

चितवन- भरतपुर अस्पतालले प्रयोगशालामा गरिने केही विशेष प्रकारका जाँचहरूमा स्वास्थ्य विमा सुविधा नलाग्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत भरतपुर अस्पतालले सार्वजनिक सूचना जारी गर्दै २४ प्रकारका जाँचहरू अबदेखि विमा सुविधाबाट बाहिर रहने जानकारी दिएको हो ।
सूचनामा उल्लेख गरिएअनुसार Folic Acid, Vitamin D, Vitamin B12, PSA, CA 125, Testosterone, ANA, Hepatitis E, Anti-CCP, Leptospira RDT, Anti-TPO, CEA लगायतका परीक्षणहरू अबदेखि विमा अन्तर्गत नपर्ने र बिरामीले शुल्क तिरेर मात्र सेवाको उपयोग गर्नुपर्नेछ ।
यी परीक्षणहरूका लागि अस्पतालले निश्चित शुल्क पनि तोकेको छ । जस्तै Vitamin D परीक्षणका लागि १६५० रुपैयाँ, Vitamin B12 का लागि १०९० रुपैयाँ, Procalcitonin का लागि १२०० रुपैयाँ, तथा Testosterone परीक्षणका लागि ७१५ रुपैयाँ तोकिएको छ ।
