काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि पेशागत विज्ञता क्षेत्रतर्फको खुला समूहमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले अग्रता कायम गरेका छन्।
बुधबार बिहानसम्म प्राप्त मतगणना विवरणअनुसार डा. केसीले १ हजार २६३ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।
उनलाई प्राध्यापक डा. जगदीशचन्द्र पोखरेलले १ हजार १३१ मतसहित पछ्याइरहेका छन्। त्यस्तै, डा. प्रदीप मिश्रले ७०२ मत, अधिवक्ता सीताराम केसीले ६५१ मत र डा. नकुल केसीले ५८० मत प्राप्त गरेका छन्।
पेशागत विज्ञता क्षेत्रतर्फको खुला समूहबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
Last Modified Date: २०८३ आश्विन २८, बुधबार








