काठमाडौँ- सिमकोट गाउँपालिका–७ डाँडाफयाँका पशुवस्तुमा अज्ञात रोगको सङ्क्रमण देखिएको छ । केही दिनयतादेखि डाँडाफयाँ, थाया, जबुका गाउँलगायतका चौपायमा अज्ञात रोग देखिन थालेको स्थानीयले बताएका छन् । यहाँका जुमा र झोपाले घाँस नखाने, र्याल काढ्नेलगायत रोग देखिन थालेको स्थानीय डबल सिंहले बताउनुभयो । आफ्नालगायत अन्य जुमा, झोपा पुशमा यस्तो लक्षण देखिएको उहाँले बताउनुभयो । हालसम्म दुईवटा झोपा अज्ञात रोगले मरेका छन् । झोपाको मूल्य पछिल्लो समय रु ८० हजारसम्म पर्ने गरेको छ । खेत जोत्नका लागि पालिएका झोपा अज्ञात रोगले मरेपछि ठूलो नोक्सानी हुने यहाँका किसानले गुनासो पोखेका छन् । अज्ञात रोगले झोपा मर्न थालेपछि धनजनको क्षति हुनुका साथै खेत जोत्न…
स्वास्थ्य डायरी
काठमाडाैं- अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएकी पूर्व मुमा बडामहारानी रत्न राज्य लक्ष्मी शाहलाई हाइ केयरमा उपचार थालिएको छ । उपचारका क्रममा उनलाई निमोनिया देखिएपछि हाइ कियर युनिटमा सारिएको हो । ९७ वर्षिया शाहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार साँझ नर्भिक अस्पताल लगिएको थियो । शाहको उपचारमा अस्पतालका कार्डियोलोजिस्ट डाक्टर यादव भट्टसहितको टोली खटिएको छ । परीक्षणको क्रममा उनलाई निमोनिया भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उल्लेख गर्दै उनको निजी सचिव शम्भु अधिकारीले बताए। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ । रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन् । राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी महेन्द्र मञ्जिलमै बस्दै आएकी छन् ।
काठमाडौं- नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा ६ जिल्ला उच्च जोखिममा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्र यस वर्ष १३ हजार ८९८ जना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशमा डेंगुका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेशभित्र सबैभन्दा धेरै प्रभावित जिल्ला कास्की छ । प्रदेशमा ७ हजार १६१ संक्रमित फेला परेका छन् । त्यसैगरी तनहुँमा २ हजार २२६ जना संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार यसवर्ष २८ हजार २१२ संक्रमित भएका भएका छन् । देशभर भने डेंगुबाट…
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अस्वस्थ भएपछि उनले सबै भेटघाट बन्द गरेको स्रोतले बताएको छ । उनलाई हिजोबाट १०४ डिग्रीसम्मको ज्वरो आइरहेको बताइएको छ । अहिले ओलीका निजी चिकित्सक दिलीप शर्मा लगायतको टोलीले निगरानीमा राखेका छन् । डाक्टरहरुले प्रधानमन्त्री ओलीलाई डेंगु भएको आशंका गरेका छन् । डेंगु परीक्षणका लागि ओलीको रगत जाँच गर्न पठाइएको छ।
कैलाली- कैलालीको धनगढीमा मादक पदार्थ सेवन गरेका डाक्टरको कार दुर्घटनामा परेको छ । मादक पदार्थ सेवन गरेका एक डाक्टरले धनगढी मुख्य सडकको तारजाली र ट्रिगार्ड भाँचेका हुन् । कैलाली प्रहरीले सोमबार साँझ पौने ७ बजे धनगढी–३ बोराडाँडी घर भएका डाक्टर शम्भुप्रसाद भट्टले तारजाली र ट्रिगार्डका भाँचेका बताएको छ । मादक पदार्थ सेवन गरेर बिएबी ५८९९ नम्बरको कार चलाइरहेका डाक्टर भट्टले मुख्य सडकको मेडियनमा लगाइएको तारजाली र ट्रिगार्डमा क्षति पुगाएका हुन्। मादक पदार्थ सेवन गरी आफैँ कार चलाइरहेका भट्टले धनगढी मुख्य सडकको प्रहरी पेट्रोल पम्प अगाडि तारजालीमा क्षति पुगाएको कैलाली प्रहरीले जनाएको छ । डाक्टर भट्ट र उनले चलाएको कारलाई कैलाली…
चितवन- मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔं र खुलेर चर्चा गरौं’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पहिलो निलो रूख भरतपुर अस्पतालको परिसरभित्र स्थापना गरिएको छ । ‘हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ’, उनले भने, ‘कतिपय मानसिक स्वास्थ्यका बारेमा खुलेर जिज्ञासा राख्न नसक्ने भएकाले भविष्यमा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले समयमा नै सचेतना फैलाउनु जरुरी छ ।’ कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाऔं, बहस गरौं र चासो देखाऔं भन्ने सङ्केत…
काठमाडौं- पाकिस्तानको लाहोर शहर सबैभन्दा प्रदूषित हावा भएको सहर बनेको छ । आइतबार लाहोर शहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी निकायले प्राथमिक विद्यायललाई एक साताका लागि बन्द गर्न निर्देशन दिएको छ । लाहोरको वायू प्रदुषण अत्याधिक खराब भएपछि आजबाट त्यहाँका कार्यालयका करिब ५० प्रतिशत कर्मचारीलाई घर बाटै काम गर्न सरकारले निर्देशन जारी गरेको छ । पाकिस्तानले ‘ग्रिन लकडाउन’ योजनालाई लागु गरेको र त्यस अन्तर्गत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको बीबीसीले जनाएको छ । पाकिस्तानको हावामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म कणको स्तर खतरनाक तहमा पुगेपछि सरकारले यस्तो कदम चालेको हो । गुणस्तर खराब…
नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ बसन्तपुरमा एकै घरका ६ जनालाई झाडाबान्ता हुँदा एक जनाको मृत्यु भएको छ । गएराति ८ बजेतिर पुरी र तरकारी खाएका केशवराम अहिरका परिवार बिरामी परेका हुन्। झाडाबान्ताले ६५ वर्षीय केशवराम अहिरको मृत्यु भएको छ। हिरको अटोरिक्सामा राखेर स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशील थापाले जानकारी दिए। थापाका अनुसार ५५ वर्षीया चौरासिया यादव, २६ वर्षीय भुवन्तु यादव, ३५ वर्षीया जिना यादव, १४ वर्षीय जसमन यादव र ६ वर्षीय अमृत यादव बिरामी परेका छन् । बिरामी सबैलाई नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको छ । अहिले उनीहरुको भेरी अस्पतालको आपतकालीन कक्षमा…
ढाका – बंगलादेशमा डेंगुका कारण शनिबार एकै दिन १० जनाको मृत्यु भएको छ। यससँगै डेंगुबाट ज्यान गुमाउनेको सङ्ख्या ३१० पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । भाइरसबाट यो वर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । शनिबार बिहानसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमण भएको छ । डेंगुको बढ्दो सङ्ख्यासँग जुध्न बंगलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन् । सन् २०२२ मा २८१ र सन् २०१९ मा १७९ जनाको मृत्यु भएको थियो ।
काठमाडौं- पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्। ९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ। रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी त्यहाँस्थित महेन्द्र मञ्जिलमै बस्दै आएकी छन् ।

