काठमाडौँ – नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालले जानकारी दिए । डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको पनि भुषालले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले यस वर्षको वर्षायाममा विगतका वर्षमा भन्दा बढी पानी पर्ने भनेपछि डेङ्गीको जोखिम झन बढ्ने महानगरले जनाएको…
स्वास्थ्य डायरी
बागलुङ- बदलिँदो जीवनशैली, अस्वस्थकर खानपानलगायत कारणले स्वास्थ्य समस्या बढ्दै छन् । समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधा सम्पन्न अस्पताल धाइरहेकै छन् । पछिल्लो समय भने आयुर्वेद चिकित्सातर्फ पनि चासो बढ्न थालेको छ । धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा उपचारका लागि आउने बिरामीको सङ्ख्याले यस्तै देखाउँछ । पछिल्लो तथ्याङ्कअनुसार आयुर्वेद उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमा ११ हजार ४५५ बिरामीले सेवा लिन आएकामा आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्या बढेर १७ हजार ५४८ पुगेको धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा शरद् पन्थीले जानकारी दिए । उनका अनुसार अस्पताल र अन्य आयुर्वेद उपचार केन्द्रमा आएको…
काठमाडौं- सरकारले आजदेखि साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सुरू गरेको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना बढाउने लक्ष्यसहित सरकारले साउन महिनाभर अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । स्वास्थ्य सेवा विभागको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तीनै तहका सरकार सबै मन्त्रालय, सांसदको सहभागिता यो अभियान सञ्चालन हुनेछ । जसमा ‘हरेक शुक्रवार सफा शुक्रवार’ मार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ । दोस्रो कार्यक्रम अन्तर्गत ‘हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट’ भन्ने सन्देशसहित समुदायको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन हुनेछ…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क तोक्न आवश्यक रहेको बताएका छन्। बुधबार (असार ३२) ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले डेंगी परीक्षण सकेसम्म निःशुल्क गराउने प्रयास गरिने र त्यो सम्भव नभए निश्चित शुल्क निर्धारण गरिने बताएका हुन्। “गरिब र दुःखी नागरिकलाई परीक्षणको नाममा लुट्ने काम अब सह्य हुँदैन,” मन्त्री पौडेलले चेतावनी दिँदै भने, “यसमा कडाइ गरिनेछ।” उनले डेंगीबारे सरकारले आवश्यक काम गर्न नसकेको स्वीकार गर्दै यो रोगका कारण समाज नै प्रभावित भइरहेको टिप्पणी गरे।
काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको १५औँ बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा हिजाे भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो । कुलपति ओलीले बेरुजु फर्छ्योटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे। कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान) हरूले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आव बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ ।
डोटी । डोटी जिल्लामा ११ दशमलव ६८ प्रतिशत जनसङ्ख्या मात्रै स्वास्थ्य बिमाको सहज पहुँच पुगेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसङ्ख्या दुई लाख चार हजार आठ सय ३१ रहेकोमा २३ हजार नौ सय १५ जनाले मात्रै स्वास्थ्य बिमा गरेको पाइएको छ । स्वास्थ्य कार्यालय डोटीले आज पत्रकारसँगको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो । TataRATOPATI PATROसुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गर्नेको जनसङ्ख्या २२ प्रतिशत रहेको छ । जिल्लामा स्वास्थ्य बिमा गर्ने घरपरिवारको सङ्ख्या नौ हजार दुई सय ५५ रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय…
काठमाडौं -नेपाली फार्मास्युटिकल क्षेत्रमा नवीन सोच र प्रविधिको परिचायक बनेको म्याग्नस फार्मा अब नेपालमै पहिलोपटक मोमेटासोन न्याजल् स्प्रे उत्पादन गर्ने कम्पनी बनेको छ । ‘मोमेकोर’ ब्रान्ड नाममा बजारमा ल्याइएको यो औषधि म्याग्नसले पहिलो पटक स्वदेशमै उत्पादन गरेको हो । मोमेटासोन फ्युरोएट अणुमा आधारित यो न्याजल् स्प्रे सामान्यतः एलर्जिक राइनाइटिस, नाकका पोलिप्सजस्ता समस्याका लागि प्रयोग गरिन्छ । यसअघि यो औषधि पूर्ण रूपमा विदेशबाट आयात गरिँदै आएकोमा म्याग्नसले स्वदेशमै यसको उत्पादन थालेसँगै औषधि आत्मनिर्भरता तर्फ नेपालले एक महत्वपूर्ण पाइला चालेको विश्वास गरिएको छ । म्याग्नस फार्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले भने, “हामी सधैं नवीनता र समाजका अपूरा आवश्यकता पूर्तिमा विश्वास गर्छौं…
डडेल्धुरा – साउन १ गतेदेखि लागू हुने निर्णय अनुसार डडेल्धुरा अस्पताल अब स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु रहने छैन। स्वास्थ्य बीमा बोर्ड, काठमाडौंले अस्पताललाई केवल रेफरल केन्द्र को रूपमा मात्र तोकेपछि यो व्यवस्था हटाइएको हो। डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले सार्वजनिक गरेको सूचनामा साउन १ गतेदेखि बीमाको प्रथम सेवा विन्दुको रूपमा सेवा बन्द गरिने उल्लेख गरिएको छ। सूचना अनुसार अबदेखि डडेल्धुरा अस्पतालमा सिधै गएर बीमाको सेवा लिन नमिल्ने भएको छ। सेवा लिन चाहने बीमितहरूले स्थानीय तहका सूचिकृत स्वास्थ्य संस्थाबाट रेफरल सिफारिस अनिवार्य रूपमा लिएर जानुपर्नेछ। तर डडेल्धुरामा केवल परशुराम नगरपालिकाकाे जोगबुढा अस्पताल मात्र प्रथम सेवा विन्दुका रूपमा तोकिएको छ।…
काठमाडौँ- उपचारको क्रममा कान्ति बाल अस्पतालमा अढाई वर्षीया बालिका दिव्याङ्का उपाध्यायको मृत्यु भएपछि चिकित्सकीय लापरबाहीको आरोपसहित बालिकाकी आमा यशोदा बस्नेतले उपभोक्ता अदालतमा एक करोडभन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन्। तर घटनाले सतहमा ल्याएको मुख्य सवाल उपचारप्रणालीमै लुकेको लापरबाही हो कि, वा गम्भीर अवस्थाको सटिक मूल्यांकन र समयमै सघन उपचारको अभाव हो? दिव्याङ्कालाई प्रारम्भिक रूपमा सामान्य पेट दुखाइ देखिएको थियो, तर तीन दिनको अवधिमा उनी भेन्टिलेटरसम्म पुगिन्। आमाले अदालतमा पेश गरेको फिरादपत्रमा भनिएको छ, ‘अस्पतालले एकपछि अर्को परीक्षण गरे पनि, बढ्दो स्वास्थ्य जटिलतालाई प्राथमिकता दिएर नहेरेको, अवस्था बिग्रँदै जाँदा पनि ढिलासुस्तीपूर्ण ढंगले उपचार गराइएको र अन्ततः बिना पूर्वसूचना…
काठमाडौं– काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकैदिन पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै जिल्ला पूर्ण खोप घोषणा भएका छन् । परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नेपालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिब दुई दशकअघिदेखि सुरु गरिएको थियो । एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्ण खोप घोषणा भएको यो पहिलो पटक हो । नेपालमा सुरुमा पाल्पा पूर्ण खोप जिल्ला घोषित भएको थियो । ‘पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा केवल घोषणामात्र होइन, बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गरिएको एउटा महत्त्वपूर्ण कदम हो’, शाखाका प्रमुख डा गौतमले…

