

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गरेकी छिन् ।
बैठकको शून्य समयमा उनले नेपाल साल्ट्रट्रेडिङ करर्पोरेशनले नेपालभर नुन वितरण गर्ने गरेको र विश्वस्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन प्रयोग गरेको पाइएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अध्ययन गरी नियन्त्रण गर्न माग गरिन् ।