

काठमाडौं – आर्या फार्माल्यावले बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ८२ लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराएको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा सहजता होस् भन्ने उद्देश्यले आर्या फार्माल्यावले उक्त औषधि सहयोग गरेको हो। बाढी तथा विपद्का कारण स्वास्थ्य सेवा प्रभावित भएका क्षेत्रमा आवश्यक औषधि उपलब्ध गराउँदा उपचारमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।
आर्या फार्माल्यावले यसअघि पनि देशमा संकट उत्पन्न भएका बेला सहयोग गर्दै आएको उल्लेख गर्दै अहिलेको विपद्मा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
देशलाई कठिन परिस्थिति पर्दा नेपाली औषधि उद्योगहरूले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै सहयोग गर्दै आएको देखिन्छ। कोभिड–१९ महामारीका बेला समेत औषधि उद्योगहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गरेका थिए। अहिलेको विपद्मा पनि प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सेवामा सहयोग पुर्याउन नेपाली औषधि उद्योगहरू अघि सर्नु सकारात्मक पक्षका रूपमा लिइएको छ।
बाढी तथा विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र औषधिको आवश्यकता उच्च रहेकाले आर्या फार्माल्यावको यो सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकलाई उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



