Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

सरकारी अस्पतालमा सुधारको माग गर्दै मुख्यमन्त्री सिंहको पुतला दहन

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ फाल्गुन ७, बुधबार
Share
Facebook Twitter

जनकपुरधाम- मधेश प्रदेशका सरकारी अस्पतालहरूको स्तरोन्नति र अवैध निजी अस्पतालहरू बन्द गरिनुपर्ने मागसहित जनकपुरधाममा प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानको आयोजनामा मंगलबार साँझ प्रादेशिक अस्पतालअगाडि विरोध प्रदर्शन गर्दै प्रदर्शनकारीहरूले मुख्यमन्त्री सतिस कुमार सिंहको पुतला जलाएका छन् ।

स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिति, सरकारी अस्पतालहरूको लचर अवस्था र निजी अस्पतालहरूको अनियन्त्रित व्यावसायीकरणप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरिएको हो। अभियानका नेताहरू मनिष पुर्वे, अक्षय यादव, दीपू झा, पंकज झा लगायतको नेतृत्वमा भएको प्रदर्शनमा सयौँ स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीहरूले ‘सरकारी अस्पताल सुधार गर, निजी अस्पतालको मनपरी बन्द गर’ जस्ता नाराहरू लगाउँदै सरकारको आलोचना गरे । उनीहरूले सरकारी अस्पतालहरूमा आवश्यक स्वास्थ्य उपकरण, दक्ष चिकित्सक तथा गुणस्तरीय सेवा नहुँदा बिरामीहरूलाई निजी अस्पतालमा पठाउने प्रवृत्ति मौलाउँदै गएको गुनासो गरे ।

प्रदर्शनकारीहरूले सरकारलाई अस्पताल सुधारको दायित्वबाट विमुख हुन नदिन चेतावनी दिएका छन् । उनीहरूका अनुसार सरकारी अस्पतालहरूलाई योजनाबद्ध रूपमा कमजोर बनाएर निजी अस्पतालहरूलाई फाइदा पुर्‍याउने षड्यन्त्र भइरहेको छ । ‘स्वास्थ्य सेवा नागरिकहरूको मौलिक अधिकार हो, यसलाई व्यवसायीकरण गर्न पाइँदैन,’ प्रदर्शनकारीहरूले भने ।

नियम विपरीत सञ्चालनमा रहेका निजी अस्पतालहरूको छानबिन गरी तत्काल कारबाही गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयलाई जवाफदेही बन्न आग्रह गरे ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.