स्वास्थ्य डायरी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयमार्फत उनीहरूको जिम्मेवारी परिवर्तन गरेका हुन् । नयाँ जिम्मेवारी अनुसार, स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. चन्द्रभाल झालाई नियुक्त गरिएको छ । यसअघि महाशाखाको नेतृत्व सम्हालिरहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखका रूपमा सरुवा गरिएको छ । डा. झा यसअघि नारायणी अस्पतालमा कार्यरत थिए भने त्यसअघि कोशी अस्पतालका निर्देशक थिए । त्यस्तै, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख डा. एन्जिला घिमिरेलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको छ । बाल रोग विशेषज्ञ…

विस्तृतमा...

काठमाडौं – वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा शर्मालाई दुई वर्षका लागि वीर अस्पतालको निर्देशक नियुक्त गरेका हुन् । न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार डा. शर्मासहित डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका डा. शर्मालाई अस्पताल निर्देशकको जिम्मेवारी दिएका हुन् । वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ समेत रहेका शर्माले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । डा शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल…

विस्तृतमा...

काठमाडौँ- सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा. वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयद्वारा जारी गरिएको जानकारी अनुसार सिफारिस समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा डा काफ्ले सदस्य थिए। कार्यदलले स्वास्थ्य बिमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो…

विस्तृतमा...

काठमाडौं – देशकै पुरानो वीर अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै दुई सिफ्टमा अपरेशन सेवा सञ्चालन गरेको छ । नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य शल्यक्रियाहरू अब बिहान र दिउँसो दुवै सिफ्टमा सञ्चालन हुने भएका छन् । अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमका अनुसार धेरै बिरामीलाई सहज सेवा प्रदान गर्नका लागि यो व्यवस्था गरिएको हो । यसअघि अस्पतालमा मात्र एक सिफ्टमा अपरेशन सेवा उपलब्ध थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । सोही अनुरूप वीर अस्पतालले कार्ययोजना बनाई सेवा विस्तार गरेको जनाएको छ । यसअघि ओपीडी र…

विस्तृतमा...

महिलाहरूमा रक्तअल्पता (एनिमिया) को समस्या निरन्तर बढ्दै गएको देखिन्छ । रेडक्लिफ ल्याब्सद्वारा गरिएको एक अध्ययन अनुसार एसियाली महिलाहरू रक्तअल्पताको गम्भीर जोखिममा छन् । अनुसन्धानले देखाएको छ कि प्रत्येक पाँचमध्ये तीन महिलामा रक्तअल्पताको सम्भावना उच्च छ । रक्तअल्पता के हो ?विश्व स्वास्थ्य संगठन का अनुसार, रक्तअल्पता एक गम्भीर स्वास्थ्य अवस्था हो, जुन प्रायः शरीरमा फलाम (आइरन) को कमीका कारण हुन्छ । यदि समयमा नियन्त्रण नगरिएमा, रक्तअल्पताले थकान, कमजोरी, सास फेर्न गाह्रो हुने जस्ता समस्या निम्त्याउन सक्छ। यो अवस्था हेमोग्लोबिनको कम स्तरका कारण देखा पर्छ, जुन रातो रक्त कोशिकाहरूमा अक्सिजन बोक्ने प्रोटिन हो । महिलाहरूमा रक्तअल्पताको जोखिम किन बढी हुन्छ ?रेडक्लिफ ल्याब्सको…

विस्तृतमा...

काठमाडौँ– काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर स्तरमा पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अनुसार आज काठमाडौँ विश्वका पाँचौँ सबैभन्दा प्रदूषित सहरमध्ये परेको छ । आजको एक्यूआई मापनअनुसार, भारतको राजधानी नयाँ दिल्ली २१९ एक्यूआई सहित विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा पहिलो स्थानमा रहेको छ । काठमाडौँको एक्यूआई १९१ रहेको छ, जसले वायु प्रदूषण गम्भीर अवस्थामा पुगेको देखाउँछ । विश्व स्वास्थ्य संगठन का मापदण्डअनुसार, स्वस्थ वायुको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ, भने ५० सम्मलाई सामान्य मानिन्छ । ५१ देखि १०० सम्मको एक्यूआई सावधानी अपनाउनु पर्ने (पहेंलो सङ्केत) मानिन्छ, जबकि १०१ देखि १५० सम्मको एक्यूआई श्वासप्रश्वास तथा मुटुरोगीका लागि हानिकारक मानिन्छ। १५१…

विस्तृतमा...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौं तह) डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। डा. क्षेत्री गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको हो। यसअघि, फागुन १० गते उनलाई ७ दिने स्पष्टीकरण माग गरिएको थियो, तर प्राप्त जवाफ असन्तोषजनक ठहरिएपछि पुनः १५ दिने समयसहित थप स्पष्टीकरण माग गरिएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै, यदि सेवाबाट हटाउनु नपर्ने कुनै ठोस कारण भए प्रमाणसहित पेश गर्न निर्देशन दिएको छ।

विस्तृतमा...

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रोजगारीको अवसर खुलेको छ । प्रतिष्ठानले करार सेवाका लागि १४३ जना स्टाफ नर्स माग गर्दै सूचना प्रकाशन गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरेकाले आवदेन दिन सकिने छ । पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्ने उमेर हद तोकिएको छ । परीक्षा दस्तुर एक हजार पाँच सय रूपैयाँ लाग्नेछ ।

विस्तृतमा...

काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अत्याधिक मात्रामा विषादी फेला परेको छ । धादिङबाट ल्याइएको काउलीमा ७१.४८४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । आइतबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १९ वटा तरकारी तथा फलफूल पसलको परीक्षण गर्दा काउलीमा विषादी भेटिएको हो । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

विस्तृतमा...

सुन्दरबजार (लमजुङ)- प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने विश्वास व्यक्त गरे । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङको अध्यक्षता उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार र स्वास्थ्यकर्मीको उपस्थिति थियो । यो सेवाबाट गम्भीर अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहज हुने अस्पताल प्रशासनले जनाएको छ ।

विस्तृतमा...