स्वास्थ्य डायरी

चितवन- यहाँको माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ । यही साता माडीको वडा नम्बर १, २ र ४ मा सङ्क्रमण देखिएको छ । नगरपालिकाका पशु विकास अधिकृत डा. रवीन बस्ताकोटीका अनुसार सङ्क्रमित कुकुरले अन्य कुकुर र पशु चौपायालाई टोकेको हो । उनले भने, ‘माडी नगरपालिका सँधै रेबिजको जोखिममा छ ।’ रेबिज लागेको कुकुरले २५ वटा पशु चौपायालाई टोकेको उनले जानकारी दिए । सङ्क्रमणका कारण दुईवटा पशु मरेका छन् । एउटा बाख्रा र एउटा पाडी रेबिजका कारण मरेको उनले बताए । त्यसैगरी तीन जनालाई टोकेर औषधोपचार गरिएको छ । रेबिज नियन्त्रणका लागि माडी नगरपालिकाको पशु सेवा कार्यालयले काम गरिरहेको भए पनि…

विस्तृतमा...

दोधारा चाँदनी – कञ्चनपुरमा जंगली च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी भएका छन् । दोधारा चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँचजना जंगली च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। उनका अनुसार सुनारका नातिनी १८ वर्षीया निशा सुनार, नाति १६ वर्षीया भीम सुनार, नाति १२ वर्षीया वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन् । ‘भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उहाँको परिवारका पाँचै जना बिरामी परेका हुन्’, बोहराले भने, ‘पाँचै जनाको दोधारा-चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।’

विस्तृतमा...

काठमाडौं- बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ले नि:सन्तान दम्पतीलाई सन्तान जन्माउने सहयोग गर्ने नाममा किशोरीहरूको शरीर प्रयोग गर्दै अवैध रूपमा डिम्ब निष्कासन गर्ने गरेको खुलेको छ। किशोरीको स्वास्थ्य, भविष्य र आत्मसम्मानसँग खेलवाड गर्ने कम्पनीका पाँच व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को प्रारम्भिक छानबिनमा कम्पनीले १८ वर्षमुनिका किशोरीलाई विभिन्न लोभ लालच देखाएर डिम्बा झिक्ने, सामान्य रकम दिएर बिदा गर्ने गरेको पाइएको छ। प्रारम्भिक अनुसन्धानपछि हाल उनीहरू हाजिर जमानतमा छुटेका छन्। अदालतले थुनामा नराखेर नै अनुसन्धान अगाडि बढाउन भनेपछि ब्युरोले उनीहरुलाई हाजिर जमानतमा छाडेको हो। प्रहरीका अनुसार पछिल्लो पटक कम्पनीले दुई नाबालिग किशोरीलाई लोभ देखाएर क्लिनिकमा…

विस्तृतमा...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिने बताएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय अवस्थामा दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने जनाएका हुन्। उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे । नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए । “मानिसहरु बिरामी भएपछि…

विस्तृतमा...

काठमाडौं – भाटभटेनी सुपरमार्केट समूहले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निर्माण गरिएको ९ करोड ५० लाख रुपैयाँ बराबरको सेवा भवन अस्पताललाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। सोमबार आयोजित समारोहमा समूहका अध्यक्ष मीनबहादुर गुरुङले उक्त भवन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे। ईएचएस ) भवन शिक्षण अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएको हो। भवन निर्माण गुरुङ दम्पतीले स्व. वृषबहादुर गुरुङ र स्व. धनमाया गुरुङको स्मृतिमा गराएको जनाइएको छ। कार्यक्रममा अध्यक्ष गुरुङले आफ्नो तर्फबाट निरन्तर सामाजिक योगदान दिँदै आएको बताउँदै भने, “सरकारले के गर्छ भनेर नहेरी, हामी आफैंबाट सेवा गर्नुपर्छ भन्ने सोचका साथ यो…

विस्तृतमा...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भाटभटेनी सुपरमार्केट समूहको सहयोगमा निर्माण गरिएको विस्तारित सेवा भवनको उद्घाटन गरेका छन्। अस्पतालको ४३औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भवन उद्घाटन गर्दै स्वास्थ्यप्रति सचेत रहन आम जनसमुदाय र स्वास्थ्यकर्मीलाई सुझाव दिए। भवन निर्माणमा भाटभटेनी समूहले ९ करोड ५० लाख रुपैयाँ लगानी गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्पतालभन्दा पहिले मान्छे नै निरोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए। ‘निरोगी नेपाल’ नारालाई स्मरण गर्दै उनले खानपान, आहार–विहार र आराममा सन्तुलन कायम गरिनुपर्ने बताए। प्रधानमन्त्री ओलीले चिकित्सकहरूलाई पनि अरूको मात्र होइन, आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आह्वान गरे। “व्यायाम, योग,…

विस्तृतमा...

काठमाडौं- उदयपुरको त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा आज बाटोमै ज्यान गएको छ । पसूति गराउन जिल्ला असपताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो । सुत्केरी व्यथा लागेपनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला असपतालमा प्रसूति गराउन ल्याएका थिए । उनको अस्पताल ल्याउनुअघि नै बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले जानकारी दिए । गिरीका आफन्त घरमा कोही नभएको, आठ वर्षीय छोरा मात्र रहेको र श्रीमान् विदेशमा रहेका कारण गाउँलेले ढिला गरी अस्पताल ल्याएका अस्पतालले जनाएको छ ।

विस्तृतमा...

काठमाडौं- धनकुटा नगरपालिका अन्तर्गतका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु गरेका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र धनकुटा नगरपालिका–३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन तथा भिडियो कलमार्फत स्वास्थ्य परामर्श सेवा प्रदान गर्न थालिएको हो। धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेका अनुसार, यो सेवाबाट विशेषज्ञ डाक्टरमार्फत परामर्श, प्राथमिक उपचार, रोग निदान र औषधिसम्बन्धी सल्लाह प्रदान गरिनेछ। बिरामीले भिडियो कलमार्फत आफ्नो समस्या डाक्टरसामु राख्न सक्नेछन् र डाक्टरले बुझेर औषधि वा आवश्यक परे थप उपचारका लागि सिफारिस गर्नेछन्। हप्तामा एक दिन, प्रत्येक बुधबार मात्रै सञ्चालन हुने यो सेवा दीर्घरोगी तथा नियमित औषधि सेवन गर्ने बिरामीका लागि…

विस्तृतमा...

काठमाडौं- पाटन अस्पतालमा पहिलोपटक घाँटीबाट प्वाल पारेर मस्तिष्क पक्षघातको सफल उपचार गरिएको छ। अस्पतालमा कार्यरत न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलका अनुसार, केही दिनअघि एक पुरुषको मस्तिष्क पक्षघातको उपचार न्युरो इन्टरभेन्सन प्रविधिबाट सफलतापूर्वक गरिएको हो। डा. पौडेलले सेतोपाटीसँग कुरा गर्दै भने, “नेपालमै पहिलोपटक घाटिबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार गरिएको हो। यो एक नयाँ प्रविधि हो।” उनका अनुसार यस प्रविधिबाट उपचार गर्दा टाउको चिर्नु नपर्ने भएकाले बिरामीलाई कम पीडा हुन्छ। साथै, अस्पतालमा बसाइ छोटो हुने भएकाले उपचार खर्च पनि तुलनात्मक रूपमा कम हुने उनले बताए।

विस्तृतमा...

काठमाडौं – शैक्षिक सत्र २०८२/०८३ का लागि स्वास्थ्य क्षेत्रका शैक्षिक कार्यक्रममा तत्काल भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना दिइएको छ। स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चको आयोजनामा सीटीईभीटी (सीटीईभीटी) परिसरमा धर्ना कार्यक्रम गरिएको हो। हाल सीटीईभीटीले स्वास्थ्यबाहेक अन्य प्राविधिक कार्यक्रमका लागि भर्ना आह्वान गरिसकेको छ। तर स्वास्थ्यतर्फका कार्यक्रम अझै अनिश्चित रहेकाले धर्ना दिइएको मञ्चका महासचिव निर्मल सापकोटाले जानकारी दिए। उनका अनुसार भर्ना प्रक्रिया अझै नखुल्दा विद्यार्थी, अभिभावक र कलेज सञ्चालक अन्योलमा परेका छन्। यस वर्ष सीटीईभीटीले प्रवेश परीक्षाबिनै एसईईमा ल्याएको अंकका आधारमा विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ। तर चिकित्सा शिक्षा आयोगले अहिलेसम्म सिट निर्धारण नगरेकाले भर्ना प्रक्रिया अघि बढाउन ढिलाइ…

विस्तृतमा...