स्वास्थ्य डायरी

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको संक्रमण पुष्टि भएको छ। स्वास्थ्यकर्मीको टोलीले स्थलगत अनुगमनपछि १२ जनाभन्दा बढीमा संक्रमण देखिएको जनाएको छ, जसमा बालबालिका बढी प्रभावित छन्। स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार संक्रमितहरूमा बिमिरा आउने, ज्वरो, खोकीजस्ता लक्षण देखिएका छन्। महराले संक्रमितलाई छुट्टै आइसोलेसनमा राख्न आग्रह गरिएको जानकारी दिँदै, “स्वास्थ्यकर्मीले घरदैलोमै पुगेर प्रारम्भिक उपचार र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्,” भने। यसैबीच, रोग ठेउलाकै संक्रमण हो कि भन्ने यकिन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली समेत सुर्नया–७ र ८ मा स्थलगत अनुगमन…

विस्तृतमा...

काठमाडौं – मलेसियामा कार्यरत नेपाली श्रमिकहरूमध्ये विशेषगरी सुरक्षा गार्डहरूमा मिर्गौला सम्बन्धी समस्या व्यापक देखिएको भन्दै यसबारे औपचारिक अनुसन्धान हुने भएको छ। नेपाली सुरक्षा गार्डहरूको स्वास्थ्य अवस्था अध्ययन गर्न बेलायतको बोर्नमाउथ विश्वविद्यालय, मलेसियाको मलाया विश्वविद्यालय र नोर्थ साउथ इन्स्टिच्युट मलेसियाले संयुक्त अनुसन्धान गर्ने भएका छन्। मलेसियास्थित नेपाली राजदूत नेत्र तिम्सिनाले यसबारे जानकारी दिएका हुन्। क्वालालम्पुरस्थित नेपाली दूतावासमा आयोजित छलफलका क्रममा मलेसियाका ट्रेड युनियनहरू र नेपाली प्रवासी श्रमिक संघको सहभागितामा अध्ययनको तयारी भइरहेको जानकारी दिइएको थियो। राजदूत तिम्सिनाका अनुसार, सुरक्षा गार्डका रूपमा कार्यरत नेपालीहरूमध्ये मिर्गौला रोगीको संख्या अन्य पेशामा भन्दा उच्च देखिएको छ। यस समस्याको कारण पत्ता लगाई नीतिगत समाधान खोज्ने र…

विस्तृतमा...

काठमाडौँ — नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवन आचार्य सर्वसम्मत निर्वाचित भएका छन्। संघको आठौं अधिवेशन तथा वार्षिक साधारणसभाबाट तीन वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। यसअघि आचार्य महासचिव पदमा कार्यरत थिए। संघको नेतृत्व यसअघि अञ्जन पुडासैनीले गरेका थिए। नयाँ कार्यसमितिका उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित भएका छन्। मधु पौडेल महासचिव, सुरेश पडवारी सचिव र सन्दीप खनाल कोषाध्यक्ष बनेका छन्। कार्यसमिति सदस्यहरूमा मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह, डा. आनन्दा राजभण्डारी, सुरज टिवटिवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रूङ्टा र डा. अब्बुल हुसेन अन्सारी रहेका छन्।…

विस्तृतमा...

काठमाडौं – सरकारले पार्किन्सन्स रोगको उपचार सेवा सातवटा अस्पतालमार्फत सहुलियतमा दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बागमती र कोशी प्रदेशका सात अस्पतालमा यस्तो सेवा उपलब्ध हुने भएको हो। बागमती प्रदेशमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालबाट सेवा उपलब्ध गराइनेछ। यसैगरी, कोशी प्रदेशमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोबेल मेडिकल कलेजमार्फत सेवा प्रदान गरिनेछ। यी अस्पतालहरूबाट पार्किन्सन्स रोगका बिरामीलाई औषधी, शय्या तथा प्रयोगशाला सेवा प्रदान गरिनेछ। साथै, एक लाख रुपैयाँसम्मको उपचार खर्च सरकारबाट सहुलियतस्वरूप दिइने व्यवस्था गरिएको छ। स्वास्थ्य मन्त्रालयले विपन्न बिरामीहरूलाई यो सेवा प्राप्त गर्न स्थायी बसोबास भएको वडाबाट…

विस्तृतमा...

धरान- धरान उपमहानगरपालिकाले चिकित्सकको प्रेस्क्रिप्सन (निदानपुर्जा) बिना औषधी बिक्री–वितरण नगर्न औषधी व्यवसायीहरूलाई निर्देशन दिएको छ। जनगुनासोका आधारमा यस्तो अनियमित तथा गैरकानुनी गतिविधि रोक्न उपमहानगरपालिकाले कडाइका साथ सूचना जारी गरेको हो। उपमहानगरपालिकाले औषधि बिक्री गर्दा चिकित्सकको सल्लाह अनिवार्य भएको स्मरण गराउँदै भनेको छ, “चिकित्सकको सल्लाहबिना औषधि बिक्री वितरण कार्य गैरकानुनी हो र यस्ता कार्यमा संलग्नहरूलाई कानूनी कारबाही गरिनेछ।” स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनु पर्ने उल्लेख गर्दै औषधि व्यवसायीहरूलाई सचेत रहन भनिएको छ। साथै, स्वास्थ्य महाशाखालाई आवश्यक अनुगमन गरी प्रेस्क्रिप्सन बिना औषधि बिक्री गर्ने पसलहरूको पहिचान गरेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ। प्रशासन महाशाखा प्रमुख बेदप्रसाद सापकोटाले सार्वजनिक हितका लागि यो…

विस्तृतमा...

काठमाडौँ- स्यानिटरी प्याडमा सरकारले लगाउँदै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि करविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। यो आदेशसँगै महिनावारीका बेला प्रयोग हुने स्यानिटरी उत्पादनलाई लक्जरी वस्तु होइन, जैविक आवश्यकता मान्दै कर छुट हुने वस्तुमा राख्न बाटो खुलेको छ। २०७८ साल साउन २६ गते अभ्युदय भेटवाल र श्रीना नेपालले विद्यार्थी अवस्थामै दायर गरेको यो रिटमा करिब चार वर्षपछि न्याय प्राप्त भएको हो। सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले परमादेश जारी गर्दै सरकारलाई स्यानिटरी प्याडमा लाग्दै आएको भ्याट हटाउन आदेश दिएको हो। रिटमा नेपालको संविधानको धारा १६ (जीवनको हक), धारा १८ (समानताको…

विस्तृतमा...

चितवन- चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन्। औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। गत आर्थिक वर्षमा १० जनामा उक्त रोगको सङ्क्रमण देखिएको थियो। पन्ध्र वर्ष उमेरभन्दा बढीमा यो रोग देखिएको उनले बताए। यो रोग एनोफलिज जातको लाम्खुट्टेले टोक्दा हुने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको…

विस्तृतमा...

काठमाडौँ- मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा.चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् । उनका अनुसार अहिलेसम्म (पुस १७ गते यता) १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा सङ्क्रमण देखिएको उनले बताए । सबैभन्दा बढी वागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ संघीय दरबन्दी संरचना सार्वजनिक भएपछि विभिन्न स्वास्थ्य सेवासम्बन्धी पेशागत संघहरूले आ–आफ्नो क्षेत्रलाई बेवास्ता गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। डेन्टल, रेडियोग्राफी र फिजियोथेरापी सेवाका तीन संस्थाले मन्त्रालयलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै पेशागत पहिचान र सेवाको पहुँचमा गरिएको कटौतीप्रति असन्तुष्टि जनाएका हुन्। डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरेकोप्रति एनडीएको विरोध नेपाल डेन्टल एशोसिएसन (एनडीए) ले सार्वजनिक भएको ‘ओएन्डएम’ रिपोर्टमा डेन्टल सर्जन र सम्बन्धित विशेषज्ञ शाखाहरूलाई दरबन्दीमा समावेश नगरिएकोप्रति आपत्ति जनाएको छ। एशोसिएसनका केन्द्रीय सदस्य डा. भूमेश काफ्लेले ओरल मेडिसिन, प्याथोलोजी, पेडोडोन्टिक्स र पब्लिक हेल्थ डेन्टिस्ट्रिजस्ता विषयहरूमा अहिलेसम्म दरबन्दी नखुल्नु गम्भीर लापरबाही भएको बताए। बुधबार…

विस्तृतमा...

स्याङ्जा – अब स्याङ्जाका नागरिकले सर्पदंशको उपचारका लागि पोखरा वा पाल्पा जानुपर्ने आवश्यकता छैन। जिल्लाका आठ स्वास्थ्य संस्थामा सर्पदंश उपचार सेवा सुरु भएपछि बिरामीहरूलाई राहत मिलेको छ। प्रदेश जनस्वास्थ्य कार्यालयको पहलमा तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरण र औषधिसहित सेवा विस्तार गरिएको हो। कार्यालय प्रमुख केशवप्रसाद चापागाँइका अनुसार स्याङ्जाका छ वटा स्थानीय तहका अस्पताल र दुई प्राथमिक स्वास्थ्य केन्द्रबाट सर्पदंश उपचार सेवा दिइन थालिएको हो। चापाकोट, भीरकोट, गल्याङ, वालिङ, पुतलीबजार, आँधीखोला लगायतका स्थानमा रहेका स्वास्थ्य संस्थाबाट अब सर्पदंश उपचार सहज रूपमा हुने उनले बताए। विशेषगरी चापाकोट नगर क्षेत्र सर्पदंशको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चिनिएको छ। कालीगण्डकी किनार नजिकको भू–भाग भएकाले यहाँ…

विस्तृतमा...