काठमाडौं- पाटन अस्पतालमा पहिलोपटक घाँटीबाट प्वाल पारेर मस्तिष्क पक्षघातको सफल उपचार गरिएको छ। अस्पतालमा कार्यरत न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलका अनुसार, केही दिनअघि एक पुरुषको मस्तिष्क पक्षघातको उपचार न्युरो इन्टरभेन्सन प्रविधिबाट सफलतापूर्वक गरिएको हो।
डा. पौडेलले सेतोपाटीसँग कुरा गर्दै भने, “नेपालमै पहिलोपटक घाटिबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार गरिएको हो। यो एक नयाँ प्रविधि हो।”

उनका अनुसार यस प्रविधिबाट उपचार गर्दा टाउको चिर्नु नपर्ने भएकाले बिरामीलाई कम पीडा हुन्छ। साथै, अस्पतालमा बसाइ छोटो हुने भएकाले उपचार खर्च पनि तुलनात्मक रूपमा कम हुने उनले बताए।
Last Modified Date: २०८२ असार ३०, सोमबार








