कञ्चनपुर- कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ । एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार आज शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका छवटा पसलबाट सङ्कलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ । करेलाको नमूना परीक्षण गर्दा कार्वामेट १४ दशमलव ८५७ र अर्गानोफस्फेट ६० दशमलव ५९९ प्रतिशत रहेको पाइएको छ । “तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ प्रतिशतदेखि…
स्वास्थ्य डायरी
वासिङ्टन, डीसी – अमेरिकी वैज्ञानिकहरूले मलेरिया (औलो) फैलाउने लामखुट्टेहरूमा रहेका परजीवीहरूलाई लक्षित गरेर ती परजीवीहरू नष्ट गर्ने दुई नयाँ औषधिको खोज गरेका छन्। यसले गर्दा ती लामखुट्टेहरू जीवित रहँदा पनि मलेरिया सार्न सक्दैनन्। संसारभरि मलेरियाका कारण हरेक वर्ष झन्डै ६ लाख मानिसको मृत्यु हुने गरेको छ। संक्रमित पोथी लामखुट्टेले मानिसलाई टोक्दा रगतमार्फत प्लाज्मोडिअम नामक परजीवी सर्ने गर्दछ। अहिले प्रयोगमा रहेका कीटनाशकहरूको असर घट्दै गइरहेकाले वैज्ञानिकहरू वैकल्पिक उपायको खोजीमा जुटेका थिए। हार्वर्ड विश्वविद्यालयसँग आबद्ध वैज्ञानिकहरूले लामखुट्टेमा हुने परजीवीको डीएनए विश्लेषण गरी २२ सम्भावित औषधिहरू परीक्षण गरेका थिए। तीमध्ये दुई औषधिले उत्कृष्ट परिणाम देखाएका छन्। यी औषधि लामखुट्टेका खुट्टाबाट शरीरभित्र प्रवेश गरेर…
कैलाली- नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै आगामी आर्थिक वर्षदेखि नै अस्पताल र कलेज सञ्चालन गर्नुपर्ने माग गरिएको हो । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेको हो । संघर्ष समितिका संयोजक लोकराज पाण्डेका अनुसार विधेयक पारित भएसँगै स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट, जनशक्ति र उपकरणको व्यस्थापन गर्न आग्रह गरिएको हो । ‘संघीय सरकारले १५ जेठ प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक…
काठमाडौं– चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ । जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो । यसका लागि जर्मन विकास बैंक ( केएफडब्लु) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको तयारी थालेको जानकारी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चन्द्रागिरि नगरपालिकालाई जानकारी गराएको छ । यो खाकाको तयारीसँगै अव भवन बनाउन बोलपत्रको बाटो खुला भएको छ भने छिट्टै बोलपत्र आह्वान हुने जनाइएको छ । विस्तृत खाका तयार गर्नका लागि स्थलगत अध्ययन गर्न केएफडब्लुको…
काठमाडौँ- प्रतिनिधिसभाकी सांसद सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन विश्वव्यापी आह्वान गरेकी छिन् । जेनेभामा बुधबार आयोजित विश्व स्वास्थ्य सङ्गठनसभाको संसदीय संवाद कार्यक्रममा उनले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन दृढताका साथ कानुन निर्माण गरी आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन् । अन्तर–संसदीय सङ्घ (आइपियू) स्वास्थ्य समितिको सदस्यसमेत रहेकी सांसद गौतमले कानुन निर्माण र आवश्यक लगानीका क्षेत्रमा विश्वभरका सांसदहरूलाई एकजुट भई सहकार्य र समन्वय गर्न आह्वान गरिन् । “दृढताका साथ कानुन बनाऔँ, निर्भयतापूर्वक आवश्यक लगानी गरौँं र स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीलाका रूपमा संरक्षण गरौंँ”, उनले भनिन्, “सांसदहरू अब परिवेक्षक मात्र होइन, हामी उत्तरदायित्वको रक्षा, समताका पक्षधर र…
जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लाष्ट नेपालबीच जलन र त्यसपछिका जटिलताका बिरामीको गुणस्तरीय उपचार तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि त्रिपक्षीय सम्झदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झदारीअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ। प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिमसमेत दिइने छ। प्रतिष्ठानका निमित्त उपकुलपति डा डबलबहादुर धामीले टेलिमेडिसिन, सर्जन आदानप्रदान, घुम्ती तालिमलगायत कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई जलन उपचारमा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरेका छन्। इन्टरप्लाष्ट, नेपालले प्राविधिक र आर्थिक सहयोगमार्फत यो साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ। विशेषगरी सीमान्तकृत र विपन्न…
काठमाडाैं- सरकारले श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मा लैजाने तयारी गरेको छ। अर्को वर्ष हुने विश्व स्वास्थ्य सम्मेलनमा प्रस्ताव लैजाने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललले बताए। विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किनुभएका मन्त्री पौडेलले अरू देशहरूमा कामदार पठाउने देशहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न जुनसुकै देशका नागरिकको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव नेपालले लैजाने बताए। यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको छ। प्रस्ताव डब्ल्यूएचओबाट पास भएमा गइसकेपछि र फर्किँदा श्रमिककाे स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित देशले नै…
ढोरपाटन- बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका तथा ताराखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको हो । बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय ६३ जना बालबालिकाले नियमित खोप लगाइरहेका र १६ देखि २४ महिना उमेर समूहका चार सय ४९ जनालाई खोप दिएपछि पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा उपलब्ध गराएको उनले जानकारी दिए । गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनाका चार सय २७ जना बालबालिका र १६…
रौतहट- रौतहटको राजपुर नगरपालिका–४ मा अवैध रूपमा सञ्चालन भइरहेको औषधि पसल अनुगमन गर्न गएका औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जका कर्मचारीमाथि स्थानीयले कुटपिट गरेका छन्। फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका छन्। स्रोतका अनुसार विभागमा दर्ता नगरी औषधि बिक्री गरेको उजुरीका आधारमा अनुगमन टोली गएको थियो। टोलीमाथि स्थानीय महिला र पुरुषको समूहले लखेटी कुटपिट गरेपछि घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ। भीडले सरकारी कागजात खोसेको र प्रहरी निरीक्षक रुद्रराज कँडेलको मोबाइलसमेत तोडफोड गरिएको जनाइएको छ। घाइते अधिकारीहरूलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताएका छन्। स्रोतले…
कैलाली- कैलालीको जानकी गाउँपालिकाले सिकलसेल एनिमिया पीडितहरू र उनीहरूको परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ। गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै बिरामीहरूको परिवारलाई आवश्यक कागजातसहित जेठ १८ गतेभित्र निवेदन पेश गर्न आग्रह गरेको छ। निवेदन दिने व्यक्ति गाउँपालिकाका स्थायी बासिन्दा हुनुपर्नेछ भने निवेदनमा रोग प्रमाणित प्रयोगशाला रिपोर्ट, चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस र नागरिकता वा राष्ट्रिय परिचयपत्र जस्ता कागजात संलग्न गर्नुपर्नेछ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीका अनुसार एक जना सिकलसेल बिरामीको स्वास्थ्य बीमाले चार जना परिवार सदस्यलाई एक वर्षमा एक लाख रुपैयाँसम्मको उपचार सुविधा दिनेछ। बीमाको खर्च गाउँपालिकाले व्यहोर्नेछ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका…

