

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त डा विकास देवकोटाले पदबहाली गरेका छन् । बुधबार बसेकाे मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
बिहिबार दिउसो उनले पदभार ग्रहण गरेका हुन् । २०५३ सालमा मेडिकल अधिकृतका रुपमा उनी स्वास्थ्य सेवामा प्रवेश गरेका थिए ।
डाक्टर विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेसकेका छन् ।
डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्मको अनुभव छ।