रौतहट – रौतहटको गौर–१ स्थित गौर सेन्टर हस्पिटलमा डाक्टरको लापरबाहीले एक युवकको मृत्यु भएको आरोप लागेको छ । १८ वर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अप्रेसन) गर्ने क्रममा मृत्यु भएको दाबी गर्दै, मृतकका काका देवेन्द्र अधिकारीले घटना छानबिन गर्न माग गरेका छन् । देवेन्द्र अधिकारीका अनुसार, शनिबार पेट दुख्ने समस्याका कारण लालुलाई प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो । प्रारम्भिक परीक्षणपछि डाक्टर घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको जानकारी दिएका थिए र थप उपचारका लागि उनले अन्य डाक्टर पंकज साहसँग सम्पर्क गर्न सल्लाह दिएका थिए । डाक्टर पंकज साहको निर्देशनमा, लालुलाई आन्द्राको अप्रेसनका लागि गौर सेन्टर हस्पिटल ल्याइएको थियो । शल्यक्रिया पश्चात…
स्वास्थ्य डायरी
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका– ४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाइएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई दक्ष स्वास्थ्यकर्मीले प्रसूति गराउँदै आएका छन । बर्थिङ सेन्टर चौबिसै घण्टा खुल्ला रहने व्यवस्था गरिएको छ । सुत्केरी हुने र शिशुको स्वास्थ्यलाई ध्यानमा राखि सरसफाइमा विशेष ध्यान दिइने गरिएको स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले बताए । भर्खरै जन्मेका शिशुलाई चिसोबाट जोगाउनका लागि ‘बेबी वार्मर’ मेसिन राखिएको छ । सात लाखपर्ने मेसिन सुदूरपश्चिम सरकारले स्वास्थ्य चौकीलाई प्रदान गरेको हो ।शिशुलाई चिसो लाग्न नदिनका लागि मेसिनमा राख्ने गरिएको छ । “चिसोका कारण शिशुमा देखिने समस्या मेसिन राखेपछि हटेका छन्” स्वास्थ्य चौकी प्रमुख…
बेइजिङ – कोरोना भाइरसका घाउ अझै ठिक नभएकाे अवस्थामा चिनियाँ वैज्ञानिकहरूले चमेरोमा एक नयाँ कोरोना भाइरस एचकेयू–५ सीओवी–२ पत्ता लगाएको बताएका छन्, जसले मानिसलाई संक्रमित गर्न सक्छ। चिनियाँ वैज्ञानिकहरूको टोलीले चमेरोमा फेला परेको नयाँ कोरोना भाइरस मानिसमा सर्ने सम्भावना रहेको पत्ता लगाएका हुन् । यस अध्ययनको नेतृत्व वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका प्रमुख वैज्ञानिक शिझेंगलीले गरेका थिए । यसअघि पनि कोभिड–१९ को फैलावट डब्ल्यूआईभीबाट भएको दावी गरिएको थियो । एचकेयू–५ सीओवी–२ एक नयाँ कोरोना भाइरसको प्रकार हो, जसको पहिचान पहिलो पटक हङकङमा जापानी पिपिस्ट्रेल चमेरोहरूमा गरिएको थियो। हङकङको साउथ चाइना मर्निङ पोस्टका अनुसार, यो भाइरस ‘मेर्बेको भाइरस’ नामक उपप्रकारसँग सम्बन्धित छ,…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राविधिक सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको बिदाई गरिएको छ । दुवै जना विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर हिजाेदेखि अवकाश पाएका हुन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिवद्वय डा. पोखरेल र डा. सिंहलाई माला, मायाको चिनो र ढाकाटोपी लगाएर बिदाई गरे । बिदाइ कार्यक्रममा मन्त्री पौडेलले दुवै सचिवलाई सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गर्दै उनीहरुको अनुभव र दक्षताको सदैव खाँचो हुने बताए । उनले भने, ‘अनुभव, दक्षता र क्षमताका आधारमा दुवै जनाले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु भएको छ । औपचारिक पदबाट बिदा हुनुभएको छ तर अनुभव…
काठमाडौं- सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी नदिएको भन्दै विभिन्न अस्पतालहरूले सेवा स्थगित गरेको विषय प्रतिनिधिसभामा उठान गरिएको छ । आइतबार प्रतिनिधिसभाको शून्य समयमा नेपाली कांग्रेसका सांसद जीवन परियारले सरकारले बिमाको रकम नदिँदा सर्वसाधारण नागरिकले ठूलो समस्या भोग्नुपरेको बताए । “सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी रोक्दा विभिन्न अस्पतालहरूले सेवा दिन छोडेका छन्। यसले सर्वसाधारणलाई ठूलो मर्का परेको छ,” सांसद परियारले भने, “यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।” यसै सन्दर्भमा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालहरूले भुक्तानी नपाएको भन्दै स्वास्थ्य बिमा सेवा स्थगित गरेको आधिकारिक रूपमा सार्वजनिक गरिसकेका छन् ।
-डा शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरु पनि थिए, जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो । त्यसमा हङ्कङ फ्लुको नामले परिचित इन्फ्लुइञ्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो । सो बिरामीलाई केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरु देखिएको भनेका थिए । तर माथि उल्लेख गरे झैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रष्टै देखिन्थ्यो । यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई…
ढल्केबर – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको पछिल्लो अनुगमनले जनकपुरका निजी अस्पतालहरूको गम्भीर लापरवाही उजागर गरेको छ । शल्यक्रियाका लागि अनिवार्य एनेस्थेसिया विशेषज्ञको अनुपस्थितिमा नै जटिल अपरेशन हुने गरेको खुलासा भएको छ । मुख्यमन्त्री सिंहका अनुसार अनुगमनका क्रममा अस्पतालहरूमा दक्ष एनेस्थेसियोलोजिस्टको अभाव रहेको मात्र नभई सहायक स्वास्थ्यकर्मीहरूकै भरमा शल्यक्रिया गरिँदै आएको भेटिएको छ । उनले भने, “अस्पतालका शल्यक्रिया गर्ने डाक्टरहरूको नाम सूचीमा देखिए पनि उनीहरू शारीरिक रूपमा उपस्थित थिएनन्। बरु, सहायकलाई अपरेशनको जिम्मा दिइएको पाइयो ।” स्वास्थ्य मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालहरूले बिरामीको ज्यान जोखिममा पारिरहेको जनाउँदै मुख्यमन्त्री सिंहले कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनका अनुसार, मधेश प्रदेशका…
चङ्खेली- हुम्लाको चङ्खेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । ‘अध्यक्ष–उपाध्यक्ष भेटौँला, चङ्खेलीवासीका दुःख मेटौँला’ भन्ने नारा दिएर जिल्लाको मध्य क्षेत्रमा रहेको सो गाउँपालिकाले हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको स्वास्थ्य शाखा प्रमुख शुरवीर शाहीले बताए । आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममार्फत हरेक दुई महिनामा जिल्ला स्वास्थ्य सेवा कार्यालयको समन्वयमा विशेषज्ञ चिकित्सक ल्याइ हरेक गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति पारित भएसँगै हरेक दुई महिनामा नियमित रुपमा शिविर सञ्चालन हुँदै आएको छ । गाउँपालिकाको निःशर्त बजेटमार्फत रु छ लाख विनियोजन गरी एक वर्षमा छ वटा शिविर सञ्चालन गर्ने कार्यपालिकाको निर्णयसँगै…
बागलुङ- बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण निसीखोलाका केही दुर्गम गाउँमा अझै स्वास्थ्य जागरण पुग्न नसकेको हो । निसीखोलामा घरमै हुने सुत्केरीको सङ्ख्या पालिकाको तथ्याङ्कमा आउन नसक्दा झनै समस्या थपिएको छ । गत वर्ष निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएको तथ्याङ्क भए पनि घरमै हुने सुत्केरीको तथ्याङ्क सङ्कलनमा समस्या छ । अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै…
काठमाडौँ- ग्रामीण भेगका जेष्ठ नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित बीएम फाउण्डेशनले स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा ३८ जना जेष्ठ नागरिकको निशुल्क मोतिविन्दु शल्यक्रिया सम्पन्न गरेको छ । गत कात्तिकमा फाउण्डेशनले गाउँपालिकासँग सहकार्य गरी बृहत आँखा शिविर आयोजना गर्दा मोतिविन्दु देखिएका बिरामीहरूलाई शल्यक्रिया आवश्यक रहेको पत्ता लागेको थियो । त्यसै अनुरूप, शुक्रबार हिमालय आँखा अस्पतालका स्वास्थ्यकर्मीहरूको सहयोगमा स्थानीय कालीगण्डकी अस्पतालमा शल्यक्रिया गरिएको हो । बीएम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार, ‘शल्यक्रियापछि आज (शनिबार) बिरामीहरूको आँखाको पट्टी खोलिएको छ, र सबैको शल्यक्रिया सफल भएको छ ।’ यसअघि, ४ देखि १० कात्तिकसम्म सञ्चालन गरिएको सप्ताहव्यापी आँखा शिविरमा २ हजार ६२ जनाले…

