काठमाडाैं- जनवरी २०२४ मा जब अयोध्यामा राम मन्दिरको उद्घाटनको प्रतीक्षा गरिएको थियो, त्यतिबेला धेरै गर्भवती महिलाहरू आफ्ना बच्चाहरू जन्माउन अस्पतालको लाइनमा उभिएका थिए । उनीहरूको इच्छा थियो कि उनका बच्चाको जन्म अयोध्यामा राम मन्दिरको प्राण-प्रतिष्ठा मितिमा होस्। यसका लागि उनीहरूले चिकित्सकसँग पहिले नै अनुरोध गरेका थिए कि उनीहरूको बच्चा ‘शुभ मुहूर्त’ अर्थात् ‘शुभ साइत’ मा जन्मिन सकोस् ।
त्यसरी नै भारतमा ‘मुहूर्त डिलीवरी’ अर्थात् ‘शुभ साइत’ हेरेर बच्चा जन्माउने प्रवृत्ति बढिरहेकाे छ । हालका वर्षहरूमा धेरै परिवारहरूले आफ्नो बच्चाको जन्मको समय र मिति ज्योतिषको आधारमा तय गर्न थालेका छन् । यो त्यही प्रक्रिया हाे जसलाई ‘मुहूर्त डिलीवरी’ अर्थात् ‘शुभ साइत’ हेरेर बच्चा जन्माउनु भनिन्छ ।
मुहूर्त डिलीवरी नयाँ अवधारणा हाे या पुरानो परम्परा ?
मुहूर्त डिलीवरी भनेको बच्चाको जन्मको समयलाई एक विशेष दिन र घडीमा तय गर्नु हो, जुन प्रायः ज्योतिषीको सल्लाह अनुसार हुन्छ । चिकित्सकहरू, विशेष गरी सी-सेक्शनको बढ्दो चलनको कारण, यो प्रक्रिया स्वीकार गर्न थालेका छन् । बेंगलुरुकी डॉ. निर्मला चन्द्रशेखरका अनुसार, जब गर्भवती महिला सी-सेक्शनको लागि पहिले नै योजना बनाउँछिन्, उनीहरूलाई जन्मको ‘सही’ समयका बारेमा सोच्नु स्वाभाविक लाग्छ ।
सी-सेक्शन र मुहूर्त डिलीवरीबीच कुनै सम्बन्ध छ ?
आजभाेलि निजी अस्पतालहरूमा सी-सेक्शनको दरमा वृद्धि भइरहेको छ । भारतकाे राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणका अनुसार, २०१५-२०१६ मा १७.२ प्रतिशतबाट यो संख्या २०१९-२०२१ मा २१.५ प्रतिशत पुगेको छ । यसले गर्दा अधिक महिलाहरू सी-सेक्शनका लागि समयपूर्व योजना बनाउँछन्, जसका कारण मुहूर्त डिलीवरीको प्रवृत्ति पनि बढ्दै गइरहेको छ ।
हजारौं भारतीय पितामाताहरू उनीहरू बच्चाको जन्म एक शुभ मुहूर्तमा भयाे भने त्यसले बच्चाको भविष्यमा सकारात्मक प्रभाव पार्न सक्ने विश्वास गर्छन् । यद्यपि, डॉ. मञ्जुला अनागानी जस्ता चिकित्सकहरूले भाग्यको विचार गर्दा स्वास्थ्य र चिकित्सा पहलुलाई नदृष्टि गर्नु खतरनाक हुन सक्ने चेतावनी दिएका छन् ।
यदि परिवारले बच्चाको जन्मको समयलाई अत्यधिक नियन्त्रण गर्न चाहन्छ भने, यसले शारीरिक रूपमा नकारात्मक प्रभाव पार्न सक्छ । समयपूर्व सुत्केरीको दबाब वा सिजेरियन प्रक्रिया जब आवश्यक नभएको अवस्थामा गरिन्छ । यसले स्वास्थ्य जोखिम र संक्रमणको संभावना बढाउँछ।
मुहूर्त डिलीवरीको बढ्दो चलनले बच्चाको जन्मका बारेमा परम्परागत विश्वासलाई आधुनिक चिकित्सा प्राविधिहरूसँग समाहित गर्ने प्रयास गरेको देखिन्छ । यद्यपि, यसप्रति चिकित्सकीय चेतना र स्वास्थ्यका जोखिमहरूको बारेमा सचेत रहनु महत्त्वपूर्ण छ । कुनै पनि समय, स्वास्थ्य र हेरचाहको कुरा गर्न, परम्परालाई कम महत्त्व दिनु र तात्कालिक चिकित्सा आवश्यकताहरूलाई प्राथमिकता दिनु महत्त्वपूर्ण हुन्छ । -भारतीय सञ्चारमाध्यमकाे सहयाेगमा