काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ’, महाराजगञ्जमा आज बिहान करिब ४ बजे वरिष्ठ शल्यचिकित्सक डा। प्रशान्त वीर सिंह कंसाकार नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो।
चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर र सामान्य छ। शल्यक्रियाका क्रममा प्रधानमन्त्री शाह स्वयं अस्पतालमा उपस्थित थिए।
Last Modified Date: २०८३ आश्विन २९, बिहीबार








