स्वास्थ्य डायरी

काठमाडौं– प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा शास्त्र संकायका डीन डा मोहन शर्मा, काठमाडौँ विश्वविद्यालय, चिकित्सा शास्त्र संकायका डीन डा मनोज हुमागाई, विज्ञहरू डा भगवान् कोइराला, डा रमेशकान्त अधिकारी, डा…

विस्तृतमा...

काठमाडौं – चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीले सरकार र सरोकारवाला निकायहरूलाई पुराना सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न माग गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै उनले मागहरू पूरा नभए फेरि सत्याग्रहसहितको आन्दोलन सुरु गर्न बाध्य हुने बताएका छन्। विज्ञप्तिमा डा. केसीले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सरकार, अदालत, राजनीतिक दल र माफियाहरूको स्वार्थपूर्ण हस्तक्षेपका कारण गम्भीर समस्या उत्पन्न भएको उल्लेख गरेका छन् । उनले प्रम ओली नेतृत्वको सरकारलगायत विगतका सरकारले इलाम, उदयपुर, डडेल्धुरा र गेटामा मेडिकल कलेज स्थापना गर्ने, जनशक्ति दरबन्दी बढाउने, उच्च शिक्षा ऐन ल्याउने लगायतका विषयमा पटकपटक सम्झौता गरे पनि नियतवश कार्यान्वयन नगरेको…

विस्तृतमा...

काठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ । अस्पतालबाट फोहर व्यवस्थापनको अनुगमनका क्रममा हानिकारक फोहरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत बेवास्ता गरेपछि महानगरको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ । यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द…

विस्तृतमा...

बागलुङ- बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पतला अधुरै रहेको छ। गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो। निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शैय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो। आठ करोड २४ लाख रुपैयाँमा निर्माण सुरु भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो। तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए। पालिकाले बजेट विनियोजन गरे दुई महिनामै काम सम्पन्न गर्ने सक्ने उनको भनाइ छ। विसं २०८० भदौमा बुझाएको एक करोड १० लाखको बिलको भुक्तानी…

विस्तृतमा...

काठमाडाैं- भारतको हरियाणा राज्यअन्तर्गत गुरुग्रामस्थित मेदान्ता अस्पतालमा ४६ वर्षीया एक एअर होस्टेसमाथि भेन्टिलेटरमा रहँदाको समयमा यौन दुर्व्यवहार गरिएको घटनाले सार्वजनिक रूप लिएको छ । पीडित महिलाको उजुरीका आधारमा गुरुग्राम प्रहरीले घटनाको अनुसन्धान थालेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला कम्पनीको तर्फबाट तालिमका लागि गुरुग्राम आएकी थिइन् र एक होटलमा बसोबास गरिरहेकी थिइन् । सो क्रममा बिरामी परेपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो । पीडितले प्रहरीलाई दिएको बयानअनुसार, अप्रिल ६ मा उपचारका क्रममा उनी भेन्टिलेटरमा रहँदा अस्पतालका एक कर्मचारीले यौन दुर्व्यवहार गरेका थिए । त्यो बेला उनी न त बोल्न सक्ने अवस्थामा थिइन्, न त प्रतिकार गर्न सक्ने ।…

विस्तृतमा...

काठमाडाैं- रुघाखोकीबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । सरकारी अस्पताल, मेडिकल कलेज र निजी अस्पताल एवम् क्लिनिकमा समेत बिरामीको चाप छ । रुघाखोकी लागेमा हप्ता दिनमा निको हुने गरेकामा पछिल्लो समय दुई हप्ताभन्दा धेरै समय लाग्ने गरेको छ । चितवनको भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा. प्रकाश खतिवडाका अनुसार हरेक तीन वर्षमा इन्फ्लुएञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने हुन्छ । इन्फ्लुएञ्जालाई बोलिचालीको भाषामा फ्लू भनिन्छ । प्रायः यसबाट देखा पर्ने लक्षणहरू नाकबाट पातलो सिँगान बग्ने, टाउको, घाँटी र मांसपेसी दुख्ने, ज्वरो आउने, खोकी लाग्ने हुन्छन् । डा. खतिवडाले अहिले रुघाखोकी लागेका बिरामीलाई निको हुन दुई…

विस्तृतमा...

काठमाडाैं- छाला केवल सौन्दर्यको विषय मात्र होइन, स्वास्थ्यको पनि आधार हो । यसैलाई मध्यनजर गर्दै बीएण्डबी अस्पतालले छालासम्बन्धी उपचारमा विशिष्टता हासिल गर्दै आएको छ । हाडजोर्नी र मुत्रथैलीको उपचारमा ख्याती कमाएको बीएण्डबी अस्पतालले पछिल्लो समयमा छाला तथा सौन्दर्यको उपचारमा पनि पहिचान निर्माण गरिरहेको छ । अस्पतालमा कार्यरत डाक्टर पारस श्रेष्ठ एक अनुभवी छाला तथा यौन रोग विशेषज्ञ हुन् । उनले विशेषगरी युवायुवतीबीच छालाको महत्वबारे जागरूकता फैलाउने प्रयास गरिरहेका छन् । “ध्यान दिनुपर्ने पहिलो कुरा नै छाला हो,” डा. श्रेष्ठ भन्छन् । उनका अनुसार दागरहित र रोगरहित छाला हुनु सबैभन्दा महत्वपूर्ण हो । त्यसका लागि दैनिक छालाको हेरचाह अपरिहार्य छ ।…

विस्तृतमा...

काठमाडौं – देशका १२ संघीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा थप तथा विस्तारका लागि भनेअनुसार मन्त्रालयले गत चैत्र पहिलो साता संघीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गरेको थियो। स्वास्थ्य सचिव डा. विकास देवकोटाले संघीय अस्पतालमा तालिकाअनुसार काम सम्पन्न गर्न निर्देशन दिएका थिए। चैत्र महिनाभित्र प्राप्त विवरणअनुसार अधिकांशले तोकिएको समयभित्र सेवा विस्तार गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाडौं महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिरहेको छ। यसैगरी अस्पतालअन्र्तगतको ट्रमा सेन्टरले सीटीस्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको…

विस्तृतमा...

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताएका छन् । पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज आयोजित छलफलमा उनले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यसअघि चिकित्सालयलाई सङ्घीय सरकारबाट रु १३ करोड बजेट विनियोजन भएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश सरकारले पनि प्राकृतिक उपचारसम्बन्धी स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ । स्थानीय तहमा चिकित्सालयले प्रमुख स्वास्थ्य संस्थाका रूपमा परिचय बनाएकामा उनले खुसी व्यक्त गरे। छलफलअघि अध्यक्ष…

विस्तृतमा...

काठमाडौं- चिकित्सा शिक्षा क्षेत्रको सुधार र चिकित्सकहरूको अधिकार सुनिश्चित गर्न नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको १८औँ बैठक तुरुन्त बोलाउन माग गरेको छ । सोमबार जारी विज्ञप्तिमार्फत संघले सरकारले ७२ घण्टाभित्र माग सम्बोधन नगरे सम्पूर्ण चिकित्सकलाई चरणबद्ध आन्दोलनमा उत्रन आह्वान गर्न बाध्य हुने चेतावनी दिएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार, १७औँ बैठकमा गरिएको निर्णयअनुसार आवश्यक छलफल र निर्णयका लागि १८औँ बैठक बोलाउने भनिएको भए पनि अहिलेसम्म त्यसतर्फ कुनै चासो नदेखिएकाले संघ आन्दोलनको तयारीमा उत्रन बाध्य भएको हो । संघको मुख्य मागमा हाल स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई नेपाल सरकारको आठौँ तह बराबरको निवृत्तिभरण तुरुन्त दिनु पर्ने, १७औँ…

विस्तृतमा...