काठमाडौं – सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले चर्चित ब्रान्ड सिटामोल को उत्पादन अस्थायी रूपमा बन्द गरेको छ। मागअनुसार बिक्री नहुँदा डेढ–दुई करोड रुपैयाँ बराबरको स्टक रहँदा उत्पादन रोकिएको लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले बताए । उनका अनुसार, यस वर्ष स्वास्थ्य मन्त्रालयले सिटामोल खरिद नगरेकाले मौज्दात नघटेसम्म नयाँ उत्पादन सुरु नहुने स्पष्ट भएको छ । “फिनिस्ड प्रोडक्टको म्याद दुई वर्ष मात्र हुने भएकाले स्टक धेरै हुँदा बजारमा ‘निअर एक्सपाइरी’ भनेर औषधि नकिन्ने जोखिम रहन्छ,” पनेरुले भने । लिमिटेडसँग कच्चा पदार्थ पर्याप्त भए पनि उत्पादन गर्ने औचित्य नरहेको जनाइएको छ । निजी कम्पनीहरूसँगको मूल्य र छुट प्रतिस्पर्धामा कमजोर भएका कारण सिटामोलको बजार अंश…
स्वास्थ्य डायरी
हेटौंडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताललाई छुट्टाछुट्टै राख्नुपर्ने मागसहित हेटौंडाबासीले चरणबद्ध आन्दोलन र हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेका छन् । हेटौंडा अस्पताल सुधारका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागमा सुनुवाइ नभएको भन्दै गत बुधबार केही अभियन्ताहरूले प्रतिष्ठानको बोर्ड हटाएर ‘हेटौंडा अस्पताल’ लेखिएको बोर्ड राखेपछि विवाद चर्किएको हो । विवादपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बोर्ड परिवर्तन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए । त्यसपछि प्रहरीले विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूसँग समन्वय गर्दै पक्राउको तयारी अघि बढाएको थियो । यसैक्रममा बोर्ड परिवर्तन गरेका अभियन्ता सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र…
काठमाडौँ – प्रहरी हिरासतमा रहेका राप्रपाका महामन्त्री तथा क्यान्सर पीडित डा. धवल शम्शेर राणालाई आवश्यक उपचार नदिई पीडादायी अवस्थामा राखिएको भन्दै संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको छ । समितिका प्रवक्ता स्वागत नेपालले आज एक विज्ञप्ति जारी गर्दै राणालाई तीनकुने गोलीकाण्डको झुटो मुद्दामा फसाउन खोजिएको र सरकार उनको उपचार रोकेर गम्भीर षडयन्त्रमा लागेको आरोप लगाएका हुन् । संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका धवल शम्शेर राणा चैत १५ गते तीनकुनेमा भएको आन्दोलनपछि पक्राउ परेका थिए । उनलाई हाल भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिएको छ । विज्ञप्तिमा राणालाई पहिले नै चिकित्सकले आवधिक परीक्षणका लागि भारतको मुम्बई जानुपर्ने समय तोकिएको उल्लेख गर्दै, सरकारले…
सिराहा- लहानस्थित प्रादेशिक अस्पतालमा कार्यरत छात्रवृत्ति तथा प्रदेश करारमा नियुक्त चिकित्सक र नर्सहरूले लामो समयदेखि तलब तथा भत्ता नपाएको विरोधमा आजदेखि आकस्मिकबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार उनीहरूले विगत ९ महिनादेखिको ओभरटाइम र रात्री भत्ता तथा चार महिनादेखिको तलब नपाएको गुनासो गर्दै पटक–पटक सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउँदै आएका थिए । तर, कुनै सुनुवाइ नहुँदा बाध्य भएर सेवा बहिष्कार गर्नुपरेको बताएका छन् । छात्रवृत्ति र करारमा कार्यरत स्वास्थ्यकर्मीहरूले अस्पताल प्रमुखमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधाम, स्वास्थ्य सेवा विभाग टेकु, काठमाडौं र जिल्ला प्रशासन कार्यालय सिराहालाई जानकारी गराएका छन् । उनीहरूले तलब, ओभरटाइम र रात्री भत्ता खातामा जम्मा नभएसम्म…
रुकुम पश्चिम — रुकुम पश्चिमको जिल्ला अस्पतालमा कार्यरत १३ जना छात्रवृत्तिवाट नियुक्त स्वास्थ्यकर्मीले ६ महिनासम्मको तलब नपाएपछि आकस्मिकबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । अस्पताल प्रशासनको ढिलासुस्ती र जिम्मेवार निकायको उदासीनताले अहिले अस्पतालको नियमित सेवा प्रभावित भएको छ भने सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन् । कार्तिकदेखि चैतसम्मको तलब–भत्ता नपाएको गुनासो गर्दै ती स्वास्थ्यकर्मीहरूले वैशाख ३ गतेसम्मका लागि अल्टिमेटम दिएका थिए । तर, समयमा कुनै सुनुवाइ नहुँदा उनीहरूले वैशाख ५ गतेदेखि सेवा अवरोधको कदम चालेका हुन् । छात्रवृत्तिमा कार्यरत १३ जनामध्ये ७ जना मेडिकल अधिकृत, २ जना डेन्टल सर्जन र ३ जना जनस्वास्थ्य अधिकृत छन् । यसबाहेक यसअघि विदाइ भएका ३…
कैलाली- धनगढी उपमहानगरपालिकाले पायल्स, फिसर र फिस्टुलाको निःशुल्क परीक्षणपछि शल्यक्रिया पनि गरिरहेको छ । २५ देखि २९ चैतसम्म धनगढीको विभिन्न पाँच ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर तीन दिनसम्म बिरामीको आयुर्वेद पद्धतिअनुसार शल्यक्रिया गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ । स्वास्थ्य शिविरमा आएका बिरामी मध्ये ५३ जनाको पायल्स, फिसर र फिस्टुलाको छारसुत्र विधिबाट शल्यक्रिया गर्न सिफारिस गरिएको थियो । उनीहरु मध्ये १६ जनाको ३ बैशाखमा शल्यक्रिया भइसकेको छ भने बाँकीको ४ र ५ बैशाखमा उर्मा आयुर्वेद औषधालयमा शल्यक्रिया हुने आयुर्वेद स्वास्थ्य शाखा प्रमुख डाक्टर रविन्द्रकुमार यादवले जानकारी दिए । उपमहानगरपालिकाले हरेक महिना वडामा विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्दै समय–समयमा क्यान्सर लगायतका…
सुर्खेत- चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै दैलेखकी भिमा गुरुङका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला जिल्ला अदालत सुर्खेतले गरेको छ । २८ चैत २०८० मा सामान्य पेट दुखाइको समस्या लिएर कर्णाली प्रदेश अस्पताल गएकी भिमा गुरुङको २९ चैतमा मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरवाहीका कारण भिमाको ज्यान गएको दाबी गर्दै न्यायको माग गरेका थिए । मृतकका जेठाजू धन मगरले १७ वैशाखमा जिल्ला अदालतमा क्षतिपूर्तिको माग गर्दै निवेदन दर्ता गराएका थिए । अदालतले अस्पतालका निर्देशक डा. डम्बर खड्का, डा. ललितजंग शाही लगायतलाई विपक्षी बनाएर दायर मुद्दामा पीडित पक्षलाई १५ लाख क्षतिपूर्ति दिलाउने फैसला गरेको हो । न्यायाधीश दीपक ढकालको…
काठमाडाैं – अत्याधिक दुरुपयोग भएकाे भन्दै लमजुङका ८ एम्बुलेन्सको दर्ता खारेज गरिएको छ । स्वास्थ्य मन्त्रालयले ती एम्बुलेन्सको अध्ययन गरेर दर्ता खारेज गरेको जनाएकाे छ । स्वास्थ्य मन्त्रालयले जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै खारेजीकाे सुचना दिएकाे हाे । ‘मिति २०८१ भदाैं ३१ गतेको पत्र तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति लमजुङको मिति २०८१ भदाैं ३१ गतेको बैठकबाट सम्पर्कमा नआएका ८ वटा एम्बुलेन्स खारेजीका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १७ बमोजिम सल्लाह–सुझाव प्राप्त भएको विपयमा यस मन्त्रालयका श्रीमान् सचिवज्यूको अध्यक्षतामा बसेको राष्ट्रिय निर्देशक समितिको मिति २०८१ चैत २७ गतेकाे बैठकमा पेस हुँदा राष्ट्रिय एम्बुलेन्स निर्देशिका,…
काठमाडौं – आउँदो शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त दिन भिटामिन ‘ए’ खुवाउन लागेको हो । स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । सोही दिन एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । बालबालिकालाई बालभिटा खुवाइनेछ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिनेछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा…
काठमाडौं- जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भए पछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रूपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ । ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भए पनि ऐनमा राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो । तर, त्यसयताका सरकारहरूले कार्यान्वयनका लागि राजपत्रमा सूचना…

