पोखरा – पोखरा महानगरपालिकाबाट हटाइएका करार स्वास्थ्यकर्मीहरूले आफ्नो पुनर्बहालीको माग गर्दै स्वास्थ्य महाशाखामा तालाबन्दी गरेका छन् । ‘करार स्वास्थ्यकर्मी संघर्ष समिति’को नेतृत्वमा गरिएको यस आन्दोलनमा उनीहरूले अदालतको अन्तरिम आदेश कार्यान्वयनदेखि लिएर करारको प्रतिस्थापनमा नयाँ नियुक्ति नगर्नेसम्मका ९ बुँदे माग अघि सारेका छन् । संघर्ष समितिका सदस्य विशाल पौडेलका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएपछि बाध्य भएर तालाबन्दीको बाटो रोजिएको हो । “यदि करार कर्मचारी हटाउने निर्णय हो भने त्यो सबैका लागि बराबरी हुनुपर्छ। पक्षपात गरेर स्वास्थ्यतर्फ ६१ जनालाई हटाएर प्रशासनका केहीलाई मात्रै राख्नु अन्याय हो,” पौडेलको भनाइ छ । महानगरपालिकाले मंसिर २८ गतेको विशेष नगरसभाबाट पुस मसान्तपछि करार…
स्वास्थ्य डायरी
काठमाडाैं- मातृ तथा नवजात शिशुको उपचार र स्याहारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार उक्त ल्याबको औपचारिक उद्घाटन गरे। सिमुलेशन ल्याबमा नर्सिङ, अनमी, मिडवाइफ र चिकित्सकहरूले व्यवहारिक अभ्यास गर्न सक्ने सुविधा रहेको छ। बिरामीलाई प्रत्यक्ष असर नपर्ने गरी दक्षता अभिवृद्धि गर्ने यो ल्याब अमेरिकी दातृ संस्था युएसएडको सहयोगमा वन हार्ट वल्र्डवाइड मार्फत निर्माण गरिएको हो। अस्पतालका निर्देशक डा. श्री अधिकारीका अनुसार, नयाँ ल्याबले देशभरका मातृशिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न महत्वपूर्ण टेवा पुर्याउनेछ। उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले ल्याबको स्थापना…
कास्की- कास्कीको रुपा गाउँपालिकाले पालिकाका सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । रुपामा कुल तीन हजार ५०० घरपरिार रहेकामा हालसम्म ५०० परिवारको बिमा गरिसकिएको र बाँकीलाई समेत सहभागी गराइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारको बिमा गर्दा लाग्ने तीन हजार ५०० को ५० प्रतिशत गाउँपालिकाले व्यर्होने छ । बिमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको ओझाले बताए । उनले भने, “स्वास्थ्योपचार सेवा नागरिकको मौलिक अधिकार हो । स्वास्थ्य बिमामार्फत नागरिकको स्वास्थ्योपचार सेवामा पहुँच वृद्धि गर्नेगरी माौलिक हकको कार्यान्वयनको काम गरेका छौँ ।” त्यसैगरी, गाउँपालिकाले…
काठमाडौं- ‘काइफोप्लाष्टि’ भन्नेबित्तिकै धेरैलाई अनौठो लाग्न सक्छ, तर यो प्रविधिले विशेषगरी वृद्धवृद्धाहरूलाई थलिनबाट बचाउँदै आएको छ । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स) का वरिष्ठ अर्थोपेडिक्स तथा स्पाइन सर्जन डा. प्रशान्त अधिकारीले अमेरिकाको शिकागोबाट तालिम लिएर फर्किएपछि यो शल्यक्रिया नेपालमा सुरु गरेका हुन् । उनका अनुसार काइफोप्लाष्टि भन्नाले मेरुदण्डमा रहेका कुरकुरे हड्डी (भर्टिब्रा) भाच्चिएपछि हुने समस्या समाधान गर्ने प्रविधि हो । उमेरसँगै हड्डीहरू पातलो हुँदै जान्छन् र सामान्य चोटपटक–जस्तै मोटरसाइकलबाट ओर्लिंदा, मसाज गर्दा वा सामान्य हाच्यु गर्दा पनि हड्डी भाचिन सक्छ । यसलाई ‘अष्टियोपोरेटिक फ्याक्चर’ भनिन्छ । ‘यस्तो अवस्थामा रोगीलाई उठ्न, बस्न, हिँड्नै मुस्किल हुन्छ । धेरै समय सुतिरहनुपर्ने…
ललितपुर- ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । हस्पिटलका अध्यक्ष डा. सुदिप श्रेष्ठको अध्यक्षतामा बसेको उक्त साधारण सभाले आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गर्दै आगामी आर्थिक वर्ष ०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। साथै, सभाले आर्थिक वर्ष ०८०/८१ को नाफाबाट शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने महत्वपूर्ण निर्णय पनि गरेको छ । उक्त साधारण सभाले कम्पनीको वित्तीय पारदर्शिता र आगामी योजनाका विषयमा समेत छलफल गरेको थियो । स्वास्थ्य सेवाको गुणस्तरमा अझ सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै…
काठमाडौं- हालै नयाँ दिल्लीमा सम्पन्न ४०औं एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी तथा ८३औं अल इन्डिया अफ्थाल्मोलोजिकल सोसाइटीको वार्षिक सम्मेलनमा नेपाली नेत्र विशेषज्ञहरू डा. चन्दन बनर्जी र डा. सल्मा केसीले प्रतिष्ठित सम्मानहरू प्राप्त गरेका छन् । नेपाल अफ्थाल्मिक सोसाइटीको सिफारिसमा डा. बनर्जीलाई एपिएपिओ विशिष्ट सेवा सम्मान र डा. केसीलाई एपिएपिओ अन्धोपन रोकथाममा विशिष्ट सेवा सम्मान प्रदान गरिएको हो । एपिएपिओ विशिष्ट सेवा सम्मान हरेक वर्ष आफ्ना देश तथा एशिया–प्यासिफिक क्षेत्रको नेत्र उपचार सेवामा विशिष्ट योगदान पुर्याउने नेत्र विशेषज्ञहरूलाई प्रदान गरिन्छ । यसअघि यो सम्मान डा. सन्दुक रुइत, डा. रीता गुरुङ, डा. अनु मानन्धर, डा. मीनु चौधरी, डा. लीलाराज पुरी, डा. सगुन नारायण…
झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उनले शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिन सक्ने बताए । उनले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए । मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गरे । दुई बिघामा १२ करोड ५९ लाख ७९ हजार ४९६ रुपैयाँको लागतमा…
चितवन- भरतपुर अस्पतालले प्रयोगशालामा गरिने केही विशेष प्रकारका जाँचहरूमा स्वास्थ्य विमा सुविधा नलाग्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत भरतपुर अस्पतालले सार्वजनिक सूचना जारी गर्दै २४ प्रकारका जाँचहरू अबदेखि विमा सुविधाबाट बाहिर रहने जानकारी दिएको हो । सूचनामा उल्लेख गरिएअनुसार Folic Acid, Vitamin D, Vitamin B12, PSA, CA 125, Testosterone, ANA, Hepatitis E, Anti-CCP, Leptospira RDT, Anti-TPO, CEA लगायतका परीक्षणहरू अबदेखि विमा अन्तर्गत नपर्ने र बिरामीले शुल्क तिरेर मात्र सेवाको उपयोग गर्नुपर्नेछ । यी परीक्षणहरूका लागि अस्पतालले निश्चित शुल्क पनि तोकेको छ । जस्तै Vitamin D परीक्षणका लागि १६५० रुपैयाँ, Vitamin B12 का लागि १०९० रुपैयाँ, Procalcitonin का लागि…
काठमाडौं – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ११औँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन शनिवार सम्पन्न भएको छ । तीनदिने सम्मेलनको समापन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका थिए । शिखर सम्मेलनले काठमाडौं घोषणापत्र जारी गरेकाे थियाे । मन्त्री पौडेलले अनुसन्धानबाट निस्किएका निष्कर्षलाई नीतिमा रूपान्तरण गर्न सरकार गम्भीर रहेको बताए । “स्वास्थ्य क्षेत्रको जटिलता मन्त्री बनेपछि मात्र बुझेँ,” उनले कार्यक्रममा भने, “अब यस क्षेत्रको सुधारका लागि अनुसन्धानको प्रयोग प्राथमिकता हुनेछ ।” उनले अहिलेको कानुनी संरचना पुरानो भएकाले आवश्यक सुधारको खाँचो रहेको उल्लेख गर्दै, २०४८ सालदेखि स्वास्थ्य क्षेत्रको कानून परिवर्तन नभएकोले जनशक्ति व्यवस्थापनमा समस्या आइरहेको बताए । सम्मेलनमा जलवायु…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कलङ्कीमा सञ्चालित नेपाल नेसनल हस्पिटललाई एक लाख जरिवाना तिराएको छ । अस्पतालले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि रु एक लाख जरिवाना तिर्नुपरेको हो । सुधारको मौका दिँदा अस्पतालजन्य फोहर व्यवस्थापनमा लापरबाही गरेको थियो । यसपटक अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि आज अनुगमन गरिएको थियो । कामपाले जरिवानाको पत्र पठाएपछि अस्पतालले कामपाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको कामपाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिइन् । ‘एक वा दुईपटक होइन । पटकपटक गएर सुधारको मौका दियौँ । जति भने पनि हस्पिटलले सुधार गरेन’, उनले भनिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत…

