काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गरेकी छिन् । बैठकको शून्य समयमा उनले नेपाल साल्ट्रट्रेडिङ करर्पोरेशनले नेपालभर नुन वितरण गर्ने गरेको र विश्वस्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन प्रयोग गरेको पाइएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अध्ययन गरी नियन्त्रण गर्न माग गरिन् ।
स्वास्थ्य डायरी
विराटनगर- कोशी प्रदेश सरकारले गम्भीर रोगबाट पीडित बिरामीहरूलाई प्रदान गर्दै आएको सहयोग रकम वितरण गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ करोड ६० लाख रुपैयाँ निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहायता रकम उपलब्ध गराउने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार यो पटकको सहयोग वितरणपछि आगामी वर्षदेखि फरक तरिकाबाट सहायता प्रदान गर्ने नीति अपनाइनेछ। त्यस्तै, मन्त्रिपरिषद् बैठकले फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारी गर्न प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको छ। यसैगरी, प्रदेशमा आएका सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा…
कैलाली- कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टर स्थापनाको काम अघि बढ्न सकेको छैन । ट्रमा सेन्टर पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुन नसक्दा चार वर्षदेखि सो काम अलपत्र परेको हो । सरकारले ट्रमा सेन्टर स्थापनाका लागि विगत चार वर्षदेखि विनियोजन गर्दै आएको बजेट फ्रिज भएर जाने गरेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ । सरकारले ट्रमा सेन्टर स्थापनाका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरे पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका सूचना अधिकारी तथा इञ्जिनियर पुष्पराज भट्टले बताए । उनका अनुसार…
बागलुङ – लायन्स क्लब इन्टरनेसनल फाउण्डेशनले बागलुङस्थित धौलागिरि आँखा अस्पताललाई रु ८० लाख ८० हजार नौ सय ३४ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । उक्त सहयोग परियोजनाको शुभारम्भसँगै बिहीबार क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले नेत्र ज्योति सङ्घ, बागलुङका अध्यक्ष विन्दुसागर राजभण्डारीलाई आँखा उपचारसम्बन्धी उपकरण हस्तान्तरण गरेका हुन् । निर्देशक बुर्लाकोटीले धौलागिरि क्षेत्रका बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङसहित गुल्मी र अर्घाखाँची जिल्लाका सर्वसाधारणलाई लक्षित गरी उक्त सहयोग परियोजना भित्र्याइएको बताए । “आँखाका बिरामीका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यी उपकरणहरु सहयोग गरिएको छ, यस क्षेत्रका बिरामीलाई उपचारका लागि पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता अब कम हुनेछ”, उनले भने । निर्देशक…
जनकपुरधाम – मधेश प्रदेशको रौतहट जिल्लाको गरुडा नगरपालिकामा सञ्चालित १० वटा निजी अस्पताल नियमविपरीत सञ्चालनमा रहेको खुलासा भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा भएको अनुगमनपछि यी अस्पतालहरू कानुनी मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको हो । मुख्यमन्त्री सिंहको सचिवालयका अनुसार अस्पतालहरूले अनिवार्य अनुमति नलिईकन वा अनुमति लिएका भए पनि वर्षौंदेखि नवीकरण नगरी स्वास्थ्य सेवा प्रदान गरिरहेका थिए । साथै, केही अस्पतालले तोकिएकोभन्दा बढी शय्या राखेर सञ्चालन गरिरहेको भेटिएको छ, जुन कानुनी रूपमा अवैध मानिन्छ । मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्न नपाइने भन्दै अनियमित रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई तत्काल सेवा बन्द गरी आवश्यक प्रक्रिया पूरा…
काठमाडौँ – १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने (एचपिभी) खोप लगाएका छन् । सरकारले माघ २२ गते एचपिभी खोप अभियान शुभारम्भ गरेको थियो । अभियानअन्तर्गत १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए । नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको बताए। लक्षित समूहका किशोरीहरुलाई निःशुल्क उपलब्ध गराइएको बताए । उनले आगामी वर्ष १० वर्षदेखि उमेरसमूहका कक्षा ६ मा पढ्नेहरुलाई हरेक वर्ष लगाइने बताए। कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त डा विकास देवकोटाले पदबहाली गरेका छन् । बुधबार बसेकाे मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । बिहिबार दिउसो उनले पदभार ग्रहण गरेका हुन् । २०५३ सालमा मेडिकल अधिकृतका रुपमा उनी स्वास्थ्य सेवामा प्रवेश गरेका थिए । डाक्टर विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेसकेका छन् । डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्मको अनुभव छ।
काठमाडौँ- पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयघात भएपछि आइतबार साँझ नर्भिक अस्पताल भर्ना भएका उनलाई बिहीबार बिहान डिस्चार्ज गरिएको हो । उनको एन्जियोग्राम गर्दा मुटुको धमनी बन्द भएको पाइएको थियो । त्यसलगत्तै पारसको कोरोनरी एन्जियोप्लाष्टी गरी स्टेन्ट प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनलाई एक सातापछि ‘फलोअप’मा बोलाइएको छ । उनलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनलाई सन् २००७, २०१३ र २०१९ मा पनि हृदयघात भएको थियो ।
चितवन- जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत हुन् । उनी एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस)एड्स सङ्क्रमित हुन् । गुरुङलाई कक्षा १२ पढिसकेपछि एचआइभी सङ्क्रमण देखिएको थियो । आफू छ–सात वर्षको उमेर हुँदा आमाको मृत्यु भएको बताउँदै उनले कक्षा १० मा पढ्दापढ्दै बुबाको भारतमा मृत्यु भएपछि काकाकाकीसँगै बस्दै आएको उल्लेख गरिन् । आफूलाई एचआइभी सङ्क्रमण भएपछि जीवन सक्किएको महसुस गरे पनि निरन्तर मेहनत र सङ्घर्ष गरेपछि अहिले शिक्षा सेवामा स्थायी हुन सफल भएको उनले बताइन् । गुरुङले भनिन्, “सानै उमेरमा बुबाआमा गुमाउन पुगेपछि समाजलाई केही गरेर देखाउनु छ भन्ने उद्देश्यले मेहनत गर्दा दोस्रो पटकमा…
वीरगञ्ज (पर्सा)- वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ । कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए । उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उनले बताए । “कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ”, उनले भने । कम्पनीमा हाल…

