चितवन– भरतपुर अस्पतालले वातावरण प्रदूषक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो । उनले भने, “फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग गरिएको छ ।” अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरुलाई आग्रह गरेको छ ।
स्वास्थ्य डायरी
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा प्राप्त गर्ने सेवाबारेको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि सार्वजनिक गरेको छ । मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि विवरणमा छ । मन्त्रालयले नागरिकलाई सरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको छ । यसैगरी, मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवा विभिन्न उमेरसमूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क दिइरहेको छ । यसका लागि सेवा…
काठमाडौं- जिल्ला अदालत काठमाडौंले क्यान्सरको बिरामीसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन प्रहरीलाई आदेश दिएको छ। बिहीबार भारतको आसाममा पक्राउ परेका उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिँदै अदालतले उपचारको व्यवस्था गर्न पनि भनेको हो । राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । अदालतले प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राख्ने अनुमति प्रहरीलाई दिएको छ । प्रसाईं र बडिगार्ड खड्कालाई जिल्ला प्रहरी परिसर भद्रकालीको हरासतमा…
जलेश्वर- महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका संक्रिमत भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोग देखा परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन् । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोका अनुसार यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको संक्रमण देखिएको हो । संक्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी इन्चार्ज महतोले बताए । स्थानीयले वडामा तत्काल बृहत् सचेतना अभियान सञ्चालन गरेर थप संक्रमितको खोजी गर्न माग गरेका छन् । क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै…
कैलाली- कैलालीको गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ। मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्टले मुटु रोगका बिरामीहरुलाई उपचार सेवा दिन थालेका हुन् । गेटा अस्पतालले डाक्टर भट्ट यसअघि सहिद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत रहेका बताएको छ। उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो। भट्टले गत मङ्गलवारदेखि ओपिडी सेवा सुरु गरेका हुन्। अस्पतालमा दैनिक १० जनाको हाराहारी मुटु रोगका बिरामी जाँच गराउन आउने गरेका छन्। गेटा अस्पतालमा अहिले अत्याधुनिक इसिजी र इलेक्ट्रोकार्डियोग्राम (इको) जाँच सेवा उपलब्ध छ। गेटा अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्ने तयारी समेत गरेको छ। गेटा अस्पतालका निर्देशक…
पोखरा- पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी) र मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरू सरकारी निर्णय कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिएका छन्। समान ज्यालाको माग गर्दै चिकित्सकहरूले बिहीबार साँझ अस्पताल परिसरमै मैनबत्ती बालेर एक घण्टा शान्तिपूर्ण धर्ना दिएका हुन्। यो आन्दोलन हाल पाँचौं दिनमा प्रवेश गरिसकेको छ। आन्दोलनरत चिकित्सकहरूको मुख्य माग—समान पारिश्रमिक र सुरक्षित कार्य वातावरण हो। उनीहरूले सरकारबाट गरिएका प्रतिबद्धता कार्यान्वयन नभएपछि आन्दोलनलाई पुनः सशक्त बनाउनुपर्ने अवस्था आएको बताएका छन्। गत माघ २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकलाई सरकारी चिकित्सक सरह आठौं तहको निर्वाह भत्ता (रु. ४८,७०० मासिक)…
काठमाडौं- उपत्यकाको वायु प्रदूषण तीन सातापछि केही सुधार भए पनि संवेदनशील जनसमूहका लागि अझै खतरा उत्तिकै छ। बिहीबार (चैत २८)देखि वायुमानविक गुणस्तरमा सामान्य सुधार आए पनि शुक्रबार (चैत २९) बिहानसम्म बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूका लागि अवस्था ‘अस्वस्थकर’ रहेको देखिएको छ। शुक्रबार बिहान ११:१५ बजे ललितपुरको खुमलटार, भैंसेपाटी र काठमाडौंको शंखपार्कमा वायु गुणस्तर सूचकांक (एक्यूआई) १०० देखि १२० को दायरामा पुगेको छ, जुन संवेदनशील वर्गका लागि स्वास्थ्य जोखिमयुक्त मानिन्छ। यद्यपि अन्य स्थानको एक्यूआई १०० भन्दा तल झरेको छ, यो संक्षिप्त सुधारलाई स्थायी नठान्न विज्ञहरूले सुझाएका छन्। विशेषतः चैत २७ गतेसम्म उपत्यकाका विभिन्न स्थानमा एक्यूआई १५० देखि १८० सम्म पुगेको थियो, जुन…
लुम्बिनी- लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो । लुम्बिनी प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृतहरूलाई आधारभूत मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर कार्ययोजना कार्यान्वयन गरिएको हो । मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्राथमिकतामा राखिएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए । “नीति तथा कार्यक्रममा समावेश गरेर यो अभियानलाई अघि बढाएका छौँ । सबै उमेर समूहमा मानसिक स्वास्थ्यका समस्या देखिएका छन्”, उनले भने, “मानसिक र सामाजिक स्वास्थ्य सुदृढीकरणका लागि रोमिङ नर्स सेवा विस्तार गरेका छौँ । मनोसामाजिक…
काठमाडाैं- मधेस प्रदेशका स्वास्थ्यकर्मीहरू “बढुवाको अधिकार” सुनिश्चित गर्न चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। प्रदेश सरकारको नयाँ कानुनी प्रावधानले करिब १ हजार ८ सयभन्दा बढी स्वास्थ्यकर्मीहरूलाई अन्योलमा पारेपछि उनीहरूले मुख्यमन्त्री कार्यालयअगाडि धर्ना थालेका हुन्। चौथो र पाँचौं तहमा कार्यरत सिअहेव र सिअनमीहरूले चैत २५ गतेदेखि जारी राखेको यो धर्नामा महिला स्वास्थ्यकर्मीको उल्लेखनीय सहभागिता देखिएको छ। आन्दोलनमा सहभागीमध्ये करिब आधा महिला छन्, जसले स्वास्थ्य क्षेत्रमा महिलाको अग्रसरता र अधिकारप्रति सचेतना देखाउँछ। स्वास्थ्यकर्मीहरूका संयोजक मोहन साहका अनुसार, “मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१” को एक विशेष वाक्यांशले स्वास्थ्यकर्मीहरूको बढुवा प्रक्रिया अवरुद्ध भएको हो। उक्त वाक्यांशमा भनिएको छ: “कर्मचारी समायोजन ऐन, २०७५…
काठमाडौं– अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् । अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले मन्त्री प्रदीप पौडेलले अघि बढाएको सुधार कार्य सकारात्मक रहेको भन्दै यसबाट आफूहरू आशावादी रहेको बताए । दुवै कार्यक्रममा बोल्ने वक्ताहरूले नागरिकमा प्रत्यक्ष देखिने र महसुस गरिने गरी मन्त्री पौडेलले काम गरिरहेको भन्दै डायस्पोराको तर्फबाट ऐक्यबद्धता रहेको बताए । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले सकारात्मक प्रयास भइरहेको भन्दै विपन्न नागरिकलक्षित थप सुधार कार्यक्रम आउने अपेक्षा गरिएको बताए । वरिष्ठ चिकित्सक तथा गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष…

