स्वास्थ्य डायरी

काठमाडौं- काठमाडौं महानगरपालिकाले तिहारका बेला प्रयोग गरिने प्लाष्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ । वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै महानगरपालिकाले प्लास्टिकका माला फूललगायतका सामाग्री बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको हो । महानगरपालिकाले सूचना जारी गर्दै प्रतिवन्धित कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ । महानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोन भन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाउने उल्लेख गरिसकेको छ ।

विस्तृतमा...

काठमाडाैं- बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएकाे छ । बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरूको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो । मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताइन् । भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा. गौतमले जानकारी दिइन् ।

विस्तृतमा...

काठमाडाैं- नेपाल औषधि लिमिडेटले सिटामोलको अभाव नरहेको बताएको छ । लिमिटेडले डेङ्गी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै सिटामोल अभाव नरहेको प्रष्ट पारेको हो । लिमिटेडको प्रमुख उत्पादनको रुपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र लिमिटेडमा खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको पनि लिमिटेडले बताएको छ । साथै पछिल्लो समय बढ्दै गएको डेङ्गी सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उदेश्यले लिमिटेडको केन्द्रीय कार्यालयको बिक्री महाशाखा काउन्टरबाट जोकोहीले पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्न सक्ने पनि लिमिटेडले जनाएको छ । 

विस्तृतमा...

मुग्लिन- सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ । नागढुङ्गा–नौबिसे मुग्लिन सडकखण्डमा अवस्थित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका निम्ति सञ्चालित तालिमको समापन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव नहुने बताए । उनले विपद् प्रतिकार्य तथा उद्धारमा खटिएकाले जीवन जोखिममा परेका हजारौँको रक्षा गरेका तथा देशमा विपत्तिका बेला परिचालन हुने स्वयम्सेवक दस्ता पनि नागरिकस्तरमा गठन गर्न अपरिहार्य भएको विचार व्यक्त गरे । तालिममा गजुरी अस्पताल, मलेखु अस्पताल, आदमघाट अस्पताल, मुग्लिन हाइेव अस्पताल र इच्छाकामना गाउँपालिकाद्वारा…

विस्तृतमा...

दोलखा- पछिल्लो दिनहरूमा वैतेश्वर गाउँपालिकामा क्यान्सर र मिर्गौलाका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ। वैतेश्वरमा अघिल्लो वर्षको तुलनामा यस वर्ष क्यान्सर र मिर्गौला पीडित रोगका बिरामी २५.२ प्रतिशतले वृद्धि भएको पाइएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको तथ्यांकअनुसार गत वर्ष ४२ जना क्यान्सर र मिर्गौलाका बिरामी रहेको यस वर्ष भने, उक्त सङ्ख्या वृद्धि हुँदै ६० जना पुगेको वैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङले बताए । पालिकाको वडा नम्बर-८ बाहेक अन्य ७ वटा वडा क्यान्सर र मिर्गौलाका बिरामी रहेको स्वास्थ्य अधिकृत तामाङले बताए । उनका अनुसार वडा नम्बर-६ मात्रै १८ जना क्यान्सर रोगी रहेका छन् । गत वर्ष यस…

विस्तृतमा...

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक लगाएको छ । पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरू (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरू (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो । विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरू प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले बताए ।…

विस्तृतमा...

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन् ।

विस्तृतमा...

काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले ५० हजार कारबाही गरेको छ । विभागले नेपाल डेरीमा जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिकालाई समेत साथमा लिएर संयुक्त रुपमा अनुगमन गर्दा कैफियत पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार ५० हजार कारबाही गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। सरसफाइमा ध्यान दिइ लेबल लगाएर मात्र सामान बेच्न पनि विभागले नेपाल डेरीलाई निर्देशन दिएको छ । यसैगरी काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित कालुस्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र…

विस्तृतमा...

काठमाडौं- सुनसरी जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । डा. राईमाथि कार्यकक्षभित्रै कुटपिट तथा गालीगलौज भएको भन्दै नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे । “अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दछ । साथै, उक्त घटनामा संलग्न दोषीलाई समयमै नियन्त्रणमा लिएकोमा नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन गर्दछौँ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य संस्थामा हुने गरेका यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आएर स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने संघको भनाइ छ । संघले घटनामा संलग्न दोषीलाई ‘स्वास्थ्यकर्मी तथा…

विस्तृतमा...

काठमाडौं- उपचारमा लापरबाही गरेर बिरामीलाई मृत्युको मुखमा पुर्‍याएको भन्दै ललितपुरस्थित मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता भएको छ । गत असोज १ गते मुटुको उपचार र मृगौलाको डायलासिस गर्ने भन्दै काठमाडौंकाे वनस्थलीका ज्ञानप्रसाद रिमाल अस्पतालमा भर्ना भएका थिए । तर, उनकाे असोज ४ गते मृत्यु भएकाे थियाे । चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचारमा लापरबाही गरेकै कारणा उनकाे मृत्यु भएकाे परिवारकाे आरोप छ । लापरबाहीकै कारण मृत्यु भएकाे भन्दै परिवारले अस्ति कात्तिक ४ गते ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन् । रिमाल अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपाल आएका उनी मुटुको उपचार र मृगौलाको डायलासिसका…

विस्तृतमा...