भक्तपुर- नागरिक सामुदायिक शिक्षण अस्पतालले अत्याधुनिक सिटी स्क्यान सेवा सुरु गरेको छ। अस्पतालले एक विशेष समारोहका बीच नयाँ प्रविधिको स्क्यान सेवा औपचारिक रूपमा शुभारम्भ गरेको हो। शुभारम्भ कार्यक्रममा वरिष्ठ हृदय रोग विशेषज्ञ डा. भगवान कोईराला, प्रजनन स्वास्थ्य विज्ञ डा. भोला रिजाल, श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्की लगायत अन्य विशिष्ट चिकित्सकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष रामशरण भण्डारीले गरेका थिए। अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेसँगै मस्तिष्क, छाती, पेट, हड्डी तथा अन्य जटिल स्वास्थ्य समस्याहरूको समयमै पहिचान, निदान र उपचार प्रक्रिया अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। अस्पतालले आधुनिक प्रविधिबाट सहज, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने…
स्वास्थ्य डायरी
विराटनगर – नोबेल मेडिकल कलेज, विराटनगरका चिकित्सकहरूले एक १५ वर्षीय बालकको पेटबाट शल्यक्रिया गरेर कैंची निकालेका छन्। खेल्ने क्रममा निलेको कैंची पेटभित्र अड्किएपछि बालकलाई शल्यक्रियामार्फत उपचार गरिएको हो। उदयपुरका ती बालकलाई असार १७ गते नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो। कलेजका प्रबन्धक दीपेश राईका अनुसार ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो। शल्यक्रिया सफल भएपछि बालकलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। परिवारका अनुसार बालक घरमा टिभी हेर्दै गरेको बेला मुखमा खेलाइरहेको कैंची अचानक घाँटीभित्र पसेको थियो। कैंची अड्किएको भन्दै बालकले चिच्याएपछि हजुरबुबाले निकाल्न खोज्दा उल्टै कैंची झन् भित्र पसेर सानो आन्द्रासम्म पुगेको थियो। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि…
कैलाली- सुदूरपश्चिम प्रदेशका सम्पूर्ण स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरू प्रदेश सरकारले ल्याएको नयाँ कानुनको विरोधमा आन्दोलित भएका छन्। प्रदेश सरकारले हालै जारी गरेको ‘स्थानीय तह (गठन तथा सञ्चालन) ऐन, २०८१’ अन्तर्गतको समायोजनसम्बन्धी व्यवस्था आपत्तिजनक रहेको भन्दै स्वास्थ्यकर्मीहरू विरोधमा उत्रिएका हुन्। ‘स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी सङ्घर्ष समिति, सुदूरपश्चिम’ले विज्ञप्ति जारी गर्दै आइतबारदेखि आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको जनाएको छ। समिति अनुसार ८८ वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुँदै आएको सबै सेवा स्थगित गरिएको हो। विज्ञप्तिमा असार महिनाको मासिक रिपोर्ट पनि प्रविष्ट गर्न नसकिने उल्लेख गरिएको छ। सङ्घर्ष समितिका संयोजक राजेन्द्रसिंह साउँदले स्वास्थ्यकर्मीहरूको न्यायोचित मागबारे सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि…
कैलाली – उपचारका लागि टीकापुर अस्पताल गएकी एक वृद्धा अस्पतालको कुनामा मृत अवस्थामा फेला परेकी छिन्। टीकापुर नगरपालिका–१ जमराटोल निवासी ८८ वर्षीया हिरादेवी धामी आइतबार बिहान टीकापुर अस्पतालको दक्षिणपूर्वी कुनामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। शनिबार दिउँसो बुहारीसँगै अस्पताल गएकी धामी त्यसपछि हराइरहेकी थिइन्। खोजतलासका क्रममा आइतबार बिहान १० बजेतिर अस्पतालकै कुनामा मृत भेटिएको प्रहरीले जनाएको छ। धामीको शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको र प्रारम्भिक अनुमानमा मृत्यु स्वाभाविक जस्तो देखिए पनि कारण पत्ता लगाउन शवलाई टीकापुर अस्पतालमै परीक्षणका लागि राखिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराज बुढाथोकीले जानकारी दिए।
चितवन- चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला गरी आठ सय ६९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ एक हजार एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि रत्ननगर नगरपालिकामा नौ सय सात, इच्छाकामना गाउँपालिकामा चार सय ६७, खैरहनी नगरपालिकामा दुई…
मुस्ताङ – थासाङ गाउँपालिकास्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ। मार्चे याक नाक कृषक समूहले बिहीबारदेखि मेला आयोजना गरेको हो। हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ। प्राकृतिक उपचार पद्धतिमध्येको एक मानिने चौँरीको आलो रगत खाँदा मानिसको पेटसम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेकमा मार्चे याक नाक कृषक समूहका १० वटा गोठ रहेको समूहका सदस्य सोजन हिराचनले जानकारी दिए। हिउँदमा बेंसी र गर्मीयाममा मार्चे लेक पुर्याएर याक र…
पाल्पा- पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ । स्वास्थ्य कार्यालयले यहाँका १० वटै पालिकामा ३० वर्षभन्दा माथि उमेर समूहका १३ हजार ५३६ जनामा स्क्रिनिङ्ग गरेको थियो । जसमा ७५ प्रतिशत सामान्य रहेकोमा २५ प्रतिशतमा मधुमेहको समस्या, १४ दशमलव ५ प्रतिशतमा सामान्य तौल भएको, २ दशमलव ७ प्रतिशतमा कम तौल भएको, ३४ दशमलव ३ प्रतिशतमा बढी तौल भएका र ४८ दशमलव ५ प्रतिशतमा मोटोपन भएको पाइएको कार्यालयका वरिष्ठ क्षय कुष्ठ रोग फोकल पर्सन विश्वनाथ न्यौपानेले बताए । उनका अनुसार…
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेको एक वर्ष पुगेको छ । शुक्रबार मन्त्रालयले स्वास्थ्य क्षेत्रमा भएका १४ उपलब्धि सार्वजनिक गर्दै प्रगति विवरण प्रस्तुत गर्यो । एक वर्षको कार्यकालमा संघीय अस्पतालहरूमा सेवा विस्तार, स्वास्थ्य बीमा प्रणालीमा सुधार, जनशक्ति व्यवस्थापन, सिकलसेल, क्यान्सर र जलन उपचारमा पहुँच वृद्धि, औषधि निःशुल्क उपलब्धजस्ता काम प्राथमिकतामा परे । पश्चिम नेपालमा सिकलसेलका लागि छुट्टै वार्ड र खोप कार्यक्रम सुरु गरिएको छ । क्यान्सरका ३७ प्रकारका महँगा औषधि सरकारले आयात गरी निःशुल्क वितरण गर्न थालेको छ । जलन, मुटु र क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार भएको छ । भेरी अस्पतालमा अंग प्रत्यारोपण सेवा…
काठमाडौं- स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन्। यही साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले बताए। यसअघि बोर्डले तोकेको स्वास्थ्य संस्थामा गएर प्रथम सेवा विन्दुबाट मात्र प्रथम सेवा लिनुपर्ने व्यवस्था रहेको थियो। ‘अब झापाको बीमितले कञ्चनपुरमा रहेको प्रथम सेवा विन्दुका लागि सूचीकृत भएको स्वास्थ्य संस्थाबाट उपचार पाउनेछन्’, उनले भने, ‘प्रथम सेवा विन्दुमा गएर उपचार गर्ने व्यवस्थालाई खुला गरिएको हो।’ ती प्रथम सेवा विन्दुमा उपचार गरेपछि प्रेषण केन्द्र (रिफरल) अस्पतालमा गएर उपचार विमितले पाउनेछन्। देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ स्वास्थ्य संस्था…
काठमाडौं – समाज डेन्टल अस्पतालले गरिब तथा विपन्न नागरिकका लागि १ करोड रुपैयाँ बराबरको उपचार कोषको घोषणा गरेको छ। अस्पतालको २५औँ वार्षिकोत्सवको अवसरमा सो कोषको घोषणा गरिएको हो। समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेका अनुसार, गुणस्तरीय दन्त स्वास्थ्य सेवामा सबैको पहुँच होस् भन्ने उद्देश्यसहित स्थापना गरिएको संस्थाले विभिन्न आरोह–अवरोह पार गर्दै विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। विसं २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे गरी १० स्थानबाट सेवा दिइरहेको छ। आगामी दिनमा देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य लिएको अस्पतालले हालै १ करोड रुपैयाँ बराबरको उपचार कोष स्थापना…

