काठमाण्डौं — गोरखापत्र दैनिकमा कार्यरत पत्रकार सरोज ढुङ्गेललाई यस वर्षको ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या पूर्वमन्त्री पदम गिरी र डा. शुधा देवकोटालगायतले संयुक्त रूपमा ढुङ्गेललाई रु. ३३,३३३ नगदसहित सम्मान गरेका हुन्। पुरस्कार वितरण कार्यक्रम स्व. सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसरमा सारदा सुदर्शन देवकोटा फाउण्डेशनद्वारा आयोजित थियो। सो फाउण्डेशनले स्वास्थ्य पत्रकार मञ्चसँग सहकार्य गर्दै पाँच वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ। कार्यक्रममा पूर्व मन्त्री गिरीले स्वास्थ्य पत्रकारितालाई गहन विषय भन्दै यसमा संलग्न पत्रकारहरूले सार्थक र तथ्यमा आधारित लेखन गर्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्य क्षेत्रमा अझै गम्भीर चुनौतीहरू रहेको र आधारभूत…
स्वास्थ्य डायरी
काठमाडौं- सुर्खेतस्थित प्रदेश अस्पतालमा करिब २५ लाख रुपैयाँभन्दा बढी राजस्व हिनामिना भएको अभियोगमा तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ। सामाजिक सेवा एकाइ अन्तर्गत कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत तृप्ती शाहीमाथि बिमितहरूको नाम दर्ता गर्ने काउन्टरको जिम्मेवारीमा रहँदा अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी राजस्व संकलनको रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा लेखा अधिकृत शंकर प्रसाद सुवेदी, सुन्दर कर्णाली संस्थामार्फत करारमा खटिएकी तृप्ती शाही र कुमारी बैंक एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिजाली मगरले मिलेमतोमा भ्रष्टाचार गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगका अनुसार, २०८० साउन १ देखि…
कैलाली- कैलालीको गोदावरी नगरपालिका–५ स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गतको गेटा अस्पतालमा कार्यरत चिकित्सकहरूले दैनिक एक घण्टा मात्र काम गर्ने गरेको खुलेको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिका अनुसार अस्पतालका अधिकांश चिकित्सक बिहान १० बजे ड्युटीमा आउने र ११ बजे नै फर्किने गरेका छन्। नियमित समय नपुगी चिकित्सक अस्पताल छोड्ने गरेका कारण बिरामीहरू सेवाबाट बञ्चित भइरहेका छन्। सङ्घर्ष समितिले गेटा अस्पतालका निर्देशक प्रमोद यादवसँग छलफल गरी अस्पताल सेवा सुधारको माग गरेका छन्। समितिका अनुसार चिकित्सक र अन्य कर्मचारीहरू कार्यसम्पादनमा लापरबाही गर्दै आएका छन्। अस्पताल आउँदा पनि चिकित्सकहरूलाई नपाइने, मेसिन बिग्रेको बहानामा बिरामी निजी अस्पतालमा पठाउनेजस्ता…
काठमाडौं- मुलुकभर डेंगी संक्रमणको अवस्था गम्भीर बन्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चालु वर्षको जनवरीयता देशभर १,४०३ जना डेंगी संक्रमित पुष्टि भएका छन् भने संक्रमण ७३ जिल्लामा फैलिएको छ। रसुवा, मनाङ, हुम्ला र डोल्पा बाहेकका सबै जिल्लामा संक्रमण देखिएको हो। पछिल्लो सातामा मात्र ४० जना नयाँ संक्रमित थपिएका छन्। प्रदेशअनुसार सबैभन्दा बढी बागमतीमा ३७१, कोशीमा २९९, गण्डकीमा २५१, लुम्बिनीमा २४५, सुदूरपश्चिममा १८४, कर्णालीमा ३२ र मधेशमा २१ जना संक्रमित देखिएका छन्। काठमाडौंमा सबैभन्दा धेरै १५६ जना संक्रमित भेटिएका छन्। टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि ६ जना बिरामी निको भएर घर फर्किएका…
-सोमा कान्त बराल गएको शुक्रबार बिहान ८:३० बजे विषयविज्ञको रूपमा उपस्थित भइदिनुहोला भनेर नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट आमन्त्रण गरिएको पत्र प्राप्त भयो। पत्रमा सुझाव दिनुपर्ने शीर्षक हेर्दा नै अचम्म लाग्यो। जो मान्यता प्राप्त स्वास्थ्य संस्थामा पनि पढेका छैनन्, अहिले पनि स्वास्थ्य संस्था नै होइन, पढ्दा स्वास्थ्यकर्मीहरूले प्रशिक्षण पनि दिएका छैनन् र अहिले आएर चिकित्सा शिक्षा आयोग अन्तर्गत रहेर कार्यक्रमहरू पनि सञ्चालनमा छैनन्। त्यस्ता चिकित्सा शिक्षा नपढाउने कलेजबाट उत्पादित जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा नाम दर्ता (लाइसेन्स) दिन सकिन्छ कि सकिँदैन भन्ने छलफल रहेछ। अझ सकिने वा नसकिने कुरा “हेलो सरकार” कार्यक्रमलाई १ महिनाभित्र लेखी पठाउनुपर्ने रहेछ। लगभग १०० जनाको उपस्थिति…
भोजपुर- दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा दिन यहाँको खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन बनाउन सुरु भएको छ। सहकारीको घरबाट स्वास्थ्यचौकी चलाउन कठिन भएपछि पक्की भवन निर्माण सुरु गरिएको हो। आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन बन्दै गरेकोमा स्थानीय सूर्य राईले उत्साह व्यक्त गरे। पक्की भवन बनेपछि सहज सेवा पाइनेमा आशावादी भएको उनको भनाइ छ। पहिले स्वास्थ्यचौकी नहुँदा सामान्य सेवा लिन दुईदेखि तीन घण्टा हिँडेर अन्य ठाउँ जानुपर्ने बाध्यता रहेको उनले बताए। ‘हाम्रो ठाउँमा स्वास्थ्यचौकी नै थिएन,’ उनले भने, ‘स्थानीय तह आएपछि स्वास्थ्यचौकी स्थापना भयो। तर भवन नहुँदा समस्या थियो। नयाँ पक्की भवन बनेपछि उत्साह थपिएको छ।’ रामप्रसादराई गाउँपालिका–८ खोक्सिक भौगोलिक हिसाबले दुर्गम…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् । निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन् । स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्रालयको निर्देशन पछि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो विषय निर्णयार्थ प्रस्तुत…
काठमाडौं- रेडियोग्राफी पेसामा आवद्ध स्वास्थ्यकर्मीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रस्तावित ओएनएम संरचनाको विरोधमा पाँच दिनदेखि आन्दोलनमा छन्। उनीहरूले हातमा कालोपट्टी बाँधेर कार्यस्थलमै विरोध जारी राखेका छन्। सरकारी रेडियोग्राफी संघ, नेपालका अनुसार मन्त्रालयले रेडियोग्राफी पेसामाथि गरेको उपेक्षा, अवहेलना र अपमानप्रति असन्तुष्टि जनाउँदै विरोध सुरु गरिएको हो। संघले आजसम्म मन्त्रालयले संवादको पहल नगरे थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ। संघले आन्दोलनको पाँचौँ दिनसम्म मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएको भन्दै गम्भीर आपत्ति जनाएको छ। उनीहरूले रेडियोग्राफी पेसाकर्मीको व्यावसायिक हैसियत, योगदान र अस्तित्वलाई निरन्तर बेवास्ता गरिएको आरोप लगाएका छन्। संघका अनुसार पेसाकर्मीहरूलाई कार्यको मूल्यांकन, पदस्थापन र समुचित संरचनामा स्थान नदिइएको अवस्था स्वीकार्य…
काठमाडौं— नेपालमा चौथो पटक एमपक्स (मंकीपक्स) संक्रमण पुष्टि भएको छ। साउदी अरबबाट हालै नेपाल आएका ३७ वर्षीय पुरुषमा लक्षण देखिएपछि गरिएको परीक्षणमा मंकीपक्स संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमित व्यक्ति अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचाररत छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएअनुसार, मंकीपक्स भाइरसका कारण सर्ने रोग हो, जुन सबैभन्दा पहिले बाँदरमा देखिएको थियो। त्यसै कारण यसको नाम मंकीपक्स रहन गएको हो। यो रोग मुख्यतया मध्य तथा पश्चिम अफ्रिकामा देखिने भए पनि पछिल्ला वर्षहरूमा विश्वभर फैलने क्रम बढ्दो छ। त्यसैले मन्त्रालयले सतर्क रहन र लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य…
काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख रुपैयाँ बजेट पारित गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४०० शय्याको (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो । बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानहरूमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायतका निर्णय गरेको छ । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय…

