स्वास्थ्य डायरी

काठमाडौं – देशभर डेङ्गु सङ्क्रमण तीव्ररूपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच सय ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ । काठमाडौंमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् ।

विस्तृतमा...

सुनसरी- सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिए । अस्पतालले कोशी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा र मधेस प्रदेशका सप्तरीमा शिविरको आयोजना गरेर निःशुल्क आँखाका रोगीको निःशुल्क उपचार गरेको उनले बताए । अस्पतालले विभिन्न ठाउँमा आयोजना गरेको शिविरमा न्यून आय भएका र वृद्धवृद्धा भएका १३ हजार पाँच सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको डा गौतमले बताए । अस्पतालले आर्थिक वर्ष २०७९–८० मा…

विस्तृतमा...

तनहुँ- तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो । स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो । स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताए । कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या प्रमुख अधिकारीले बताए । कारागारमा कैदीबन्दीमा बढीजसो छालासम्बन्धी रोग छ । जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेकाले कैदीबन्दी समेत यसबाट बढी सङ्क्रमित हुने खतरा छ ।

विस्तृतमा...

कास्की- चिकित्सकहरुले डेंगु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याए । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताए । “डेंगु सङ्क्रमण हुँदैमा आत्तिइहाल्नुपर्दैन, डेंगुले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ”, उनले भने, “प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभाबी औषधि सेवन गर्नु हुँदैन ।” कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै…

विस्तृतमा...

चितवन-  भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन् । २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रिया मार्फत् शिशु जन्माएका हुन् ।  वडादसैँंको समयमा बर्थिङ सेन्टर, हेल्थपोष्टमा चिकित्सकको अभाव हुने हुँदा यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति सेवाका बिरामीको चाप बढ्ने गर्दछ । कतिपय निजी साना अस्पतालमा दसैंँको बेलामा आकस्मिक सेवासमेत दिन कठिन हुने गर्दछ । चाप बढ्ने भएपछि भरतपुर अस्पतालले त्यसको तयारी गरेको थियो । अस्पतालको प्रसूति विभागका प्रमुख प्राडा सुनिलमणि पोखरेल चिकित्सकलाई पालो मिलाएर तयारी अवस्थामा राखिएकाले प्रसूति सेवा दिन सहज भएको बताए । उनले भने, “चितवनसहित छिमेकी जिल्लाबाट समेत दसैँको समयमा अन्य…

विस्तृतमा...

ढाका– बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि  हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१० पुगेको जनाइएको छ  । सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । डीजीएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सङ्ख्या दश हजार ८७२ पुगेको छ । यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटना दर्ता गरेको डीजीएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने…

विस्तृतमा...

काठमाडौं- शारीरिक स्वास्थ्य जस्तै दाँतको स्वास्थ्य पनि महत्वपूर्ण छ । यसलाई शारीरिक स्वास्थ्यसँग पनि जोडेर हेरिन्छ । दाँतको अवस्था वा बनावटले हाम्रो व्यक्तित्व समेत झल्किन्छ । राम्रो दाँतले सुन्दर मुस्कान दिने मात्र होइन । त्यसैले जसरी शारीरिक स्वास्थ्यको हेरचाह गरिन्छ त्यसरी नै दाँतको हेरचाह गर्नु पनि आवश्यक छ । अझ बच्चाको दाँतको त झन बढी ख्याल गर्नुपर्छ । बच्चा हुँदा ने दाँत बिग्रियो भने यसले जीवनमा ठूलो असर पार्छ । बालबालिकाले आफ्ने दाँतको हेरचाह आफैँ गर्न सक्दैनन् । बाल दन्त शल्यचिकित्सक डाक्टर अन्सिका भण्डारीका अनुसार बाल बालिकाको दाँत दुधे दाँत कम्तिमा ६ महिनादेखि आउन सुरु भई तिन वर्षसम्म पूरा हुने…

विस्तृतमा...

बाग्लुङ- बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ । ६ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।  सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको २ करोड ७५ लाख ६४ हजार २५३ रुपैयाँ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडाध्यक्ष विद्यापती शर्माले बताए ।

विस्तृतमा...

जेनेभा- संयुक्त राष्ट्रसंघले शुक्रबार युद्धग्रस्त गाजामा लाखौँ बालबालिकालाई पोलियो खोपको आवश्यक दोस्रो मात्रा दिन आगामी साता सुरु हुने अभियान पहिलो चरणभन्दा ‘अझ जटिल’ हुने बताएको छ ।  राष्ट्रसंघको स्वास्थ्य र बालबालिकासम्बन्धी एजेन्सीहरूले सोमबारदेखि गाजाभर १० वर्षमुनिका करिब पाँच लाख ९१ हजार सात सय बालबालिकालाई फलो–अप मात्राहरू प्रदान सुरु गर्न तयारी गरिरहेको बताएका छन् । यो सेप्टेम्बर १ देखि १२ सम्म कार्यान्वयन गरिएको पहिलो खोप चरणको अनुसरण हो । यसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्यालेस्टिनी क्षेत्रका प्रतिनिधि रिक पिपरकोर्नले शुक्रबार ‘एउटा विशाल उपलब्धि’ भनेर प्रशंसा गरे । घेराबन्दीमा परेको गाजा पट्टीमा २५ वर्षमा पहिलो पटक पुष्टि भएको पोलियो केस रिपोर्ट गरिएपछि…

विस्तृतमा...

काठमाडौं- दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरूको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकार मात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ । तर के दसैँमा टन्न खानैपर्छ ? पोषणविद्हरू भन्छन्, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन ।” चिल्लो, पिरो कम भएका स्वास्थ्यकर परिकारले स्वास्थ्यलाई नगर्ने उनीहरूको भनाइ छ । पोषणविद् राज शाक्यले घरमै पकाइएका खानेकुरा खाँदा स्वास्थ्यमा त्यति धेरै असर नपर्ने बताउँछन् । उनी भन्छन्, “सकेसम्म बाहिरबाट…

विस्तृतमा...