काठमाडौं- दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो तिहार । तिहारमा सेलरोटी विभिन्न प्रकारका रोटी र मिठाइका लागि प्रचलित छ । यो पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै टीका लगाउनुका साथै विभिन्न परिकार खुवाउने प्रचलन् छ । तिहारमा दाजुभाइलाई बजारमा पाइने रङ्गीबिरङ्गी मिठाइ खुवाउनुका साटो घरमा पकाएर रोटी र भाइमसला दिन चिकित्सकको सुझाव छ ।भाइमसलामा दिइने काजु, किसमिस, बदाम, ओखर जस्ता ड्राई फ्रूट लामो समयसम्म राखेर थोरै थोरै गरेर पनि खान सकिन्छ । आयुर्वेदविज्ञ वरिष्ठ कल्सटेन्ट डा.सवरी साह भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसलाका रुपमा ओखर, काजु, किसमिस, बदाम, चकलेट, सुपारी, नरिवल, मखन, काजु लगायतका ड्राई फ्रूट…
स्वास्थ्य डायरी
पोखरा – कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रुपमा स्तरवृद्धि गरिने भएको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा ती अस्पतालमा अन्तरङ्गा सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए । “रु एक करोड २५ लाखको बजेट सुनिश्चित भइसकेको छ, सेवा विस्तारको काम तत्काल सुरु हुन्छ”, उनले भने, “आगामी आवको बजेटमा पनि आयुर्वेद अस्पतालका लागि प्राथमिकतासाथ बजेट विनियोजन गर्छौँ ।” मन्त्री पाठकका अनुसार गण्डकी प्रदेशमा सञ्चालित आयुर्वेद अस्पतालमा पहिलोपटक अन्तरङ्ग सेवा सुरु गर्न लागिएको हो । प्रदेश सरकारले होमियोपेथिक, आयुर्वेद र प्राकृतिक…
मास्टुङ, पाकिस्तान- पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीको सुरक्षाका लागि भ्यानमा यात्रा गरिरहेका अधिकारीहरूलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । शहरका वरिष्ठ अधिकारी अब्दुल फतहले एएफपीसँग कुरा गर्दै भने, “एक प्रहरी अधिकारी, पाँच बालबालिका र एक पसले गरी सात जनाको मृत्यु भएको छ ।” विस्फोटको जिम्मेवारी तत्काल कुनै पनि समूहले लिएको छैन । पाकिस्तान र छिमेकी अफगानिस्तानमा अहिले पनि पोलियोको प्रकोप कायमै रहेको छ र खोप टोलीलाई सुरक्षा बलविरुद्ध लड्दै…
काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ६० रहेको जनाएको छ । एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौंमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौं विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत रहेको छ । चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ । एयर क्वालिटी इन्डेक्स’का अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१…
काठमाडौँ – वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताए । ‘दीपावालीमा धेरैजसो बालबालिका पटका पट्काउन संलग्न हुने गर्छन्, पटकाका नजिक उनीहरु बस्छन् । यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ,’ उनले भने, ‘पटका पट्काउँदा आउने ठूलो आवाजले जनावरहरूमा तनाव पैदा गर्नाका…
पर्वत- चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ । नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो । जिल्ला अस्पतालले कुश्मा नगरपालिका–५ गोपाङघाटबाट लिफ्टिङ प्रविधिमार्फत खानेपानीको व्यवस्था गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए । कालीगण्डकी नदीको किनारमा रहेको मुहानदेखि लिफ्टिङ गरिएको पानी अस्पताल हाताभित्र निर्माण गरिएको एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरिएको छ । अस्पतालमा खानेपानी अभाव हुन नदिन प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पतालले रकम लगानी गरेका थिए। यसअघि अस्पतालले ट्याङकरबाट पानी आपूर्ति गर्दा वार्षिक रु छ लाख व्यहोर्दै आएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त…
काठमाडौं- प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन् । जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपांगतासहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । निर्णयसँगै विशिष्टकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पतालसहितका प्रसूति र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण हुनेछ । यसैगरी सुन्ने क्षमता…
कैलाली- कैलालीको धनगढीमा पुनर्स्थापनासहितको अस्पताल सञ्चालनको सम्झौता भएको छ । धनगढी उपमहानगरपालिका र अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, काभ्रेपलान्चोकबिच बुधवार सम्झौता भएको हो । धनगढी उपमहानगरपालिका–७ देवहरियाको शिव माध्यामिक विद्यालयको परिसरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र र वर्थिङ सेन्टरको भवनहरुमा पुनर्स्थापनासहितको अस्पताल सञ्चालनको सम्झौता गरिएको छ । अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, काभ्रेपलान्चोकले धनगढीमा शाखाका रुपमा अस्पतालसहितको पुनर्स्थापना केन्द्र सञ्चालन गर्न सम्झौता गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका अनुसार एक सय शय्या क्षमताको अस्पताल केन्द्रको छ । १८ वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाको शल्यक्रिया लगायतका सेवा केन्द्रले दिने भएको हो । धनगढीमा फिजियोथेरापीसहितका सामान्य उपचार सेवा दिने…
कैलाली – कैलालीको सेती प्रादेशिक अस्पतालमा उडुस र फोहोरबाट आजित भएका बिरामी कुरुवा आफैंले सरसफाइ गरेका छन् । सघन उपचार कक्षको कुरुवा घरमा बस्दैका कुरुवाहरुले उक्त कक्षको सरसफाइ गरेका हुन् । रातिको समयमा फोहरका कारण शरीर चिलाउने र उडुस किराले हैरान पार्न थालेपछि आफैं सरसफाइ गरेको डडेल्धुराको परशुराम नगरपालिका–१० पौछ्याडीका गौरीलाल बोहराले बताए । छोराको कुरुवा बस्न आएका उनले अस्पताल प्रशासन र विकास समितिले बेवास्ता गरेपछि बिरामीका कुरुवा आफैले सरसफाइ गरेको बताए । अस्पतालको पुरानो भवनमा उडुस लगायतका रोग किराका कारण बिरामी र कुरुवा हैरान भएका छन् । अस्पतालमा सरसफाइ कर्मचारी भएपनि प्रशासनको बेवास्ताका कारण आइसियूमा उपचाररत बिरामीका कुरुवाहरू हैरान भएका…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हिजाे मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल संकलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत् महसुल छुटको व्यवस्थाअनुसार उनले उक्त निर्णय गरेका हुन् । आजै मन्त्रालयले सबै सरकारी अस्पतालमा समयमै महसुल भुक्तान गरेर छुट सुविधा लिन मातहतका संस्थामा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनले समयमै महसुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर…

