पोखरा- गण्डकी प्रदेशमा पछिल्लो समय डेङ्गी सङ्क्रमणको जोखिम बढ्दै गएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार, गत पुस महिनादेखि हालसम्म प्रदेशभर ६०९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। वर्षायाम सुरु भएसँगै रोगको दरमा उल्लेखनीय वृद्धि भएको मन्त्रालयले जनाएको छ। जेठमा १६९ जनामा डेङ्गी देखिएकोमा असारको अन्त्यसम्म आइपुग्दा थप १८५ जनामा संक्रमण पुष्टि भएको हो। जिल्लागत विवरण हेर्दा सबैभन्दा बढी कास्कीमा ३०७ जना, तनहुँमा १०१, लमजुङमा ७७, गोरखामा ४६, स्याङ्जामा २८, बागलुङमा १९, पर्वतमा १७, म्याग्दीमा १० र नवलपुरमा ४ जनामा संक्रमण देखिएको छ। हालसम्म मुस्ताङ र मनाङमा भने डेङ्गी संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ। कास्कीमा संक्रमित ३०७ जनामध्ये मात्रै…
स्वास्थ्य डायरी
नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकेसम्म रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन आग्रह गरेका छन् । पश्चिम नवलपरासीको सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पतालको ५० शय्याको नवनिर्मित भवन उद्घाटन गर्दै उनले नागरिकलाई सहज र सर्वसुलभ सेवाका लागि जटिल तथा हुनै नसक्ने उपचारबाहेक सबै सेवा अस्पतालबाटै प्रवाह गर्न आग्रह गरे । उनले भने, ‘यहाँका सेवाग्राहीको आर्थिक अवस्था कमजोर छ । जो बाहिर गएर उपचार गराउन आर्थिक रूपमा असमर्थ हुनुहुन्छ । त्यो कुरालाई प्रदेश सरकारले राम्रैसँग मनन गर्दै अस्पताललाई सेवा प्रवाहमा आत्मनिर्भर बनाउनका निम्ति हरेक क्षेत्रका विशेषज्ञ सेवाहरू सञ्चालनमा ल्याउन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धेरै पहलकदमी लिएको छ ।’ जिल्ला अस्पतालका रूपमा रहेको…
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् । चीनमा भएको फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रूपान्तरण गर्ने रणनीति अन्तर्गत सक्रिय रूपमा काम गरिरहेको बताए । यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भइरहेको भन्दै उनले एसियाली देशहरूसँग सहकार्यका लागि तयार रहेको बताए । आधुनिक प्रविधिले लागत घटाउन, निदान, स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा शुद्धता सुधार गर्न सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्यको पहुँचबाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको बताए । मन्त्री पौडेलले…
हुम्ला- कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि गोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले जानकारी दिए । उनले भने,“ कामीको जिल्ला अस्पतालमा उपचार थालिएको छ। उनीलाई आफन्तले कुष्ठरोगी भनेता पनि कुष्ठरोग नभएको पुष्टि समेत भएको छ । तर उहाँको अन्य स्वास्थ्य परीक्षणपछि मात्र के रोग हो भन्ने पत्ता लाग्छ । ” स्वास्थ्य सेवा कार्यालयले विरामी कामीको निःशुल्क उपचार गर्ने अस्पताल प्रमुख डा तिवारीले जानकारी दिए । उनका अनुसार कामीको खुट्टा र…
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्था र अस्पतालहरूलाई आफ्नो परिसर तथा वरपरका क्षेत्रहरूमा लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्न निर्देशन दिएको छ। मन्त्रालयको प्रशासन विभागले बिहीबार एक सूचना जारी गर्दै देशभरका सबै सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्न सूचित गरेको हो। उक्त अभियानका लागि मन्त्रालयअन्तर्गतका सबै कर्मचारीहरूलाई तोकिएको समयमा उपस्थित भई आ–आफ्नो कार्यक्षेत्र सरसफाइमा सक्रिय सहभागी हुन पनि भनिएको छ। यसअघि मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगी नियन्त्रणका लागि देशभरका सरकारी कार्यालय, टोल तथा घर–घरमा प्रत्येक साता एक…
कञ्चनपुर — सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित दोधारा चाँदनी नगरपालिका–७ की २० वर्षीया महिलाको दोधारा चाँदनी अस्पतालमा पहिलोपटक आकस्मिक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। २०८२ साल असार ५ गते ती महिला पेट दुख्ने, वाकवाक लाग्ने र ज्वरो आउने लक्षणका साथ आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। प्रारम्भिक रूपमा हेल्थ असिस्टेन्ट सुभाष बुढाले औषधि उपचार गरे पनि बिरामीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. रोहित भट्टले वरिष्ठ जनरल प्राक्टिसनर डा. हरिओम केशरीसँग परामर्श गरेका थिए। रगत परीक्षण, भिडियो एक्स–रे र लक्षणका आधारमा “एक्युट एपेन्डिसाइटिस” पुष्टि भएको थियो। एल्वाराडो स्कोर ८ रहेको देखिएपछि शल्यक्रिया आवश्यक हुने निष्कर्षमा चिकित्सक पुगे। शल्यक्रिया नगरे अवस्था…
काठमाडौं- सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो । आदेशमा ऐन निर्माण भई जारी भएको हाल करिब २५ वर्ष व्यतित भइसकेको अवस्था रहेको र हालसम्म ऐन कार्यान्वयनका लागि आवश्यक पूर्वशर्तको रुपमा रहेको नियमावली बनाउने काम पनि हुन नसकेको देखिएको उल्लेख छ । साथै विना आवश्यक पूर्वतयारी ऐन लागू गर्दा यस अदालतबाट यसअघि परेका मुद्दामा चिन्ता व्यक्त गरिएजस्तै आम जनताको स्वास्थ्य र जनजिविकासँग…
विराटनगर- कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत निर्माण हुन लागेको प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जाने प्रवृत्ति घटाउन पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्न सक्ने बताए । उनले देशमै रहेका संरचना सुधार गर्दै शिक्षाको स्तर उकास्न सके कम खर्चमा गुणस्तरीय शिक्षा उपलब्ध हुने वातावरण बन्ने र यसले विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न सक्ने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले विदेशबाट विद्यार्थी ल्याएर नेपालमा पढाउन सके आर्थिक समृद्धिसँगै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु थपलियाले यो अस्पताल विश्वविद्यालयकै स्रोतमा निर्माण थालिएको जानकारी दिए । उनका…
कैलाली – कैलालीमा रगत अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा रगत नहुँदा उपचारमा कठिनाइ भइरहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीप्रसाद पन्तले रगत अभावमा शल्यक्रिया गर्नुपर्ने, प्रसूति सेवा लिने र सडक दुर्घटनामा परेका जस्ता आकस्मिक बिरामीको उपचारका लागि आवश्यक रगत आपूर्ति गर्न समस्या भइरहेको बताए । उनले भने, ‘केन्द्रमा दैनिक रगतको अत्यधिक माग छ, तर दाताको अभावले रगत नियमित आपूर्ति गर्न समस्या भइरहेको छ ।’ टीकापुर रक्तसञ्चार केन्द्रमा पनि रगत अभाव भएको उनले बताए ।रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति लोकराज जोशीले रगत अभाव…
झापा- अत्यधिक मदिरा सेवनका कारण झापामा दुई जनाको ज्यान गएको छ। एक जना कन्काई नगरपालिकामा र अर्का बिर्तामोडमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान कन्काई नगरपालिका–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटीको शव फेला परेको हो। शिवसताक्षी नगरपालिका–११ घर भई हाल कन्काई–४ मा बस्दै आएका शिवाकोटी ज्यालादारी काम गर्दै आएका थिए। प्रहरीका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार शिवाकोटी अत्यधिक रक्सी सेवन गर्ने व्यक्तिका रूपमा चिनिन्थे। त्यस्तै, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुँगुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत अवस्थामा फेला परेका छन्। उनकाे स्थायी ठेगाना भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ। उनी स्थानीय सरोज लावतीले…

