काठमाडौं – भाटभटेनी सुपरमार्केट समूहले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निर्माण गरिएको ९ करोड ५० लाख रुपैयाँ बराबरको सेवा भवन अस्पताललाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। सोमबार आयोजित समारोहमा समूहका अध्यक्ष मीनबहादुर गुरुङले उक्त भवन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे।

ईएचएस ) भवन शिक्षण अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको हो। भवन निर्माण गुरुङ दम्पतीले स्व. वृषबहादुर गुरुङ र स्व. धनमाया गुरुङको स्मृतिमा गराएको जनाइएको छ।

कार्यक्रममा अध्यक्ष गुरुङले आफ्नो तर्फबाट निरन्तर सामाजिक योगदान दिँदै आएको बताउँदै भने, “सरकारले के गर्छ भनेर नहेरी, हामी आफैंबाट सेवा गर्नुपर्छ भन्ने सोचका साथ यो काम गरेका हौं।” उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा भाटभटेनी समूह अग्रपंक्तिमा रहेर योगदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरे।
भवन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीसहित अस्पतालका पदाधिकारी, चिकित्सक, कर्मचारी र भाटभटेनी समूहका प्रतिनिधिको उपस्थिति रहेको थियो।







