इलाम – इलामको माङसेबुङ गाउँपालिका–५ मा विषालु च्याउ खाएर बिरामी परेका थप एक व्यक्तिको मृत्यु भएको छ। उपचाररत ५५ वर्षीय अमर लावतीको आज बिर्तामोडस्थित बिएनसी अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेले जानकारी दिए। यसअघि सोही वडाकी २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भइसकेको थियो। ६ दिनअघि उनीहरूले चिया बगानमा उम्रिएको जंगली च्याउ खाएका थिए। त्यसपछि सबै एकैसाथ बिरामी परेका थिए। च्याउ विषालु भएको आशंकामा उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो।
स्वास्थ्य डायरी
काठमाडौं- नेपालमा अंग प्रत्यारोपणको इतिहासमै नयाँ उपलब्धि हासिल भएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका एक १८ वर्षीय युवकको मिर्गौला र कलेजो तीन जना बिरामीमा प्रत्यारोपण गरेर जीवनदान दिएको छ। तीन अंगमध्ये एक मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक तथा प्रत्यारोपण शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार यस्तो जटिल शल्यक्रिया विश्वमै दुर्लभ मानिन्छ। अर्को मिर्गौला भने ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको हो। यस ऐतिहासिक उपलब्धिले नेपालमा अंग प्रत्यारोपण प्रणाली सक्षम हुँदै गएको स्पष्ट पारेको छ। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंगहरूले समयमै उपयोग गर्न सकिएमा कयौं बिरामीको जीवन बचाउन सकिने…
जुम्ला- जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा भएका छन् । जिल्लाका आठ वटा स्थानीय तहमध्ये कनकासुन्दरी र पातारासी गाउँपालिकालाई शुक्रबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । गाउँपालिका भित्रका आठवटै वडाका १५ महिना मुनिका २०३ बालबालिकाहरूले नियमित खोप लगाइ रहेको र १६ देखि ५९ महिनाभित्रका ५८८ बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् । चालु आर्थिक वर्षमा हालसम्म सबैले पूर्णखोप पाएको र आगामी दिनमा दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै कनकासुन्दरीलाई पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जङ्गलाल बुढाले जानकारी दिए । पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए । राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण खोपहरू…
बेनी (म्याग्दी)- रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाडेकी थिइन् । खर्चको व्यवस्थापन र सहरमा पुगेर आँखाको शल्यक्रिया गर्ने चाँजोपाँजो मिलाउन नसकिरहेको समयमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा नेपालीले घरआँगनमै सहज रूपमा उपचार गर्ने अवसर पाइन् । “आँखाले मधुरो देख्ने भएकी थिएँ, सहरमा पुगेर उपचार गराउन पाएको थिइनँ, बुढेसकालमा फेरि आँखा खुल्छन् जस्तो लागेकै थिएन, गाउँमै आएको शिविरमा उपचार गरेपछि अहिले राम्रोसँग देख्न सक्ने भएकी छु”, नेपालीले भनिन् । शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर उपचार सेवा लिएकी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी धनीमाया बुद्धिजाले घरआँगनमै शिविर राखेर गाउँपालिकाले खर्च…
इलाम- इलामको माङ्सेबुङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा दुई युवाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन्। आइतबार भएको उक्त घटनामा माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ। घटनामा सोही ठाउँका धनराज साङ्बाङ गम्भीर घाइते भएका छन्। उनीहरूको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै अस्पताल लगिएको थियो। इलाम प्रहरीका अनुसार उनीहरूले वनबाट संकलन गरेको च्याउ खाएका थिए। च्याउ सेवन गरेपछि केही घण्टामै वान्ता, पेट र टाउको दुख्ने जस्ता लक्षण देखिएका थिए। विषालु च्याउका कारण स्वास्थ्यमा गम्भीर असर परेको प्रारम्भिक अनुमान गरिएको छ। प्रत्येक वर्ष नेपालका ग्रामीण भेगमा यस्तै घटनाहरू हुने…
काठमाडौँ- यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगु सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगु सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालले भने, ‘गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउने छ ।’ पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । दाहालले पानी सङ्कलन हुने टायर, गमला जस्ता ठाउँ…
काठमाडौं – आजकल अनावश्यक गर्भावस्था रोक्न मेडिकल काउन्टरमा धेरै औषधिहरू उपलब्ध रहेका हुन्छन् । यसलाई गर्भनिरोधक चक्की भनिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यी औषधिहरू आपतकालीन अवस्थामा प्रयोग गर्न सकिन्छ तर यसको अत्यधिक प्रयोग खतरनाक हुन सक्छ। किनभने, यसले हर्मोनल सन्तुलन बिग्रन सक्छ र भविष्यका लागि खतराहरू सिर्जना गर्न सक्छ। अब एउटा नयाँ अध्ययनले गर्भनिरोधक चक्की सेवन गर्दा महिलामा स्ट्रोकको जोखिम झण्डै ३ गुणाले बढ्न सक्ने खुलासा गरेको छ। यस अध्ययनमा धेरै अचम्मका कुराहरु बाहिर आएका छन्, जुन सबै महिलाले जान्नै पर्ने हुन्छ । टर्कीको इस्तानबुल विश्वविद्यालयको न्यूरोलोजी विभागका विज्ञहरूले यो अध्ययन गरेका हुन् । गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलामा क्रिप्टोजेनिक स्ट्रोकको…
काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी संगठनको ७८ औँ महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो । अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ । निर्वाचित भएलगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठूलो अवसर भएको उल्लेख गरेका छन् । मन्त्री पौडेलले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन् । नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन सङ्कल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए । यसले नेपाली श्रमिक…
काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘आरोग्य जीवन’ स्वर्णिम योजना अन्तर्गत विभिन्न वडामा योग शिविर सञ्चालन गर्दै आएको छ। शारीरिक अवस्था र रोगअनुसार योग अभ्यासलाई प्रोत्साहन गर्दै स्वास्थ्योपचारको आवश्यकता घटाउने लक्ष्य राखिएको छ। महानगरको स्वास्थ्य विभागका अनुसार प्रत्येक वडामा पाँच दिनसम्म योग शिविर सञ्चालन गरिन्छ। पहिलो शिविर वैशाख १४ मा काठमाडौं–१४ बाट सुरु भएको थियो। दोस्रो र तेस्रो शिविर क्रमशः काठमाडौं–१२ र काठमाडौं–१५ मा सम्पन्न भइसकेका छन्। हालै धरहरा परिसरमा सम्पन्न शिविरपश्चात आगामी शिविर काठमाडौं–३१ र २३ मा सञ्चालन हुने जनाइएको छ। शिविरको पाँचौं अर्थात् अन्तिम दिन सहभागीहरूको रक्तचाप र मधुमेह परीक्षण गरी निःशुल्क शक्तिवर्द्धक औषधिहरू जस्तै त्रिफला चूर्ण, अश्वगन्धा, च्यवनप्रास, आमलकी र…
काठमाडौं- बालबालिकाको व्यवहार र मानसिक स्वास्थ्य विकासमा अभिभावक र शिक्षकको जिम्मेवारी महत्वपूर्ण हुन्छ। उनीहरूको राम्रो कार्यमा प्रोत्साहन र गलत कार्यमा सुधारका उपाय नअपनाउँदा बच्चाहरू गलत बाटोमा जान सक्ने खतरा हुन्छ। विशेषज्ञहरूका अनुसार बालबालिकामा विभिन्न खालका मनोवैज्ञानिक समस्या देखिन सक्छन्। ती समस्या बुझ्न, पहिचान गर्न र सही समयमै उपचार गर्न आवश्यक हुन्छ। सामान्यतया बालबालिकामा देखिने १५ किसिमका मनोवैज्ञानिक समस्या: बढी रिसाउने बानी – पाँच/छ वर्षका बालबालिकामा यो सामान्य भए पनि दीर्घकालीन भएमा मनोवैज्ञानिक समस्या बन्न सक्छ। निद्रामा गडबडी – राति ननिद्रिने, निद्रामा हिँड्ने वा डराउनेजस्ता समस्या। खानपिनमा गडबडी – केवल गुलियो चाहने, माटो वा कागज जस्ता वस्तु खाने आदत (पिका डिसअर्डर)।…

