स्वास्थ्य डायरी

काठमाडौं– आइभीएफ सेवाको झुटो प्रचारप्रसार नगराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । आइभीएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै आइभीएफ सेवा सम्बन्धमा झुटो प्रचारप्रसार नगर्न/नगराउन मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य संस्थाले आइभीएफ सेवा सम्बन्धमा झुटो प्रचारप्रसार तथा चर्को मिडियाबाजी गरी सेवाग्राहीलाई चरम ठगी गरेको साथै मनोमानी ढङ्गले शुल्कसमेत असुल्ने गर्ने गरेको भनी गुनासो प्राप्त भएकाले यस्तो निर्देशन दिएको मन्त्रालयको भनाइ छ । सेवा शुल्कको विवरण संस्थाको वेब साइडमा अनिवार्य रूपमा राख्ने व्यवस्था मिलाउन मन्त्रालयको निर्देशन छ । यदि शाखा स्थापना गरी सेवा सञ्चालन गर्न चाहेमा अनुमति प्रदान गर्ने निकायबाट मापदण्ड बमोजिमको प्रक्रिया पूरा गरी पुनः अनुमति लिन…

विस्तृतमा...

दैलेख- स्वास्थ्य सेवा कार्यालय, दैलेखले कार्यालय समय अवधिभर सामाजिक सञ्जाल तथा मोबाइल फोनको अनावश्यक प्रयोग नगर्न आग्रह गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै कार्यालय सञ्चालन तथा सेवा प्रवाहमा अवरोध पुर्‍याउने भएकाले कर्मचारी तथा सेवाग्राहीलाई अत्यावश्यक कार्य बाहेक मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग नगर्न अनुरोध गरेको हो। स्वास्थ्य सेवा कार्यालयका अनुसार, कार्यक्षमता बढाउन र सेवाग्राहीलाई छिटो, छरितो तथा प्रभावकारी सेवा प्रदान गर्न यस्तो निर्णय गरिएको हो। सूचनामा कर्णाली प्रदेश सरकार, विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा दैलेख अस्पताल प्रशासनको नाम उल्लेख गरिएको छ। कार्यालयले सबै कर्मचारीलाई कार्यस्थलमा पूर्ण ध्यान दिन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग गर्न आह्वान गरेको छ।

विस्तृतमा...

झापा – नेपाल सरकारले मिर्गौला रोगीका लागि हेमोडायलायसिस सेवा निःशुल्क दिन थालेपछि धेरै बिरामी लाभान्वित भएका छन् । झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा दैनिक ६० जना बिरामीले निःशुल्क सेवा पाइरहेका अस्पतालका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिए । सरकारले सञ्चालन गरेको विपन्न नागरिक उपचार कोषमार्फत मिर्गौलाका बिरामीले अस्पतालबाट निःशुल्क सेवा पाइरहेका छन् । ‘बिरामीले कुनै शुल्क तिर्नुपर्दैन । एक जनाको एक पटक डायलायसिस गरेबापत नेपाल सरकारले अस्पताललाई कोषमार्फत रु दुई हजार पाँच सय उपलब्ध गराउँछ । यसबाट विपन्न नागरिकहरू निकै लाभान्वित भइरहेका छन्’, दाहालले भने । दुवै मिर्गौलाले काम नगरेको अवस्थामा शरीरको रगत शुद्धीकरणका लागि चिकित्सकको सिफारिसमा बिरामीको हेमोडायलायसिस गराउनुपर्ने…

विस्तृतमा...

सुर्खेत- प्रदेश अस्पताल सुर्खेतमा ‘क्याथल्याब’ सेवा सुरुआत भएको छ । वीर अस्पतालका विज्ञसहित प्रदेश अस्पतालको स्वास्थ्यकर्मीको टिमले ‘बाइप्लेन क्याथल्याब’ मेसिन जडान गरेको थियो । उक्त मेसिनबाट बिरामीको एनजिओग्राफी सेवा सुरु भएसँगै मुटुरोगीहरूको जाँचका साथै क्याथल्याब सेवासमेत सुरु भएको सूचना अधिकारी तथा मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले जानकारी दिए । यही फागुन ५ गतेदेखि सुरु भएको सेवा अब नियमित हुने उनले बताए । कर्णालीका नागरिकलाई जटिल खालको उपचार सेवा प्रदान गर्न उक्त मेसिन खरिद गरिएको उनले जानकारी दिए। यसबाट हृदयघात तथा पक्षघातलगायत जोखिमबाट व्यक्तिलाई बचाउन मद्दत गर्ने उनले बताए । विशेषगरी मुटुका बिरामीका लागि उक्त मेसिन प्रभावकारी हुने गर्छ । रु…

विस्तृतमा...

काठमाडौँ- जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने ध्येयले आयोजित ‘आपतकालीन कार्यसञ्चालन केन्द्रहरुको सञ्जालको स्वास्थ्य आपतकालीन तथा विपद जोखिम तयारी तथा प्रतिकार्य सम्बन्धी समीक्षा कार्यक्रम’ पोखरामा सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रद्वारा आयोजित सो कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायको स्वास्थ्य विभाग, स्वास्थ्य केन्द्रका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख सहसचिव डा प्रकाश बुढाथोकीले जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा मनाङमा वार्षिक रूपमा…

विस्तृतमा...

काठमाडाैं- पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप लगाउने आज अन्तिम दिन हो । माघ २२ गते सुरु भएको अभियान आजसम्म चल्ने मन्त्रालयले जनाएको छ । अभियानमा शनिबारसम्म १३ लाख किशोरीले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा। विवेककुमार लालले बताएका छन् । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

विस्तृतमा...

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ । वेदकोट नगरपालिका–१० बस्ने १०८ वर्षीया तुलसादेवी देउवाको (आइटी फ्याक्चर) खुट्टाको शल्यक्रिया सफल भएको हो । अस्पतालका विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डा दुर्गेस चौधरी, डा सुवर्ण पौडेल, डा मुकेश गामीलगायतको टोलीले शल्यक्रिया गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यो दुलर्भ र जोखिमपूर्ण भए पनि अस्पततालका विशेषज्ञ चिकित्सकले सफल शल्यक्रिया गरेको बताए । वृद्धाका छोरा गोपालबहादुर देउवाका अनुसार गत माघ २५ गते खाटमा बस्ने क्रममा भुइँमा खसेर उनको खुट्टा भाँचिएको थियो । ‘उमेर भइसकेका आमाको अप्रेसन सफल भयो हामी धेरै खुसी भयौँ’, देउवाले भने,…

विस्तृतमा...

काठमाडाैं- नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल निर्वाचित भएका छन् । आइतबार सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । निर्वाचित कार्यसमिति उपाध्यक्षद्वयमा माधव अधिकारी र विनोद कार्की छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र थापा, गोपाल अधिकारी र दिपेश वस्याल निर्वाचित भएका छन् । यसैगरी संघको कार्यसमिति सदस्यमा रुद्र नारायण मल्ल, सुनिल कुमार बैद्य, निरज विक्रम राणा, चन्द्रसिह चौधरी लगायत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष शिवराज वास्कोटाले आइतबानै पदभार हस्तान्तर गरेका छन् । पदभार ग्रहण गर्दै संघका नव निर्वाचित अध्यक्ष नेपालले संघको…

विस्तृतमा...

काठमाडाैं- मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधाममा गैरकानुनी रूपमा सञ्चालित निजी अस्पतालहरूको अनुगमन गर्दै एउटा नयाँ विवाद सार्वजनिक गरेका छन् । हालै उनले अस्पताल र एम्बुलेन्स चालक बीचको कमिसनको सञ्जालको खुलासा गरेका छन् । मुख्यमन्त्री सिंहको नेतृत्वमा स्वास्थ्य मन्त्रालय र अन्य सरकारी निकायहरूको टोलीले अनुगमन गर्दा जनकपुरका प्रमुख अस्पतालहरू मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको थियो । यस क्रममा, एम्बुलेन्स चालकलाई बिरामी लाँदै गर्दा अस्पतालका सुरक्षागार्डले कमिसनको कुरा गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस भिडियोमा, मुख्यमन्त्री सिंहले एक एम्बुलेन्स चालकलाई कुरा गर्दै, “गोदावरी अस्पतालले राम्रो कमिसन दिन्छ कि दिँदैन ?” भनेर प्रश्न गरेका थिए । यसबारे…

विस्तृतमा...

धनगढी – कैलालीकाे धनगढीमा रहेकाे सेती प्रादेशिक अस्पतालमा सोमबार बिहान एक चिकित्सकमाथि आक्रमण भएको छ । बिहान करिब ४ बजे अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको हो । प्रहरीका अनुसार, धनगढी उपमहानगरपालिका–१३ निवासी रमतर रानाका २४ वर्षीय छोरा कृष्ण रानाले डाक्टर भट्टलाई कुटपिट गरेका हुन् । रमतर राना रक्तचापसम्बन्धी समस्याका कारण आइसीयूमा भर्ना भएका थिए, जसका कारण उनका छोरा अस्पतालमा कुरुवाका रूपमा बसेका थिए । घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराले आक्रमणकारी कृष्ण रानालाई नियन्त्रणमा लिइसकिएको बताए। प्रारम्भिक अनुसन्धानका अनुसार, आईसीयूमा चेकजाँच सकेर फर्किने क्रममा रानाले डाक्टरमाथि आक्रमण गरेका थिए । हमलाका कारण डाक्टर भट्टको…

विस्तृतमा...