

काठमाडौं- ओम मेगाश्री फर्मास्युटिकल्सले रसुवाका बाढी प्रभावित क्षेत्रमा २० लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराउने भएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा औषधिको अभाव हुन नदिन विभिन्न संघसंस्थासँगको सहकार्यमा औषधि उपलब्ध गराउने निर्णय गरिएको फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए।
फर्मास्युटिकल्सले पहिलो चरणअन्तर्गत बिहीबार नुवाकोटमा मात्रै ७ लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराइसकेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नुवाकोटमा औषधि पुर्याइएको अध्यक्ष श्रेष्ठले बताए।
उनका अनुसार बाँकी औषधि प्रभावित क्षेत्रमा आवश्यकता पहिचान गरी क्रमशः उपलब्ध गराइनेछ। विपद्का बेला अत्यावश्यक पर्ने विभिन्न प्रकारका औषधि उपलब्ध गराउने तयारी गरिएको उनले बताए।



