलन नदिनै उचित कदम चाल्न आग्रह गरेको छ । यसले बर्डफ्लुको थप संक्रमण फैलिन नदिन कडा निगरानी राख्नुपर्ने आवश्यकता स्पष्ट पारेको छ । कृषि फार्मका चार किल्ला क्षेत्र निर्धारण गर्दा, पूर्वतर्फको ५० मिटर, पश्चिमतर्फको २०० मिटर र अन्य खुल्ला मैदानहरूका १५० देखि ३०० मिटरका क्षेत्रहरूमा नियन्त्रण गर्न निर्देशन दिइएको छ…

विस्तृतमा...

काठमाडौं –आइभीएफ(इन भिट्रो फर्टिलाइजेसन) सेवा संवेदनशील र महँगो स्वास्थ्य सेवा हो । तर, कुनै निश्चित दररेट नहुँदा स्वास्थ्य संस्थाहरूले मनपरी शुल्क असुल्दै निःसन्तान दम्पतीहरूलाई आर्थिक रूपमा शोषण गरिरहेको गुनासो बढ्दै गएको छ । स्वास्थ्य क्षेत्रमा नियमित अनुगमनको अभाव र ठोस नीति नहुँदा आइभीएफ सेवामा निजी क्लिनिकहरूले मनपरी शुल्क असुल्ने वातावरण बनेको हाे । कुनै निश्चित मूल्य नतोकिदा विभिन्न संस्थाहरूले एउटै सेवाका लागि ३ देखि ५ लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । उपचार प्रक्रिया जटिल भएको बहाना बनाएर कतिपय क्लिनिकहरूले सेवाग्राहीलाई अनावश्यक परीक्षण तथा अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको पाइन्छ। सरकारले पनि सीटामोलको मूल्य तोक्न सक्ने तर आइभीएफ सेवामा भइरहेको लुट…

विस्तृतमा...

जनकपुरधाम- मधेश प्रदेशका सरकारी अस्पतालहरूको स्तरोन्नति र अवैध निजी अस्पतालहरू बन्द गरिनुपर्ने मागसहित जनकपुरधाममा प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानको आयोजनामा मंगलबार साँझ प्रादेशिक अस्पतालअगाडि विरोध प्रदर्शन गर्दै प्रदर्शनकारीहरूले मुख्यमन्त्री सतिस कुमार सिंहको पुतला जलाएका छन् । स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिति, सरकारी अस्पतालहरूको लचर अवस्था र निजी अस्पतालहरूको अनियन्त्रित व्यावसायीकरणप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरिएको हो। अभियानका नेताहरू मनिष पुर्वे, अक्षय यादव, दीपू झा, पंकज झा लगायतको नेतृत्वमा भएको प्रदर्शनमा सयौँ स्थानीयवासीको सहभागिता रहेको थियो । प्रदर्शनकारीहरूले ‘सरकारी अस्पताल सुधार गर, निजी अस्पतालको मनपरी बन्द गर’ जस्ता नाराहरू लगाउँदै सरकारको आलोचना गरे । उनीहरूले सरकारी अस्पतालहरूमा आवश्यक स्वास्थ्य उपकरण, दक्ष…

विस्तृतमा...

काठमाडौं – नेपाल चिकित्सक संघले आफ्ना मागहरूलाई सरकारले बेवास्ता गरेको भन्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ। संघले आइतबार नौबुँदे मागसहित सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो, तर सरकारको उदासिनताले संघ आक्रोशित बनेको छ । संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार संघले बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थाहरूमा चिकित्सकहरूले कालोपट्टी बाँधेर एक घण्टे धर्ना दिने कार्यक्रम तय गरेको छ । ‘सरकारले हाम्रो मागका केही बुँदा सम्बोधन गरे पनि अन्य महत्त्वपूर्ण विषयमा कुनै ध्यान नदिएको कारण हामीलाई आन्दोलनमा जान बाध्य बनाइएको छ,’ तिवारीले भने । संघले सरकारलाई पुनः तत्काल वार्तामा आउन आग्रह गर्दै अन्यथा कडा कदम उठाउने चेतावनी दिएको छ । यदि…

विस्तृतमा...

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार यो निर्धारित लक्ष्यको ९५ प्रतिशत हो । निर्देशनालयले प्रदेशका नौ वटै जिल्लाका एक लाख ५१ हजार ५९ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । सूचना अधिकारी गिरीका अनुसार कैलालीका ४५ हजार ८८८, कञ्चनपुरका २५ हजार ८४०, डोटीका ११ हजार ३८८, अछामका १३ हजार ८९७ र डोटीका ११ हजार ३८८ जना किशोरीहरुलाई खोप लगाइएको छ । यसैगरी, डडेल्धुराका ६ हजार ९४९, बझाङका ११ हजार ८९७, बाजुराका सात हजार ६४९, बैतडीका…

विस्तृतमा...

काठमाडौं- मुलुककै पुरानो अस्पतालमध्ये एक, वीर अस्पतालले आकस्मिक कक्षको विस्तारको कामलाई तीव्रता दिएको छ । हालको साँघुरो र व्यवस्थापनमा चुनौतीपूर्ण आकस्मिक कक्षलाई व्यवस्थित बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार काम अघि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशनपछि आकस्मिक कक्ष विस्तार प्रक्रिया अघि बढाइएको हो। अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमका अनुसार हालको ५५ शय्या रहेको आकस्मिक कक्षलाई ७५ शय्यामा विस्तार गरिनेछ । अत्यधिक बिरामीको चापका कारण अहिले उपलब्ध शय्या प्रयाप्त नहुँदा व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ । डा. गौतमका अनुसार हालको बहिरंग विभागको भुइँतलाको पछाडिको भागलाई आकस्मिक कक्ष विस्तारका लागि प्रयोग…

विस्तृतमा...