काठमाडौं- नेपाल रेडियोलोजिस्ट एशोसिएशनको सातौं राष्ट्रिय सम्मेलन फाल्गुन २३ र २४ गते बिराटनगर-इटहरीमा सम्पन्न भएको छ । पहिलो र दोस्रो दुवै दिन राष्ट्रिय तथा अंतर्राष्ट्रीय विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विदेश तथा नेपालका गरी ३० जना रेडियोलोजिस्टहरुले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेका थिए भने केही कार्यपत्र भर्चुअल माध्यमबाट पनि प्रस्तुत भएका थिए। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुइ सयभन्दा बढी रेडियोलोजिस्ट चिकित्सकहरुको उत्साहजनक सहभागिता रहेको एसोसिएसनका कोशी प्रदेशका अध्यक्ष तथा मूल आयोजक समितिका सभापति प्रा.डा. मनोज भट्टाराईले बताए । साथै एशोसिएशनको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । डा. तेजेन्द्र कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन…
स्वास्थ्य डायरी
तानसेन (पाल्पा)- जिल्लाका दुई स्थानीय सरकारले महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा र सीप सिकाउँदै आएका छन् । यहाँका रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाले महिलालाई स्वास्थ्य र कानुनी रुपमा ज्ञान प्रदान गर्नुका साथै आयआर्जनसँग जोड्न सीप सिकाउन थालेका हुन् । रामपुरले श्रमिक महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको छ । महिला दिवसका अवसरमा निर्माण क्षेत्रमा कार्यरत तथा अन्य पेसा र व्यवसायमा सक्रिय श्रमिक महिलालाई परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको हो । नगरपालिकाले अगामी दिनमा पनि परामर्श र शिक्षा दिँदै जाने बताएको छ । नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले अधिकांश महिलामा स्वास्थ्य सचेतना र कानुनी ज्ञान नहुँदा शारीरिक…
एजेन्सी- सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको छ । गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले फेब्रुअरी २० देखि मार्च ५ सम्म ९२ जनाको मृत्यु भएको जनाएको हो । एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका छन् । पानीबाट हुने रोग हैजाको लहर फेब्रुअरी १६ मा उम-दबाकिर पावर स्टेसनमा र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को प्रक्षेपणले लागेपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको थियो । सुडानको ह्वाइट नाइल राज्यमा आरएसएफले आक्रमण गर्दै आएको छ, जसमध्ये अल-गिटैना क्षेत्र वरपरका…
काठमाडौँ- मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पहिलो पटक मिनिमल इनभेजिभ कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआइसिएबिजी) प्रविधिबाट सफल मुटु शल्यक्रिया सम्पन्न भएको छ । महाराजगन्जस्थित मनमोहन सेन्टरका कार्डियोथोरासिक तथा भास्कुलर (सिटिभिएस) विभागीय प्रमुख एवं वरिष्ठ मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको हो । एमआइसिएबिजी प्रविधि मुटुको नसा अवरुद्ध (ब्लक) हुँदा सानो प्वाल पारेर गरिने आधुनिक उपचार विधि हो । परम्परागत रूपमा मुटुको ब्लक खोल्न छाती पूरै चिर्नुपर्ने भए पनि यस प्रविधिमा करङको बीचबाट सानो प्वाल पारेर शल्यक्रिया गरिन्छ । यसअघि १२ सेन्टिमिटरको प्वाल पारेर हड्डी काटेर शल्यक्रिया गरिन्थ्यो भने अहिले केवल पाँच सेन्टिमिटरको प्वाल पारेर नै…
सोलुखुम्बु – सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबाली अब पहिलाजस्तो उत्पादन हुन सकेका छैनन् । मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुक्खा मौसमका कारण खेतीपाती प्रभावित भएको स्थानीय कृषकहरू बताउँछन् । स्थानीय महिला पासाङ ल्हामु शेर्पा भन्छिन्, ‘पहिले यहाँ उवा, फापर प्रशस्त फल्थ्यो, अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपरेको छ । पानीको अभाव, माटोको उर्बराशक्ति घट्दै जानु र चरम मौसमी परिवर्तनका कारण बाली लगाउनै कठिन हुँदै गएको छ । खेती लगाउँदा पनि खासै पहिलाजस्तो उब्जाउ हुँदैन । त्यही भएर हामीले खेती लगाउनै छोड्यौँ ।’ सगरमाथा क्षेत्रका स्थानीय बासिन्दा जलवायु परिवर्तनको असरले प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्…
मकवानपुर- हेटौँडा उपमहानगरपालिकका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालयले प्रभावित वडामा किटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिवर नियन्त्रणमा आएको हो । “अफ्रिकन स्वाइन फिवरबाट धमाधम बङ्गुर मर्न थालेपछि हामीले सरसफाइसँगै नियन्त्रण अभियान चलायौँ, पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा ब्रजकिशोर ठाकुरले भने, “अहिले अब फिवर नियन्त्रणमा आइसकेको छ ।” गत मङ्सिरदेखि फैलिएको स्वाइन फिवरबाट हेटौँडा उपमहानगरपालिका–१, ११ र १७ मा किसानले पालेका दुई सयभन्दा बढी बङ्गुर मरेका थिए । यस्तै, पशु सेवा कार्यालयले तीन लाख भेडाबाख्रामा पिपीआर…
कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिकाको थामकोट सिंगो गाउँमा इन्फ्लुएन्जाका बिरामी भेटिएका छन । एकैदिन १५ देखि २५ जनाको संख्यामा बिरामी जिल्ला अस्पतालमा भर्ना भएपछि अस्पतालले थामकोट र अन्य बस्तीमा चिकित्सक सहितको टोली शुक्रवार थाम र कायाँगडा बस्तिमा चेकजाँच तथा उपचार शिविर संचालन गर्दा सिंगो गाउँ नै इन्फ्लुएन्जा संक्रमित भएको उपचारमा संलग्न डा. दर्शनप्रसाद पाण्डेले जानकारी दिएका छन् । धमाधम बिरामी अस्पताल भर्ना भरीभराउ हुन थालेपछि थामाकोट गाउँमा चेकजाँच तथा उपचार गर्न बस्तिमै छिरेको डा. पाण्डेले बताए । उनका अनुसार स्वास्थ्य सेवा कार्यालय र खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा चिकित्सक सहितको टोलीले शुक्रवार एकैदिन सयभन्दा बढी बिरामी फेला परेका छन्…
चितवन – यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र बिरामीका आफन्तहरुले उपचार सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । ११५ औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा यहाँका विभिन्न सामाजिक सङ्घसंस्थाले आयोजना गरेको क्यान्सर प्रभावित बिरामीहरुलाई फलफूल वितरण तथा अन्तरक्रिया कार्यक्रममा बिरामी र उनीहरुका आफन्तले अस्पतालमा उपचार झन्झटिलो भएको गुनासो गरेका हुन् । आदर्श नारी विकास केन्द्रको अगुवाइमा आयोजना गरिएको कार्यक्रममा कञ्चनपुरबाट बिरामी माइजूलाई उपचारका लागि ल्याएकी मनमती भट्टले क्यान्सरको उपचार महँगो भएको र उपचार पनि सहज रुपमा पाउन नसकिएको गुनासो गरिन् । उनले भनिन्, ‘हामीलाई अस्पतालले दिने सुविधाका बारेमा जानकारी छैन । उपचार सहज हुनुपर्यो ।’…
काठमाडौँ- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताएका छन् । शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बेथिति अन्त्यका लागि विगतका संघीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरुले पनि कुनै काम नगरेको आरोप लगाए । उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दाबी गरे। मधेसका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको उनको भनाइ छ । उनले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न…
काठमाडाैं- नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमाले हेमोफिलिया रोगको औषधि सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले हेमोफिलिया रोगको औषधि नि शुल्क भनेको पनि स्मरण गराइन् । ‘मानवअधिकार र नेपालको संविधानले नै सुनिस्चित गरेको नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गरी हेमोफिलियाको रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी आफ्नो नागरिकको जीवन बचाइदिन सभामुखमार्फत जोडदार माग गर्दछु,’ उनले भनिन् । कानुनमा समेत स्पष्ट व्यवस्था हुँदासमेत त्यसको कार्यान्वयन हुन नसक्दा जनताले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताइन् । हेमोफिलियाबाट पछिल्लो २ महिनामा २ जना बिरामीको मृत्यु भएको उनले बताइन् । नेपालमा ४ हजार ९…

